श्रीमद्भागवत गीताले वर्ण र जात विभेदबारे के भन्छ?


श्रीमद्भागवत गीता को ५ को १८

विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि |
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ||

अर्थात साधू त्यही हो जसले ब्राह्मणसंग केही ज्ञानको अपेक्षा राख्दछ, र समान दृष्टिले गाई, हात्ति, कुकुर या अन्य सबै मान्छेलाई हेर्न सक्दछ । यहाँ ब्राह्मणले कुनै जात या वर्ण नभईकन विधाका प्रवाहक भनि संकेत दिएको छ भने हात्तिले वलवान, कुकुरले निर्बल, गाईले निर्धा अनि अन्य मान्छेले समस्त बिश्वको प्रतिनिधित्व गरेको छ । सबैलाई समान रुपले लिन सक्ने व्यक्तिलाई साधु भनि उल्लेख गरेको सनातन सस्कारले जात या वर्णका रुपमा बिभेद कहिंकतै गरेको छैन् ।

suyog dhakal
लेखकः सुयोग ढकाल

आज हिन्दुत्व अनि सनातन संस्कारको सबैभन्दा दुर्बल पक्ष नै वर्ण र जातको बिभेद भएको छ । वर्ण र जातको बिभेदलाई पुरातनवादि भनेर बिभिन्न आरोप लगाइएपनि वास्तवमा यो पुरानो जमानाको नभइकन पछि आएर अपव्याख्या भएको तथ्यका रुपमा छ । सामाजिक व्यबहार अनि धार्मिक चिन्तन धेरै हदसम्म फरक कुरा हो, जातिय बिभेद अनि वर्ण बिभेदलाई धार्मिक चिन्तन भन्दा पनि सामाजिक व्यबहारका रुपमा पनि लिइन जरुरी छ । हिन्दुत्वले कर्म र धर्मको प्रष्ट फरक छुट्याएर राखेको छ, कर्मका आधारमा धर्मलाई जोडेको हिन्दु संस्कारमा ब्राह्मण, क्षत्रिय, वैश्य अनि शुद्र सबै जातहरु ऊँच या नीच नभइकन कर्मका आधारमा फरक राखिएको तथ्य छ ।

रिग्वेदको यस पुरुषुक्त्त श्लोकले धेरै कुराहरु लाई उजागर गरिदिएको छ ।

ब्राह्मणः अस्य मुखम् आसीत् बाहू राजन्यः कृतः
ऊरू तत्-अस्य यत्-वैश्यः पद्भ्याम् शूद्रः अजायतः

कर्मका आधारमा व्याख्या गरिएको यस श्लोकले कर्मकै आधारमा ब्राह्मण, क्षेत्रिय, वैश्य अनि शुद्रको कार्य व्याख्या गरेको छ । सबैलाई समान मान्दै यस श्लोकले ब्राह्मण बिराट पुरुष, क्षत्रिय आफ्ना बाहु, बैश्यहरु आफ्ना तिघ्राका बल अनि शुद्ध्रहरु आफ्ना पैतालाका माध्यमवाट समान अनि सम्माननिय रहने जनाउँदछ ।

वर्ण प्रथा भनेको के हो ?

वर्ण भनेको स्वभाव हो । समाजमा उपलब्ध श्रम अनि तिनको व्यबहारका आधारमा वर्ण प्रथा बनाइएको हो जसमा ठूला या साना भन्दा पनि मानविय व्यबहारका आधारमा बिभाजन गरिएको छ ।

हरेक व्यक्ति बिशेषको आआफ्नै चरित्र अनि क्षमताका आधारमा प्राचिन कालमा वर्ण प्रथा बनाइएको थियो । यस प्रथा अनुरुप ब्राह्मणको सन्तान पनि व्यापार या यूद्धमा लागेमा क्षत्रिय कहलाउने अनि शुद्र पनि अध्ययन र भक्तिमार्गमा लागे ब्राह्मण कहलाउने प्रथा थियो । स्वामी माधवाचार्यले गीता भाष्य को १८ औं खण्डमा यस प्रकार भनेका छन्

ततः ऊनम् शमाद्ययिः यः शुश्रूषुः शूद्र उच्यते I
अधिकाष्चेद गुणाः शूद्रे ब्राह्मणादि: स उच्यते

अर्थात यदि ब्राह्मणले नै क्षमा लगायतका अन्य क्षमताहरु हराएमा शुद्र हुने भनि बताइएको छ । मान्छेलाई परिवार या खलक भन्दा पनि उसको व्यक्तिगत चरित्र अनि ज्ञानका आधारमा बिभाजित गरिएको पाइन्छ । यस श्लोकमा शुद्ध्रले पनि क्षमा लगायतका अन्य ब्राह्मणीय गुण आर्जन गरेमा ब्राह्मण कहलाउने बताइएको छ ।

श्रीमद्भागवत गीतामा स्वयम भगवान श्रीकृष्ण भन्छन्:

चातुर्वर्ण्यां मया सृष्टुं I
गुण कर्म विभागशः

अर्थात मैले समाजलाई मान्छेको क्षमता र कार्यका आधारमा वर्गिकृत गरेको छु । जिवन अनि कुल कस्तो भन्दा पनि कर्म अनि गुणले वर्ण निर्धारण गरिनेछ । अमर कोषमा पनि जाति भन्ने शव्दलाई गज्जबले चिरफार गरिँदै मानव जाति, पुरुष जाति या रुपत्व जातिका रुपमा व्याख्या गरिएको छ । माथिका सम्पूर्ण श्लोक अनि तथ्यहरुले जात अनि वर्ण जन्मका आधारमा तय नहुने कुरा उजागर गरेका छन् । सनातन सस्कारको समान अनि बृहद नक्षत्रभित्र हरेक जात, धर्म अनि वर्णहरु समान छन् । जातिय विभेदको अन्त्य गरौं, सनातन सस्कार जोगाऔं ।


Loading comments...