Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

प्रधानमन्त्री ओलीलाई पाँच वर्षसम्म कसैले हटाउन सक्दैनः महेश बस्नेत

८ कार्तिक २०७६, शुक्रबार २३:०९


काठमाडौं –  केवल २३ वर्ष कै उमेरमा २०५४ सालको स्थानीय निर्वाचनमा सहभागी देशकै सर्वाधिक कान्छा गाविस अध्यक्षको परिचय बनाउनुभएका बस्नेत हाल भक्तपुरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ भने तत्कालिन एमालेको युवा संगठन ‘युवासंघ नेपाल’को पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुआत भएको बताउनुभएको छ । सुत्र टिभीको ‘सुत्र बहस’सँगको विशेष संवादमा बोल्दै उनले वर्तमान सरकारले राजनीतिक शुद्धिकरण अभियानको शुरुआत गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको बताउनुभएको छ ।

हाम्रो बुवाले पहिला के भन्नुहुन्थ्यो भने नी; भात खाने बेला बेलूका झगडा पर्यो भने “भकारी भर न पाथी पाथी खाउला नी, भकारी चुईह्याएर के खान पाउँछौं मानो पनि खान पाउँदैनौ” भनेजस्तो भकारीमा मुसो लगाएर कसैको पनि पालो आउँदैन भकारी भरीयो भने पाथी पाथी खान पाईन्छ । 

सांसद बस्नेतलाई जनतामा फैलिएको सरकार प्रतिको आक्रोश तथा नैरास्यता सम्बन्धमा सोधिएको पहिलो प्रश्नको उत्तर दिंदै, “जनतामा देखिएको आलोचनालाई कुन कोणबाट विश्लेषण गर्ने भन्ने कुरा हुन्छ । पहिलो आलोचना भनेको राजनिक अस्थिरता पछाडी राजनीतिक परिवर्तन पछाडी जुन ढङ्गको आर्थिक सामाजिक रुपान्तरणको कुरा र मुलुकको समृद्धिको चाहना जनतामा जुन थियो त्यो चाहना पुरा गर्ने कुरामा जुन अहिले गतिमा त्यसले अझ तिब्रता पाओस् त्यो अझ छिटो होस्, अझ चाँडो होस्, यो अझ ढिला भईरहेछ भन्ने कुरा त्यो हुटहुटि हो जनताको । त्यो मानेमा मलाई जनतामा आक्रोश छ जनतामा असन्तुष्टि छ भन्ने भन्दा पनि मलाई जनताको परिवर्तन प्रतिको तिब्र चाहना र आकांक्षाको सम्बोधन छिटो होस् भन्ने कुरा हो । वर्तमान सरकारले नेपाली समाजलाई अपराधमुक्त बनाउँदै शान्ति र समृद्धितर्फ अगाडि बढाएको बताए । उनले राजनीति बिग्रँदा देश बिग्रने भएकाले राजनीतिलाई सही बाटोमा ल्याउने काम भइरहेको धारणा राख्नुभयो ।”

पूर्व पश्चिम् रेलमार्गको विषयमा कुरा गर्दै सांसद बस्नेतले अगाडी थप्नुभयो, “पूर्व पश्चिम् रेलमार्गमा बनाउन ७ खर्ब लाग्छ त्यो भनेको हाम्रो मुलुकको १ वर्षको बजेट हो । अब सारा कुरा छाडेर हामी सारा कुरा छाडेर रेल बनाउन सक्दैनौं । त्यसको लागि हामीले कि त विदेशी लोन स्विकार्नुपर्छ फेरी हाम्रो जस्तो अर्थतन्त्र भएको देशलाई विदेशी लोन पनि सहजै दिने अवस्था नहोला यद्धपी सी जिन पिङले एकखालको हाम्लाई, चाईनाले सहयोग गर्ने वाचा गरेको छ, भारतले सहयोग गर्ने वाचा गरेको छ । पूर्व पश्चिम रेलमार्ग हामीले भारतको महत्वपूर्ण शहरहरु उत्तराञ्चल भो, उता यूपी भो, उता बिहार भो अनि उता तिर हाम्रो दार्जिलिङ-सिक्किम-सिलगुरी यी तमाम एरियासंग जोडेर यदी हामीले भारतसँग हामीले एउटा सम्झौता गर्न सक्यौं र यो रेलमार्ग बनायौं भने प्राईभेट कम्पनीहरु बुट मोडल लगायत अनेक अर्थतन्रका मोडलहरु छन् त्यो दिशातर्फ अघि बढाउन सकिन्छ ।”

फरक प्रसंगमा सांसद बस्नेतले प्रधानमन्त्रीले मन्त्रीमण्डल मात्र हैन समग्र सरकारी संरचनामा रिभ्यू गर्नखोज्दै हुनुहुन्छ । हाम्रो बुवाले पहिला के भन्नुहुन्थ्यो भने नी; भात खाने बेला बेलूका झगडा पर्यो भने “भकारी भर न पाथी पाथी खाउला नी, भकारी चुईह्याएर के खान पाउँछौं मानो पनि खान पाउँदैनौ” भनेजस्तो भकारीमा मुसो लगाएर कसैको पनि पालो आउँदैन भकारी भरीयो भने पाथी पाथी खान पाईन्छ । भन्न खोजेको मतलब नेपाल कम्यूनिष्ट पार्टिको अहिलेको सरकारलाई सफल बनाएर लोकप्रिय बनायो भने अर्को २० औं ३० औं वर्ष नेकपाको भाग आउँछ । मलाई लाग्छ वर्तमान प्रधानमन्त्रीको स्वास्थ्यको कारणले, वहाँको चाहनाको कारणले अथवा वहाँ स्वयंमले भनी सक्नुभएको छ, “केपी ओली एउटै कक्षा दोहोर्याएर पढ्ने व्यक्ति हैन” त्यसो भन्दा खेरी प्रचण्डको पनि पालो आउँछ, माधवको पनि पालो आउँछ वामदेवको पनि पालो आउँछ स्पष्ट पार्नुभयो । मैले भने नी ढाई तिन वर्षको अबको यो अवधि वर्तमान प्रधानमन्त्रीकै पालो हुन्छ । आगामी निर्वाचनसम्म यही सरकार रहन्छ, अहिले  केपी शर्मा ओलीलाई पाँच वर्षसम्म प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने कुरा स्पष्ट पार्नुभएको छ ।

वहाँले पार्टी एकता हुँदा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको पनि दाबी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय नेता, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतसँग सुत्र टिभीका उमेश सुवेदीले गरेको अन्तर्वार्ताको पूरा भाग हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