
घर कत्रो हुनुपर्दछ ?
५ कार्तिक २०७६, मंगलवार ०६:४७
मान्छेको जिवन र उस्को बस्ने ठाँउको जमिन या ठाँउ बिचको समन्ध दिनानुदिन बिषयगत हुँदै गएको पाइन्छ । एउटा मान्छेलाई खुशी बन्न कति ठाँउ चाहिन्छ या अर्को हिसाबमा कति ठाँउमा बस्दा या स्वामित्व ग्रहण गर्दा एउटा मान्छे खुशी हुन सक्दछ ?
नेपाली समाजले घरलाई खुशी र सम्पतिको मुख्य कडिका रुपमा राखेको छ, के बास्तवमा नै ठूलो घर नै खुशीको प्रतिक हो त ? कसैले जाँचेको छ र ?
ठूलो घरमा बस्ने सबै खुशी हुन्छन् या हरेक खुशी मान्छेहरु ठूलो घरमा नै बस्छन् भनेंर ?
अमेरिकाका मल्टी मिलियनर स्ट्रोसाइसिस्ट तारापुञ्जका अध्यनकर्ता स्टेभेन हफ ले मिसाउरीमा ठूलो ५ तल्लाको घर बनाएका छन्, त्यसमा १३ वटा शौचालय र १४ वटा बाथरुम छन् । त्यस्तै जापानमा जमिन र ठाँउको अभावमा अधिकांश मान्छेहरु केवल १८२ स्क्यावयर फिटमा माइक्रो घरहरुमा बस्दछन् । यी घरहरुमा एउटा डेस्क कम्प्यूटरले लगभग एक तिहाईको भाग ढाक्ने गर्दछ । खाटमा सानो तकियालाई माथि भित्तामा झुण्ड्याइन्छ ताकि सुत्ने मान्छेले आफ्नो गोडा तन्काउन सकुन् । दुईवटा भित्तामा जोडेर लुगा झुण्ड्याउने डोरी बाँधिएको हुन्छ भनें भान्सामा एउटा सिन्क, एउटा मुख भएको इन्डक्शन कुकर र सानो बेसिन राखिएको हुन्छ ।
पश्चिमा सभ्यतामा ठूला घरहरुलाई सम्पन्नतासंग जोडिन्छ जबकि पूर्वि सभ्यताको जडमा यो तुलना कहिले थिएन । जापानी जिवनशैली जेन दर्शन पाइन्छ, जेनका अनुसार एउटा मान्छेलाई उभिन आधा गुन्द्रि र सुत्न पुरा गुन्द्रि भए पुग्दछ ।
अब के ठूला घरमा बस्ने अमेरिकी मिलिनायरहरु जापानी भन्दा खुशी छन् त ? के ठूला घरहरुमा बस्ने मनहरु पनि खुकुलो र ठूलो छन त?
यसै वर्ष ब्रिगम योगं विश्वविधालयले गरेको अध्यन अनुसार हामी जति आफ्नो घरप्रति सकारात्मक सोच्दछौं त्यति नै हामी घरमा खुशी हुनसक्दछौं । यस सकारात्मक सोच र खुशीमा घरको आकार र अवस्थितीको कुनै भूमिका नहुने देखिन्छ । उल्टै प्रतिव्यक्ति ठाँउ कम भएको घच्चाघमाशान घरहरु झन खुशी हुने पाइयो, घरको फराकिलो ठाँउमा खुशी लुकेको हुँदैन । घरलाई समबन्धको धनत्व र परिवारको प्रकृतिले मात्र खुशी दिने स्पष्ट छ ।
घरको फराकिलोपना केवल मानसिक संरचना र सोच मात्र हो, जब मान्छे आँफैंमा खुशी हुन्छ तब उस्ले आफ्नो अवस्थिती भन्दा माथि परिकल्पना गर्न र दर्शनहरु बुझ्न सक्दछ । तसर्थ घरको लालसामा खुशी देख्नु केवल मिथ्या र मृगतृष्णा मात्र हुन सक्दछ है ।
सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले