Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

देश पिच्छे फरक छन रक्तदानको नियमहरु

६ कार्तिक २०७६, बुधबार १५:४४


अर्जुनप्रसाद मैनाली, काठमाण्डौ । पृथ्वीका बिभिन्न ठाउमा फरक हावापानी छ, त्यस्तै फरक तरिकाको जीवन यापन र रहन सहन छ। यातायात बिकासका कारण मानिसहरु पृथ्वीको कुनै पनि भागमा सजिलै जान सक्ने भएका छन । ति ठाउका जिवात्माहरुमा लाग्ने रोग पनि फरककिसिमका छन । कतिपय बिरामीहरुलाई बचाउन स्वस्थ रक्तदान गर्नुपर्ने हुन्छ । यो रगतको श्रोत चाँही स्वस्थ ब्यक्ती नै हुन । हरेक देशका सरकारले आफ्ना नागरिक स्वस्थ रहन र उपचार गर्न निती नियमहरु बनाएका छन । समय परिस्थिती अनुसार रगतदिने नियमहरु पनि थपघट गरिरन्छन ।

नेपाल तथा भारत जस्ता देशहरुमा बिरामीहरुलाई बचाउन रगत दिने स्वस्थ ब्यक्ती १८ वर्ष पुरा भएको र ६० बर्ष ननाघिसकेको हुनुपर्छ । शरिरको न्यूनतम तौल ४५ किलो हुनुपदर्छ । उच्च रक्तचाप वा औषधी सेवन गरीरहेकाहरुले पनि रक्तदान मिल्दैन । दुई रक्तदानको अन्तराल ९० दिनभन्दा कम हुनुहुदैन । पुरुषले वर्षमा बढीमा ४ पटक तथा महिलाले बढीमा २ पटक रक्तदान गर्न सक्छन । स्वस्थ मानिसले एक पटकमा ४०० एम एल सम्म रक्तदान गर्न सक्दछन् ।

बिकसित देश अमेरिकामा भने रगत दिनको लागि अली फरक नियम छ । बिकासोन्मुख तथा अल्पबिकसित (औलोरोग प्रभावित) देशबाट ब्यक्तिले अमेरिकामा कम्तिमा ३ बर्ष लगातर बसोबास गरेको हुनुपर्छ । अमेरिकामै बसोबास गरिरहेका हरु यदी त्यस्ता देशमा गएका छन भने रगत दिन १ वर्ष पर्खिनु पर्छ । अमेरिकामा महिला वा पुरुषले हरेक ५६ दिनमा ५०० मिलीलिटर रगत दिन सक्छन । १६ वर्ष भएकाले अबीभावकको सहमतिले र १७ वर्ष देखी ७५ वर्षसम्मकाले स्वबिबेकले रगत दिन सक्छन । त्यसभन्दा माथिका उमेरवालाले डाक्टरले स्वस्थ छ भनेमा रगत दिन सक्छन । १९८० देखी १९९६ सम्म बेलायतमा १ महिनाभन्दा बढी बसेकाले अमेरिकामा रगत दिन पाउदैनन । त्यस्तै युरोपका अरु देशहरु पनि पर्छन । अमेरिकामा वर्षमा ३००० मिलिलिटरसम्म रगत दिन सकिन्छ ।

प्लेट्लेट्स २४ पटक र प्लाज्मा १२ पटकसम्म दिन सकिन्छ । आयोवा विश्वबिद्यालयका अनुसारअमेरिकामा १६ र १७ बर्षका युवाहरुले हरेक २० हप्तामा रक्तदान गर्न सक्छन । १८ देखी २४ वर्ष सम्मकाले हरेक १६ हप्तामा रक्तदान गर्न सक्छन । २५ बर्षभन्दा बढी उमेर भएका ब्यक्तिले हरेक ८ हप्तामा रक्तदान गर्न सक्छन । प्लेट्लेट्स हरेक हप्ता तरबर्षमा २४ पटकसम्म दान गर्न सक्छन । प्लाज्मा हरेक २८ दिनमा दान गर्न सक्छन । अमेरिकामा दिनमा ३६ हजार रेडसेल, ७ हजार युनिट प्लेट्लेट्स र १० हजार युनिट्स प्लाज्मा आबश्यक पर्छ । अमेरिकामा करीब ७० लाख जनाबाट १ करोड ३६ लाखयुनिट रगत सन्कलन हुन्छ । अष्ट्रेलियामा सोर सत्र बर्षकाले बर्षमा १ पटक र १८ देखी ७० बर्षसम्मकाले रगत दिन सक्छन । रगत दीई रहेकाले भने ८० बर्षको उमेरसम्म रगत दिन सक्छन ।

अष्ट्रेलियामा रगत दिन ४ महिना बसेको हुनुपर्छ । युरोपमा रगत दिन ८ महिना बसोवास गरेको हुनुपर्छ । रक्तदानका लागि तीन चार महिना पहिले नै नमुना रगत दिएर औंलो रोगको परिक्षण गर्नुपर्छ । रगतमा नेगेटिभ रिपोर्ट आएमामात्र रगत दिन सकिन्छ । रुस, इजराइल जस्ता देशमा त्यही जन्मेकाले मात्र रगत दिन पाउछन । मकाउमा पुरुषले हरेक तीन महिना र महिलाले चार महिनामा रगत दिन सक्छन । रक्तदान गर्नको लागि रक्तचाप डाइस्टोलिक ५० देखी १०० र सिस्टोलिक १०० देखी १८० एमएम एचजी हुनुपर्छ । २४ घण्टा यता अल्कोहलजन्य पदार्थ पिएको हुनुहुदैन । पल्स रेट ५० देखी १०० नियमितता हुनुपर्छ । जापानमा १६ वर्षका पुरुषले २०० एम एल, १७ बर्षकाले ४०० एम एल रगत दिन सक्छन । १८ बर्षकाले रगत, प्लाज्मा, प्लेट्लेट्स दिन सक्छन । ४० किलोग्राम वजन भएकी १८ बर्षकी महिलाले रगत दिन सक्छिन । साधारणतया जापानमा पुरुषले बर्षमा १२०० एम एल र महिलाले ८०० एम एल रगत दिन सक्छन

जापानमा ट्याटु लगाएकाले ६ महिना र अमेरिकामा १ वर्षपछीमात्र रगत दिन सकिन्छ । जापानमा रगत दिनुभन्दा कम्तिमा घण्टा अघि र पछी अल्कोहलजन्य र सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन । यसले रगतलाई पातलो गराउन सक्छ । जापानमा आएका ४ हप्ता पछी जो कोही स्वस्थ ब्यक्तिले रगत दिन सक्छन । सन २०१४ को तथ्यांक अनुसार जापानमा करीब १२ लाख जना बिरामीलाई बचाउन ५१ लाख जनाले रगतदिएका थियो ।

संयुक्त राज्य अमेरिकामा रक्तदान गर्नुलाई नागरिकहरु सामाजिक जिम्मेवारी र कसैको जीवन बचाउने राम्रो मौका हो भन्ने ठान्छन ।

बेलायतमा राष्ट्रिय रक्त सेवाले नियमित रक्तदानकर्ताहरूसँग काम गर्न ठूलो ध्यान दिन्छन् । नयाँ रक्तदाताहरूलाई पनि आकर्षित गर्न विशेष मिडिया जानकारी सहितको अभियान र गतिविधिहरु गर्छन् । “डोनरू म्यागजिन” एक बर्षमा दुई पटक प्रकाशन गर्छन मानिसहरु आवतजावत गर्ने ठाउहरु, कार्यालयहरू र सामूहिक भेलाका हुने ठाउँहरूमा नि:शुल्क वितरण गर्छन् ।

जर्मनिमा जर्मन रेडक्रस, संघिय सरकार, समुदायका विश्वविद्यालय क्लिनिकहरू र औषधि उद्योगहरुले रक्तदान सेवा गर्छन् । समुदाय र औषधि उद्योगहरुले जसले दुई मान्छेलाई रक्तदान गर्न ल्याउँछ त्यस्तालाई आकर्षक पुरस्कार, उपहारहरु दिएर हौषलाप्रदान गर्छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा