
वेद र महिला
८ कार्तिक २०७६, शुक्रबार ०८:५९
पछिल्लो समयमा विश्वभरिनै वैदिक कर्ममा महिलाहरुलाई बर्जित गरिएको अनि सनातन संस्कारमा महिलाहरुलाई समानता नभएको तर्कहरु चलिरहेको छ । यसै तर्क अनि अल्पज्ञानलाई आधार बनाएर धर्म परिवर्तन, आलोचना अनि निकृष्ट वचनहरु हिन्दु सनातन परम्परा माथि लगाइरहेको अवस्था छ ।

आउनुहोस आज थोरै शास्त्रार्थ गरौं कि के साँच्चीकै सनातन संस्कारमा महिलाहरुलाई वेद पाठमा बर्जित गरिएकै हो त ? शास्त्रले के भनेको छ त ?
वेद पाठ गर्दा महिलाहरुको सन्तान उत्पादन क्षमतामा कमी आउने अनि भार पर्ने लगायतका फगत धारणाहरु ल्याइएको पाइन्छ जबकी यि कुराहरुमा कुनै सत्यता छैन् । वेदमा रहेको ताण्डेय ब्रह्मणा मन्त्र त झन महिलाहरुले मात्रै पाठ गर्नुपर्ने मन्त्र हो, वेदमा त्यस्तो कुनै प्रकारको लैगिंक भेदभाव छैन भनी ‘द हिन्दु टाइम्स’ले समेत पटक पटक प्रकाशीत गरेको छ ।
हरिद्वारको आचार्यकुलमका उपप्रधान आचार्य कृष्ण भट्ट स्वयंमले बिवाह पश्चात् आफ्नी धर्मपत्नीलाई वेद सिकाएको बताएका छन् । द हिन्दु टाइम्सलाई बताउँदै आफ्नी श्रीमतीले बिवाहपछि संस्कृत अनि वेद ज्ञानमा मास्टर्स अनि एमफील गरेकी स्पष्ट पारेका छन् । उनका अनुसार हरिद्वारको आचार्यकुलममा जुनै जात, धर्म या कुलका बालबालिका या बिधार्थीलाई पनि निसन्देह अनि समानरुपले वेद अनि संस्कृत सिकाइने गरिएको छ ।
उनका अनुसार वेद ज्ञानमा त झन वैज्ञानीक रुपमा ग्रह, दिशा, गुरुत्वाकर्षण अनि ब्रह्माण्डका बारेमा सिकाइन्छ । उता अर्थव वेदमा त झन नैरोग्यताका लागि बिभिन्न जडीबुटी अनि पद्धतीका प्रयोग पनि सिकाइन्छ । बिभिन्न अध्ययनहरुले पनि वैद्धिककालमै पनि महिलाहरुले समानरुपमा बेद अध्ययन गर्ने गरेको पाइएको छ । त्यसपछि इशापूर्व २००० बर्षमा आएको मनुस्मृती सुत्रका कारणले वेद अध्ययनमा केही सीमा कोरिएको या कोरिनगएको अनि गलत धारणाको बिकास हुन गएको भनि बिभिन्न अध्ययनकर्ताहरुले लेखेका छन् । मनुस्मृती र पुराणकै बिषयमा स्वामी बिवेकानन्दको धारणा जस्ताको तेस्तै प्रस्तुत गर्न चाह्यौं ।
मनुस्मृती र पुराणहरु थोरै ज्ञान भएका पुरुषहरुको ज्ञान सिमीतताको उपज हो । यिनमा धेरै अपव्याख्या, भेदभाव र त्रुटिहरु छन् । उपनीषद् र गीताहरु चाँही सत्य सनातन ग्रन्थहरु हुन् ।
‘शुक्ल यर्जुवेदा’ को २६ को २ मा स्पष्टसँग लेखिएको छ कि पुरुष महिला दुबैका लागि वेद समान छ ।
यथेमां वाचं कल्याणीमावदानि जनेभ्यः ।
ब्रह्मराजन्याभ्यां शूद्राय चार्याय च स्वाय चारणाय ॥
अर्थात जसरी मैले यि आशिषका शव्दहरु कुनै भेदभाव बिना भनें त्यसैगरि श्रोता या अध्यनकर्ताले पनि यी ज्ञानका बचनलाई हरेक पुरुष या महिलासमक्ष बाँड्नु । ति व्यक्तिहरु ब्राह्मण, क्षेत्रिय, वैष्य, शुद्र, विदेशी या अन्य ग्रहबाट आएका प्राणी किन नहुन् ।
यर्जुवेदको १३ को २६ ले पनि त्यस्तै कुरा उजागर गरेको छ ।
महिलालाई सम्बोधन गर्दै महिलाहरु लाई कुनै पनि चुनौती या अफ्ठेराहरुले पराजय गर्न नसक्ने र महिलाहरुसँगको शक्तिले जस्तासुकै भयावह शक्तिलाई पनि पराजित गर्न सक्ने उल्लेख गरिएको छ । हजारौं मानव बरावरको सार्मथ्य एकै महिलाहरुमा हुने कारणले आफूसंग भएको शक्तिलाई जागृत र पहिचान गर्दे अगाडी बढ्न आग्रह गर्दछ । बिश्वले महिलावाट अदम्य साहसको अपेक्षा गरेको छ भन्ने अर्थ यस श्लोकले लगाँउदछ ।
उता अर्थव वेदकै ११ को ५ को ८ मा रहेको ब्रह्मचर्य शुक्तमा महिलाहरुले पनि आफूलाई पुरुष सरह बिधार्थीका रुपमा बिद्या आर्जनका लागि तयार हुन आव्हान गरिएको छ । यस शुक्तले महिला र पुरुषलाई समान अवसरका लागि पैरवी गरेको स्पष्ट पाइन्छ ।
अर्थव वेदकै ७ को ४७ को १ मा महिलाहरुलाई सकल ज्ञान को भण्डार अनि सम्पूर्ण कर्महरुको ज्ञानको श्रोतका रुपमा व्याख्या गरिएको छ ।
यत्तिका आदर अनि सम्मानका साथ वेदमा महिलाहरुलाई देवीको स्थान दिइएको छ । एकएक गर्दै अध्ययन गर्ने हो भने समानता अनि सद्भावको लहर अनि स्रोतका रुपमा वेदलाई लिन सकिन्छ । महिलाहरुले वेद पाठ गर्न नपाउने कपोलकल्पित कुराहरु केवल भ्रम फैलाइएका मात्र हुन् ।
महिला अनि पुरुष दुबैलाई वैदिक ज्ञानको यो विशाल सागरमा स्वागत छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा