
यूरोपका फार राइट्सहरुले किन कश्मिरमा भारतको समर्थन गर्दछन्
१८ कार्तिक २०७६, सोमबार २०:३१
गत हप्ता यूरोपियन मेम्बरस अफ पार्लियामेन्टका एक समुहले भारतमा डेलीगेशन भ्रमण गरेका थिए, उनीहरु निकै सहज र सजगताका साथ आफ्नै खर्चमा कश्मिर पनि पुगे र त्यहाँको बस्तुस्थती अवलोकन गरे । अगस्त महिनामा सत्तारुढ पार्टी भाजपाले जम्मु कश्मिरको राजनैतिक धरातल नै परिवर्तन गरिसकेपछि र दुबै प्रान्तलाई विशेषाधिकार दिएपछिको कुनै पनि देशका नेताहरु या सासंदहरु यसरी त्यहाँ भ्रमण गरेको यो प्रथम घटना थियो ।
स्मरण रहोस् यस विशेषाधिकारको थालनीसंगै जम्मु र कश्मिरमा भएका मुसलमान बहुसंख्यक जनसख्याँहरु अत्याधिक धेरै सुरक्षा संवेदनशीलतामा बाँचिरहेका छन् । त्यहाँका वासिन्दाको पहुँचबाट ईन्टरनेट काटिएको थियो भनें फोनका लाइन पनि सिमीत मात्र दिइएको हो । संयुक्त राष्ट्र संघका विशेष रापोरटरस देखि यूएसका कंग्रिगेशनल प्रतिनिधिहरुलाई पनि जान दिइएको थिएन । तर यूरोपियन राइट विगंका प्रतिनिधिहरु यि सबै बाधा छिचोल्दै जम्मु कश्मिर जान सफल भए र राज्यले नै यिनीहरुको मौन स्वीकृति र विशेष सुरक्षा गर्यो ।
लगभग ३० एमपीहरु जो फार राइट्स, एन्टी इमिग्रेशन, यूरोस्केपटिक पार्टीका सदस्यहरु जस्मा मेरिन लेन पेनको फ्रेन्च नेशनल र्याली, अल्टरनेटिभ फर जर्मन र ब्रेकसिट पार्टीका सदस्यहरु पनि थिए । यि उपयूक्र्त उल्लेखित पार्टीहरु यूरोप डिफेन्स लिगका निकट र ह्वाइट सुप्रमेसीका पैरवी गर्ने पार्टीहरु हुन् ।
सोसयिल कन्जरभेटि भनिएको पोल्याण्डको सत्तारुढ ल एण्ड जस्टीस पार्टी पनि यस भ्रमणमा सम्मेलित थियो । यूरोपियनहरुको यस बिशेष भ्रमणमा अहिले कफ्र्यू भएको अत्यन्त तबानग्रस्त श्रीनगर ईलाकाको भ्रमण भएको थियो र दाल तालमा यिनीहरुले बोट पनि चढेका थिए । स्टेटका पूर्व चिफ मिनिस्टर ओमार अव्दुल्लाह आफ्नै निवासमा बन्धक बनाइएको अवस्थामा भए पनि यि यूरोपियन आगन्तुकहरु भनें तारे होटलमा बसेका भनि केहि भारतीय लेखक र आलोचकहरुले आलोचना पनि गरेका थिए । यिनीहरुले आफ्नो भ्रमणको अन्तिममा यस भ्रमणलाई प्रधानमन्त्री मोदीको आतंकवादसंगको लडाँईमा आफूहरुको एक्यैवद्धता भनि प्रेस कन्फरेन्समा उल्लेख गरेका पनि थिए । एमइपी र कश्मिरी एक्टीभिस्ट पार्टीले भनें आफ्नो विज्ञप्तीमा चोटमाथिको वेदना थपिएको भ्रमण भनि यूरोपियन भ्रमणको आलोचना गरेका हुन् ।
यस भ्रमणलाई भारतका एक उधोगपति र इन्भेस्टमेन्ट बैंकर मानिने मादी शर्माले नेतृत्व गरेका थिए, पछि उन्ले एउटा कोलम लेख्दै किन आर्टिकल ३६० लाई हटाउनु कश्मिरी महिलाहरुका लागि जित हो भन्ने कुरा अभिव्यक्ति गरेका थिए ।
लेफ्ट विगं लेवर पार्टीकी बेलायती एमपी थेरेसा ग्रिफिनले भनें यस भ्रमणले यूरोपियन पार्लियामेन्टको धारणा नदेखाउने र कश्मिरीहरुको हितका लागि केन्द्रित रहने भन्ने खालको ट्वीट पनि गरिन् । उन्का अनुसार यस भ्रमण कुनै अफिसियल डेलिगेशन थिएन र खास्म त्यस्तै भयो नै । प्रधानमन्त्री मोदीसंगको भेट भएतापनि उक्त भेटवार्ता अनौपचारीक रहेको अडान यस टोलीले लाइनै रह्यो ।
