
पाकिस्तानी रेलमा आगो लाग्दा ६५ जनाको मृत्यु
१४ कार्तिक २०७६, बिहीबार १४:००
कराँची रावलपीण्डी तेजगाम एक्सप्रेसमा ३१ अक्टोवर सन् २०१९ मा आगो लागेको हो, यस आगोले ६५ जना यात्रुहरुको मृत्यु भएको छ । रेल मन्त्री शेख रासिद अहमदले मृतकहरुको सख्याँ अझै बढ्न सक्ने जनाएका छन् । प्रधानमन्त्री ईमरान खानले दुख प्रकट गर्दे शिघ्रानुशिघ्र यसका लागि केहि कदम चाल्न आदेश दिएका छन् ।
पाकिस्तानी मिडिया पिटिआईका अनुसार रेलमा भएका यात्रुहरुले ग्याँस स्टोभ बाल्दा उक्त स्टोभ पड्कीएका कारणले रेलभरि आगोको सप्को फैलिएको हो । पाकिस्तानको पन्जाब स्टेटको लियाकतपुर आसपासमा रेलमा भिषण आगो लागेको हो । रेलमन्त्रीले अहिले पनि आगो निभाउने क्रम चलिरहेको र उद्धारका कार्यहरु जारी रहेको बताएका छन् ।
यस रेलको ३ वटा ठूलो डिव्बाहरु क्षतिग्रस्त भएका छन् । प्रहरीका अनुसार आगलागीका कारण यात्रुहरु रेलबाट हाम्फालेका कारणले तल भुँईमा बजारिएर र पोलहरुमा ठोकिएर मृत्यु भएको हो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग