Lifestyle Portal
  •   ९ श्रावण २०७८, शनिबार

वग्दादीको हत्यापछि ईस्लामीक स्टेटले नयाँ नेतृत्वको चयन

१५ कार्तिक २०७६, शुक्रबार १५:४३

बिहिवारको दिन ईस्लामीक स्टेटले आफ्नो सर्वोच्च नेता वग्दादीको हत्या भएको विज्ञप्ती जारी गर्दै नयाँ नेतृत्वको चयन गरेको छ । अबु ईब्राहिम अल हासिमीलाई नयाँ नेता चयन गर्दै आईएस सेन्ट्रल मिडिया आर्म ले अल फुक्रान फाउण्डेशन मार्फत घोषणा गरेको हो । उनीहरुको अडियो रिलिज भएको छ जस्मा नयाँ नेतृत्वको घोषणा गरिएको हो ।

यसका साथै अल मुजाहिर नामक आफ्नो संगठनका अर्का प्रभावशाली नेता र आइएसका प्रवक्ता को पनि मृत्यू भएको अडियोमा घोषणा गरिएको छ । कुर्दिश फोर्सहरुसंगको संघर्षमा उत्तरी सिरियाको जारावलसमा प्रवक्ता मुजाहिरको मृत्यू भएको अडियोमा उल्लेख छ ।
उक्त अडियोमा आफ्ना दुबै प्रभावशाली नेताहरु वग्दादी र मुजाहिरप्रति आइसीसले श्रदाञ्जली दिएको छ । नयाँ नेता हासिमीका बारेमा थप जानकारी आउन बाँकी छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति

काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म