Lifestyle Portal
  •   १२ चैत्र २०७९, आईतवार

गोली हानेर मारिएका बिश्वचर्चित पाकिस्तानी कवाली गायकको संझना

९ कार्तिक २०७६, शनिबार ०८:२६

लोकप्रिय

सुमेरु पर्वतका मुनीतर्फका भूगोललाई सगोलमा भारतीय उपमहाद्धीप भनेर बुझ्दा फरक नपर्ला, अहिलेको पाकिस्तान जताबाट नेपाली भूमिमा पाणिनीजस्ता विश्व भाषा परिधीमा नै सर्वाधिक अर्थपूर्ण मुख्य ग्रन्थका रुपमा अष्टोध्याय लेख्ने अध्यनकर्ता र पाइथागोरस थियोरीको मुख्य श्रोत लगायत ज्यामितिका अधिकांश थियोरीहरु पनि यिनै पाणिनीले लेखेका हुन जुन सुस्तरि बिदेशीहरुले बुझ्दै र सराहना गर्न थालेका छन, अफ्गानीस्तान जस्लाई महाभारतका सकुनीको राज्य गान्दाहारका रुपमा पौराणीक ब्याख्या गरिएको छ, अहिलेको भारत, बगंलादेश जहाँको मुख्य भाषा नै मैथिली र संस्कृतको समिश्रण हो लगायत पर्दछन् । प्राचिन कालको मुख्य ब्यापार रुट सिल्क रुट थियो जुन चीनबाट ताक्लामकान मरुभूमि हुँदै अफगानीस्तान, मध्यपूर्वि देशहरु अनि पश्चिम छिर्दथ्यो । भारतीय उपमहाद्धिपमा निकट अर्को देश भनेंको ईरान अर्थात पर्सिया थियो, अहिले पनि हाम्रो धेरै शव्दहरु, चलनहरु अनि साहित्यमा ईरानी साहित्य र शव्दावलीहरु ठाँटका साथ बसेका छन् ।

भारतवर्ष कला, सभ्यता, संस्कृति, ज्ञान र बिज्ञानका लागि अति नै अगाडि थियो यद्धपि बिश्व जित्न निस्केका अधिक शक्तिशाली योद्धाहरु सिकन्दर, अशोक लगायतका आक्रमणबाट यस क्षेत्र कम प्रभावित थिएन । नालिन्दा विश्वविधालयका पुस्तकहरु आक्रमण पश्चात जलाँउदा महिनौं लामो आगो बलिरहेको र पुस्तकहरु जलिरहेको कथन पनि छ ।

यस क्षेत्रहरु देश अनुसार फरक परेपनि भाषाको केन्द्र र संस्कारको मुख्यरुपमा धेरै समान छ, अब बिषयमा प्रवेश गर्न चाहेँ । आज म पाकिस्तानका अत्यन्त चर्चित कवाली गायक अम्जद साब्रीलाई यहाँ संझना गर्दछु ।

सुफी या कवाली जेसुकै भएपनि ति गायन र शव्दहरुमा प्रेम, आशक्ति र दर्शन हुन्छ, कृष्णका लागि मिराले देखाएको आशक्ति र एउटा फकिरले अल्लाहप्रति देखाउने आशक्तिमा तात्विक फरक हुन्न । भगवानको स्वरुप फरक भएपनि भारतवर्षमा पुकारा गरिने चलन र संगित शव्द र भावमा एकरुपता पाइन्छ चाहे त्यो बगंलादेशको आजान होस् या पाकिस्तानको बवाली होस् या नेपाली खैजडी होस् या अफगानीस्तानी रुवाइयत किन नहोस् ?

पाकिस्तानका अव्दज साब्रीका कवालीहरु अबका सैयौं हजारौं वर्षसम्म मर्ने छैनन, उनका एउटा रुवाइयत यहाँ लेख्न चाहेँ ।
मेरो अध्याँरो चिहानमा म डराएर बसेको बेला
मेरो साथ दिन आउनुहोला, ए मेरा भगवान

यस्तै भइदियो सन् २०१६ को जुन २२ मा पाकिस्तानमा यि चर्चित र अत्यन्त लोकप्रीय कवाली गायकलाई निर्ममतापूर्वक गोली हानी मारियो ।

सुफी र कवाली गायकले माथिका लाइनहरु रमादानको कार्यक्रममा गीतमा ढालेर गाए र यसको १२ घण्टा पनि नभइकन यिनको हत्या भयो । उन्को हत्याको जिम्मा तालिवानहरुले त लिए तर ५ महिनापछि प्रहरीले फेरि लश्करे समुहका २ जना लाई यस आरोपमा पक्राउ गर्यो । अम्जदको हत्याराको विवाद पनि आफ्नै ठाँउमा छ तर जे होस् यि महान गायकको आत्माले न्याय भनें पाएको पक्कै छैन ।
२३ डिसेम्बर सन् २०७० मा अम्जद पाकिस्तान कराँचीमा जन्मिएका हुन् र उन्का ५ जना सन्तान पनि छन् । ४५ वर्षका अम्जदलाई भिँडमा गाडी चलाँउदै गर्दा मोटरसाइकलमा आएका २ जनाले गोली चलाएर मारेका थिए । उनी पाकिस्तानमा अत्याधिक रुचाइएका र सम्मानजनक मानिएका गायक थिए, उन्का गीतमा शान्ति, सन्तोष र एकताका सन्देश अनि ईश्वरप्रेम थियो । धर्मका ठेकेदारहरुले अम्जद साब्रीलाई मारेपछि एक पटक त विश्व संगित नै स्तव्ध बन्यो । अल जफर, अलविदा प्रविन लगायत भारतका पनि धेरै कलाकारहरुले अम्जदको लागि धेरै पटक स्टेजमा संझना स्वरुप गीत र आँशु बगाए र बगाँउदै आएका छन् । सुफीको इतिहास भारतवर्षमा सरसरती हेर्ने हो भनें १३ औं शताव्दीमा गएर शुरु हुन्छ, रुमीका रुवाइयतले अफगानीस्तानवाट रुमीसंगै ईरानसम्म यात्रा गर्यो र पछि विश्वभरि चर्चित रह्यो । अमेरिकामा नै पनि सन् २००८ ताका रुमीका पुस्तकहरु सर्वाधिक बिक्रि भएका पुस्तकको सूचीमा परिदियो । १३ औं शताव्दीको यो सुफीको धागो क्रमश औमर खयामका रुवाइयत, लखनउका मिर्जा गालिव लगायत अन्य लेखक, कवी र गायकहरुले जारी राखे । लखनउका एकजना राजाले त सुफीमा यति डुब्दै गएछन कि आफू मसलमान भएर पनि राधा कृष्णको कथालाई काव्यमा ढालेर देखिदिए, यस विषयमा पछि म लेख्नेछु ।

भारतका कवी राहत इन्दोरी अहिले आफ्ना शायरीका लागि विश्वभरि चर्चामा छन्, साब्रीको नाम पनि विश्वभरिका मुसलमान समुदाय र अन्य सबै संगित र सर्मपण प्रेमीहरुले लिने नाम थियो । पाकिस्तान सरकारको र प्रशासनले अज्जदको हत्यालाई उति संवेदनशील भएर नहेरेको आरोप पनि अम्जदका समर्थकहरुले नलगाएका हैनन् । अम्जद मारिनु अगावै सन् २०१० मा पनि सुफी भजनहरु गाइने र अति लोकप्रीय मदारमा आक्रमण भएको थियो । कवालीलाई तालिवानहरुले अनईस्लामीक भनेंर विरोध गर्दै आएका थिए, कव्वालीले प्राफेट मुहम्मदलाई र उन्को जिवनशैलीलाई प्रतिबिम्बित गर्द र त्यसका केहि अवयवहरु ईस्लामबिरोधी छ भन्ने तालिवनको आरोप छ ।
ब्लासफेमीको आरोप लागेका अम्जदलाई मारेरै छाडियो, विश्व संगितमा कवाली अब शुन्य शुन्य छ ।

अल्लाहले अम्जदलाई आफूम समाहित गरुन् ।

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा