
सुश्री सम्पत्तिको ट्रेलर सार्वजनिक
७ मंसिर २०७५, शुक्रबार २०:४९

मंशिर २८ गते बाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘सुश्री सम्पति’को ट्रेलर सार्वजनिका भएको छ । यस अघि नै यस चलचित्रको २ गीत रिलिज गरिएको थियो । हुकुम बक्सियोस र झुम्की हरायो भन्ने गीतले निकै राम्रो प्रतिक्रिया पाईरहेका छन । सार्वजनिक ट्रेलरमा दुई युवाकले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरेको संघर्षलाई देखाइएको छ । ट्रेलरमा फिल्मका तीन पात्र सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी र राजाराम पौडेललाई देख्न सकिन्छ । यिन पात्रको वरपर फिल्मको कथा घुम्ने भएकोले ट्रेलर पनि यिनमै फोकस गरिएको छ । पोष्टप्रोडक्सनमा रहेको फिल्मको ट्रेलरलाई सहिल खानले तयार पारेका हुन् ।
रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् । सार्वजनिक पोस्टरलाइ टौवा क्रिएसनले तयार पारेको हो ।
सुव्रत आचार्य भन्छन ट्रेलरमा हामीले दर्शकलाई हाम्रो जनर बताएका छौ । फिल्म रमाइलो बनेको छ । दुई युवाले सुश्री र उनिसँग भएको सम्पति प्राप्तिका गर्ने संघर्षले दर्शकलाई भरपुर मनोरंजन प्रदान गर्छ । फिल्म हेरिरह्दा दर्शकले बोर हुनु नपरोस भनेर नै हामीले मेहनत गरिरहेका छौ ।
फिल्म रमाइलो बनेको र दर्शकहरुले पुर्णरुपमा मनोरन्जन लिने कुरमा चलचित्रका नायक सलोन बस्नेत निकै विश्वस्त रहेको तथा दर्शकले आफुलाई हेर्न खोजेको भुमिकामा आफु प्रस्तुत भएको जानकारी गराए । ‘अधकट्टी’ निर्देशन गरेका सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गरेका हुन् ।
चलचित्रमा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको मुख्य भूमिका छ भने नायिका प्रियंका कार्कीले एउटा गीतमा आइटम नृत्य गरेकी छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा