Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

एक चोटी मर्नै पर्थ्यो तर छिट्टै मर्ने रहेछु: उसु खेलाडी अजय तामाङ

१३ कार्तिक २०७६, बुधबार १३:०७


भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं ८ स्यामिङ स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका नारायनटार जोरपाटीमा अस्थायी बसोवास गर्दै आएका जुनियर उसु खेलाडी १८ वर्षिय अजय तामाङलाई ‘बोन म्यारो’ क्यान्सर भएको छ ।

केही समय ‘ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर’मा उपचार गराएका अजयलाई अहिले आर्थिक कठिनाईका कारण हस्पिटलबाट निकालिएको छ । उनको उपचारका लागि ३० देखि ३५ लाख सम्म लाग्न सक्ने उनका बुबा प्रेम बहादुर तामाङले जानकारी दिनुभयो । आफ्नो छोरालाई बचाईदिनका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली आमा बुबा दाजु भाई तथा दिदी बहिनीहरुसँग अपिल गरेका छन् । राष्ट्रका लागि खेल खेलिरहेका जुनिअर खिलाडीको लागि राज्यबाट अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको पीडितका बुवाले जानकारी गराउनुभयो ।

अजय भन्नुहुन्छ, “बोन म्यारोको यो क्यान्सरबाट लड्न थालेको अहिले २ महिना भयो । यसले मलाई अत्यन्त थकित बनाउने, जिउ गल्ने र आँखा कमजोर बनाउँदै गएको छ । हात खुट्टाहरु काम्ने र डाक्टरको रिपोर्ट अनुसार शरिरमा भएको White Blood अत्यन्त न्यून भएको पाईयो ।ॐ मा ३५ दिन जति उपचार गराएँ तर त्यहाँ बोन म्यारोका विशेषज्ञ डाक्टरहरु हुनुहुँदो रहेनछ । नेपालमैं यस सम्बन्धि विशेषज्ञ डाक्टर अत्यन्त कम भएको थाहा पाएँ । टिचिङमा चैं डा रञ्जन यो रोग बारे विशेषज्ञ डाक्टर हुनुहुन्छ जसले ॐ मैं आएर मेरो नियमित चेकजाँच र उपचार गर्नुभयो । तर अस्पतालको त्यो बेडको भाडा अत्यन्त महंगो भएको कारण घरमैं बसेर उपचार कसरी गर्ने भन्ने वातावरण बनाईरहेको छुँ ।”

छोराको उपचारमा दिनरात एक गर्नुभएका अजयका बुवा प्रेम बहादुर तामाङका अनुसार “अहिलेसम्म उपचारमा ६-७ लाख खर्च भईसकेको छ । अस्पतालको अनुसार प्राप्त जानकारीमा यसको उपचारमा ३५ लाख त कम्तिमा लाग्छ भन्ने कुरा आएको छ ।”

विभिन्न रियालिटी शो तथा अनेक भोटिङका लागि जातिय, वर्गिय, क्षेत्रीय समन्वयमा लाखौं खर्च गर्न पछि नपर्ने नेपालीहरु देशको एक होनहार प्रतिभाको यो अत्यन्त जटिल अवस्थाबाट बाहिर निकाली पुनः वहाँको सपना साकार गर्न अहिले वहाँलाई सारा नेपालीको सहयोगको आवश्यक्ता छ । एकजुट भएर सक्ने नेपालीले राष्ट्रिय जुनियर उसु खेलाडी १८ वर्षिय अजय तामाङलाई ‘बोन म्यारो’ क्यान्सरबाट मुक्त पार्न सक्दो सहयोग गरौं ।

वहाँलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुका लागि सिधा सम्पर्क:
अजयका बुबा प्रेम बहादुर तामाङ, मोबाइल नम्बर: 9849446739 / 980322730
प्रेम बहादुर तामाङ, सिटिजन बैंक, खाता नम्बर 0060100000973041

यस विषयमा अजय तामाङ तथा वहाँको परिवारसंग भएको कुराकानीलाई ScotNepal ले तयार पारेको पुरा भिडियोमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा