Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

हजारौं रोहिगिँयाहरु अब नयाँ टापुमा बस्न राजी : बगंलादेशको भनाँई

३ कार्तिक २०७६, आईतवार १६:२२

बंगलादेशका रिफ्यूजी कमीस्नरले हजारौं शरणार्थीहरु अबन जिकैको एउटा टापुमा गएर बस्न राजी भएको बताएका छन् । यद्धपी बढ्दो बर्षा र बाढीको कुराले उनीहरुको जिवनमा नै खतरा पर्न सक्ने धेरैको ठम्याई छ ।

बंगालको खाडीको एउटा टापुमा उनीहरुलाई सार्न लागिएको हो । सन् २०१७ को अगस्त महिनामा करिब ७५०,००० शरणार्थीहरु म्यानमारबाट बगंलादेश छिरेका थिए । यसअघि नै कक्स बजार छेउछाउमा २५०,००० रोहिगिँयाहरु बसेका थिए । बगंलादेशले अब यि १० लाख शरणार्थीहरुलाई देश फर्काउन निकै प्रयास गरिरहेको छ । कक्स बजार र टेक्नाफ आसपासका शरणार्थी बसोवासका क्षेत्रहरु अहिले निकै प्रदुषित र भीँडभाड भएको छ । बगांलको खाडीको समुन्द्र र टेक्नाफ खोलाको आसपासमा भासन बजार भन्ने एउटा टापु छ, यस टापुमा ६ देखि ७ हजार शरणार्थीहरु गएर बस्न राजी भएको बगंलादेशका शरणार्थी कमिस्नर मेहबुब आलमले बताएका छन् ।
अब आउने डिसेम्बरबाट दैनिक रुपमा ५०० शरणार्थीलाई भासन बजार टापुमा सार्न शुरु गरिने बगंलादेशको जल सेनाको तयारी रहेको छ ।

यस टापु केवल केहि दशक अघि मात्र समुन्द्रमा देखापरेको भएकाले यस्को भुवनौट निकै कमजोर हरेको राइट ग्रुपहरुको भनाँई छ । यसो भएको हुँदा ठूला आँधि र लहरहरु यस टापुले सहन नसक्ने हुन्छ र त्यहाँ बस्नेहरुको जिवन खतरामा पर्दछ ।
छेउको अर्को टापु हटिया टापुका बासिन्दाले पनि भासन बजार बस्न लायक नभएको बताएका छन् भनी अलजजिराले लेखेको छ ।
यो भासन बजार चाँही मेग्ना खोलाको किनार तर्फ रहेको भएकाले बग्दो पानी र छाल दुबैसंग टापुले लड्नुपर्ने देखिन्छ ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस् : अद्भूत बंगालको खाडीमा नबसेको मायाः भाग १

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

अत्यन्तै मर्माहत छु साथिहरू! साँझ ५:४९ बजे आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ‘सर,

काठमाडौं। निजी अस्पतालहरुले सरकारले दिएको निर्देशन अनुसार १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने जनाएका छन्। एसोसिएसन अफ प्राइभेट हेल्थ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश

बिश्वब्यापी महामारीको रूपमा बिश्व लाइनै पुर्ण प्रभाव पारेको अवस्थामा म पनि यश बाट प्रभावित भइ आज १४औ दिनमा आइसोलेसनबाट बाहिर