Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

दक्षिण कोरिया हल्लाएको एउटा फेमिनिस्ट चलचित्र

७ कार्तिक २०७६, बिहीबार १०:३४


किम जी योगं जन्म १९८२ नाम गरेको यो उपन्यास कोरियामा सन् २०१६ मा प्रकाशित भएको हो । १० लाख भन्दा धेरै प्रतिहरु यस उपन्यासका बिके, यस उपन्यासमा लगभग ३० वर्षकी कोरियन महिलाको काम, घर र वाह्य वातावरणका सामान्य कथाहरु छन् र उनले भोगेकी भेदभावको चित्रण गरिएको छ ।

यस पुस्तकलाई कतिले समर्थन गरे भनें कति एन्टी फेमिनिस्ट र नेशनलीस्टहरुले विरोध पनि चर्को रुपमा नै गरे । यस उपन्यासले एउटा विवाद त ल्याएको थियो नै तर अब यसमा आधारित चलचित्र नै बन्ने भएको छ ।

चो नाम जो नामक टिभी कार्यक्रमका संवाद लेखकले यस उपन्यास लेखेकी हुन्, जन्म देखि आमा हुँदा सम्मका घटनाक्रमलाई लैगिंक भेदभावका अवयवसंग जोड्दै उपन्यासमा प्रस्तुत गरिन्छ । यसमा पात्रले आफ्नो पुरुष मनोवैज्ञानीक डाक्टरको दृष्टिकोणमा महिलाका मुद्धाहरुलाई पनि देखाउन खोजिएको छ ।

पात्रको जन्म हुँदा नै उनकी आमाले आफ्नी सासुलाई छोरी जन्मेकोमा माफी मागेको देखाइएको छ । हुन त एसियाली देशहरुमा दक्षिण कोरिया निकै सबल र परिष्कृत समाज भएको देश हो तथापि त्यहाँ भएका घटनाक्रम र लैगिंक भेदभावका अवयवहरु अरु अल्पबिकसित देशभन्दा कम नभएको यस उपन्यासले देखाएको छ ।

चलचित्रमा सर्वाधिक लोकप्रीय अभिनेत्री जोगं यू मी ले खेल्ने बताएलगत्तै उन्का ईन्स्टाग्राममा लाखौं गालीगलौज सहितको कमेन्ट आएको थियो । त्यसै गरि यस चलचित्रको रिलिज हुन नदिन सोझै राष्ट्रपतिलाई रिट पनि दायर गरिएको छ । बिभिन्न अध्यनहरु हेर्दा दक्षिण कोरियामा पुरुषका तुलनामा महिलाहरुले केवल ६३ प्रतिशत मात्र तलब पाउने तथ्य छ जुन एउटा बिकसित देशका लागी अत्यन्त कम हो, त्यहाँ सर्वाधिक धेरै लैगिंक असमानता तलबमा देखिन्छ । ईकोनोमीस्ट नामक म्यागजीनले दक्षिण कोरियालाई सबैभन्दा पिडादायी महिलाहरुको आर्थिक सूचकांक भएको देशमा ग्लास इन्डेक्समा राखेको छ ।

सुयोग ढकाल
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग