
चिनको यो सिको अब नेपालले पनि गर्नु पर्ने देखिएको छ।
१५ कार्तिक २०७६, शुक्रबार १५:००
चिनियाँ सरकारले आफ्ना नागरिकहरूको लागि नैतिकतासम्बन्धी नयाँ दिशानिर्देश जारी गरेको छ। राष्टपति सी जिन पिङको वैचारिक धरातलका आधारमा चिनियाँ सरकारले केही दिनअघि यस्तो निर्देशन जारी गरेको हो । सरकारको यो निर्देशनले मानिसहरूलाई आदर्श नागरिक बन्न के गर्नुपर्दछ भनेर वर्णन गरेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।
चिनियाँ सरकारले जनताका लागि जारी गरेको नैतिक निर्देशनमा नागरिकहरूले बच्चाहरूलाई हुर्काउन, सार्वजनिक बिदा मनाउनदेखि लुगा लगाउने तरिकाहरू समेत सिकाएको छ । सरकारले जारी गरेको निर्देशनमा नयाँ युगमा नैतिकतालाई आत्मसात गर्न नागरिकहरूले इमान्दार र नम्र हुनुपर्नेमा जोड दिइएको छ ।
निर्देशनमा के खाने, के खेल्ने वा विदेश भ्रमण गर्दा देशको सम्मान कायम गर्न र इज्जत राख्न शिष्ट व्यवहार अप्नाउन भनिएको छ ।
त्यस्तै सरकारले जारी गरेको निर्देशनमा मानिसहरूलाई चिनियाँ भावना, चिनियाँ मूल्य र चिनियाँ शक्तिको प्रचार गर्न भनिएको छ। नागरिकहरूलाई केही काम गर्दा सोचेर मात्र गर्न निर्देशन दिँदै कम्युनिष्ट पार्टीका निर्देशक सिद्धान्तहरू अध्ययन गर्न समेत सरकारले आग्रह गरेको छ। चीनमा असभ्य व्यबहार ,अराजकता रोक्न र आदर्श नागरिक बन्न यस्तो नियम कानुन ल्याइएको हो
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,