Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
The Voice Of Nepal

लोकप्रिय बन्दै “द भ्वाइस अफ नेपाल”

७ मंसिर २०७५, शुक्रबार २२:००


जहाँ शब्दहरु शान्त रहन्छन् त्यहाँ सङ्गीत बोल्छ, जब सङ्गीत बोल्छ सबैको मन छुन्छ । एउटा उत्कृष्ट आवजको खोजी गरिएको द भ्वाइसको नेपाली संस्करण निकै लोकप्रिय बनिरहेको छ । साङ्गीतिक जगतकै उत्कृष्ट साङ्गीतिक रियालिटि शो द भ्वाइस अफ नेपालमा पनि निकै रुचाइएको छ । २४ औ श्रृंखलामा आइपुग्दा लुकेका साङ्गीतिक प्रतिभाहरुको खोजी गरी उनीहरुको प्रतिभालाई उजागर तथा क्षमता बृद्धि गर्न सफल भएको देखिन्छ ।

ब्लाइण्ड राउन्ड, ब्याटल राउन्ड हुँदै लाइभ सम्म आइपुग्दा ट्यालेन्टहरुको संख्या १६ पुगेको छ । लाइभ राउन्डबाट नेपाली साङ्गीतिक क्षेत्रका रत्नहरुलाई अतिथिको भुमिकामा देखिएका छन । जसले समस्त साङ्गीतिक विधाहरुलाई समेटन सकेको छ । साङ्गीति क्षेत्रका चिरपरिचित चार हस्तिहरु कोचको भुमिकामा अब्बल देखिनुभएको छ । प्रत्येक कोचले आफना उत्कृष्ट ४/४ स्वरहरु प्राप्त गरीसक्नुभएको छ । लाइभ राउन्डको अघिल्लो चरणमा प्रत्येक टिमबाट तीन तीन जना प्रतिस्पर्धीले आफनो प्रस्तुति प्रस्तुत गरेका थिए । जसमध्ये एकजना टयालेन्ट कोचद्वारा सुरक्षित हुन्थे भने बाँकी २ जनामध्ये भोटिङ्गबाट एक जना सुरक्षित र एक जना ट्यालेन्टको द भ्वाइसको यात्रा समाप्त हुन्थ्यो ।

अब टप १६ पश्चात प्रत्येक श्रृंखलामा प्रत्येक टिमबाट दुई दुई जना ट्यालेन्टहरुले आफनो प्रस्तुति प्रस्तुत गर्नेछन् । जसमध्ये एक जना सुरक्षित हुनेछन तर यो श्रृंखलादेखि ट्यालेन्टलाई सुरक्षीत गर्ने जिम्मेवारी दर्शकको रहनेछ । अबका श्रृंखलादेखि भोटिङ्गको आधारणमा ट्यालेन्टहरुको द भ्वाइसको यात्रा तय हुने छ ।

सङ्गीतको महासागरमा हरेक मोती अनमोल छन् । कसको हिम्मत जसले यसको मूल्यांकन गर्न सकोस् । तर मूल्यांकन जस्तो चुनौतिको चाङबाट कोचहरु र सङ्गीतलाई माया गर्ने मनहहरुले संगसंगै खेलेको भूमिका पनि गज्जबको रह्यो । अब आउने छ असली मजा  हरेक ट्यालेण्टेड मोतीको मूल्यांकन अब शतप्रतिशत तपाईंको भोटिङबाट हुनेछ ।

यो साताको २५ औ श्रृंखलामा कोच प्रमोद र कोच सनुपका दुई दुई ट्यालेण्टले पस्किनेछन् एक से एक प्रस्तुति, अनि तपाईंको मन जित्न सफल प्रस्तुतिले पाउने छ मौका त्यसपछिको The Voice of Nepal को यात्रा तय गर्ने ।

कुन आवाजले पाउने छ तपाईको साथ र बन्ने छ आवाज नै पहिचान ?

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग