
सूर्य इन्टरनेशनल अवार्ड दोस्रो शृंखलाको उत्कृष्ट ३ सार्वजनिक
६ कार्तिक २०७६, बुधबार ०८:३८
प्रदिप कार्की, काठमाण्डौ । पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्ने गरेको जापानको टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्न गरिसकेपछि यतिबेला दोस्रो शृंखलाको टप ३ सार्वजनिक गरिएको छ । राजधानी स्थित एपीएफको मुख्यालय हलचोकको हलमा सार्वजनिक गरिएको टप ३ समारोहमा एपीएफ प्रमुख शैलेन्द्र खनाल, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्माता संघका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले, कलाकार प्रशान्त ताम्राकार, श्वेता खड्का, भुवन केसी, किरण केसी, सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, निर्देशक दीपेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।
टप ३ लाई प्रमाण पत्र वितरण समारोहमा बोल्दै शैलेन्द्र खनालले नेपाली फिल्मको टेवामा यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । ‘अवार्ड मार्फत थोरै भएपनि नेपाली फिल्मलाई टेवा पुगोस भन्ने उदेश्यका साथ् यसको सुरुवात गरेको हुँ’ बासुदेवले भने ‘यसपटक हामी स्थानीय सरोकारवालासंग अन्तरक्रिया पनि गर्दैछौ नेपाली फिल्मकर्मीको साथमा । यसले नेपाल सरकारको नेपाल भिजिट २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वाश छ ।’ फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए । कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा हुने जानकारी गराइयो ।
यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । नोमिनेशनलाई परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो । अवार्ड अगाडी जापानमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् । नेपाली फिल्मीक्षेत्रलाई नै फाइदा पुर्याउने उदेश्यले अवार्ड आयोजना गर्न लगिएको हो ।
पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । दर्ता आव्हान गरिएको मितीसम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो । अवार्ड समारोहमा क्रिटिक्सको नजरमा उत्कृष्ट भएका निर्देशक, अभिनेता र अभिनेत्रीलाई पनि अवार्ड प्रदान गरिनेछ । कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन् ।
फिल्म विधा
१ – फिल्म
प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पञ्जा – आमा सरस्वति मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट
२ – निर्देशक
मिलन चाम्स – बोबी
झरना थापा – ए मेरो हजुर ३
दीपा श्री निरौला – छक्का पञ्जा ३
३ – अभिनेता
बिपिन कार्की – प्रसाद
अनमोल केसी – क्याप्टेन
प्रदीप खड्का – लभ स्टेसन
४ – अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
साम्राज्ञी आरएल शाह – काइरा
पुजा शर्मा – रामकहानी
५ – सह अभिनेता
केदार घिमिरे – छक्का पञ्जा ३
सलोन बस्नेत – यात्रा
बुद्धि तामाङ्ग – जय भोले
६ – सह अभिनेत्री
बर्षा राउत – गोपी
सन्ध्या केसी – पण्डित बाजेको लौरी
नीरुता सिंह – नाई नभन्नु ल ५
सङ्गीत विधा
१ – पप गायक
कमल खत्री – तिम्रो मायाले
संजिव पराजुली – कर्के नजर
दीपक बज्राचार्य – मन मगन
२ – पप गायिका
१ टिका प्रसाई – कर्के नजर
२ इन्दिरा जोशी – रेलिमाई
३ त्रिशाला गुरुङ – यो मन
३ – आधुनिक गायक
हेमन्त शर्मा – बरिखा
युवराज चौलागाई – लट्टर पट्टर
राजेश पायल राइ – दर्शन नमस्ते ४
४ – आधुनिक गायिका
मेलिना राइ – पिरिम नलाउने
अन्जु पन्त – नरुनु है
प्रविशा अधिकारी – तिमि बिना
५ – लोक गायक
१ कुलेन्द्र बिक – सालको पात
२ खुमन अधिकारी – १४ अञ्चल ससुराल
३ पशुपति शर्मा – गाह्रो हुन्छ फेरी
६ – लोक गायिका
१ सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ
२ मन्जु पौडेल – गाह्रो हुन्छ फेरी
३ बिष्णु माझी – सालको पात
बासुदेव लामिछाने: अघिल्लो पटकको अवार्डले यसटक झनै हौसाएको छ । व्यासयिकता भन्दा पनि नेपाली संस्कृतिलाई प्रवासमा पुर्याउन पाउँदा निकै खुसि लाग्छ । हामीले एउटा सभ्य र भव्य अवार्ड गर्ने सोच बनाएर सुरु गरेका हौ , जसको यो दोस्रो संस्करण हुन् लाग्दैछ । अवार्डमा टप ३ मा परेकाको भोटिंग खुल्ला भईसकेको छ । हामीले प्राप्त भोटको आधारमा विजेता चयन गर्ने छौ । पछिल्लो समय नेपाली फिल्मको जापानमा पनि बढ्दो लोकप्रियतालाई मात्र होइन नेपाल सरकारको भिजिट नेपाल २०२० लाई पनि यस्ता कार्यक्रमले सहयोग गर्छ भन्ने लागेको छ । नोमिनेशनमा परेका सम्पूर्ण कलाकर्मी तथा संगीतकर्मीलाई हाम्रो कम्पनिले निशुल्क रुपमा अवार्डमा सहभागी गराउने छ ।
तस्वीरहरुः प्रदिप कार्की
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,