आलोचकहरुमा अनुसार मोदीले आफ्नो हिन्दु नेशनलीस्ट एजेण्डाका लागि यूरोपियन राइट विगंको साँठगाँठ अघि सारेका छन्, यस भ्रमण त्यसैको एक स्वरुप हो । हिन्दु नेशनलिस्ट एजेण्डाका लागि ईस्लामोफोवियाको प्रयोग समेत भनेंर बिभिन्न आलोचकले मोदीको आलोचना पनि गरेका छन् ।
यूरोपका फरा राइट ग्रुपहरुले देश र स्थिती अनुरुप आफ्नो एजेण्डा अघि सारेको पाइन्छ, जस्तै सिरियामा असादलाई यूरोपका फरा राइट्सरु जस्तै पोल्याण्ड, ग्रिस, ईटाली र फ्रान्सको समर्थन छ । त्यस्तै ईराकका पूर्व प्रधानमन्त्री सद्धाम हुसैनले पनि धेरै पटक यूरोपका फार राइट्स नेता र पार्टीसंग आफ्नो पार्टी वाथ पार्टीका कुरा र अन्य सहयोगका लागि भेटवार्ता गरेका थिए ।
ईरानको आयातोल्लाह, हिजाबोल्लाह र हमाससम्मलाई पनि यूरोपको फार राइट्सको समर्थन छ, सरसरती हेर्दा यूरोपका फरा राइट्सहरुले अथोरिटिएन र कन्जरभेटिभ शाषक या शाषन प्रणालीलाई मात्र समर्थन गरेको पाइन्छ । भवष्यमा नेपालको पनि राजासमर्थकलाई फरा राइट्सले निकट नबनाउलान भन्न सकिन्न ।
ब्रेकसिस्टका पार्टी लिडर निगल फरेज, डज राजनितिज्ञ गर्ट वाइल्डर्स र यूकेमा आधारित फार राइट कमेन्टेटर केटि हप्कीन्सले पनि मोदी सरकारको कश्मिर मुद्धामा खुलेर समर्थन गरेका छन् ।
टोरन्टोमा आधारित शोधकर्ता अदिता चौधरीले फार राइट्स ह्वाइट सुप्रमेसीका पथका नेता र हिन्दुत्व शक्तिबिचको समबन्धका बारेमा एउटा शोधपत्र नै लेखेकी छिन् । उन्का अनुसार सेकुलर, लिवरल र मल्टीकल्चरल मापदण्ड भित्रै रहेर पनि एकात्कक्ताका मुल्यहरु र एकतन्त्रे राजनिति घुसाउन मोदी सरकारले यूरोपका फार राइट्सलाई कश्मिरबाट एउटा नयाँ प्रणाली प्रदर्शन गरिरहेका छन् । भारत र यूरोपको परिवेश फरक छ यद्धपि प्रजातन्त्रको आडमा एकात्मकताको सञ्चार गराँउदै अघि बढ्नलाई मोदीलाई यूरोपको फार राइट्सको समर्थन छ । उन्को शोधपत्रका अनुसार हिन्दु भारत र ह्वाइट सुप्रमेसीस्ट यूरोप सुन्दा फरक लागेपनि शाषन र संयन्त्रका हिसाबले लगभग एउटै कुरा हो ।
यि दुबै पक्षहरु अर्थात भाजपा र यूरोपका फार राइट्सहरु ईस्लामोफोविया र एन्टी ईस्लामीक सेन्टीमेन्टको फाइदा उठाउन खप्पीस छन् र यूरोपीयन फरा राइट्सहरु एन्टी ईस्लामीक भावनाका कारण र ईस्लामोफोवियाको सञ्चारका कारण पनि एउटै धरातलमा उभिएका हुन्, ओस्लोका लेडिगले लेखेका छन् ।
यसैकारणले पनि भारत छिमेकी देशहरु बगंलादेश र पाकिस्तानको बिरोधमा उत्रिएको छ भनी बिभिन्न अन्य आलोचकहरुले प्रमाण पनि दिएका छन् ।
के यूरोपका फार राइट्स र भारतको हिन्दु सुप्रमेसी एकै धारका कुराहरु हुन त ?
अब यहाँ अचम्मको कुरा के छ भनें भारतमा कडा हिन्दुवादी भाजपाको उदय संगै यूरोपमा पनि फार राइट्सहरुको पूर्नउदय भइरहेको पाइन्छ । पोल्याण्डमा यो पार्टी सत्तारुढ छ भनें धेरै यूरोपेली देशहरुमा ह्वाइट सुप्रमेसी, एन्टी इमिग्रेन्ट, बेस्रिस्ट लगायतका कुराहरु समर्थन गर्ने एजेण्डा बोकेका पार्टीहरुको दबदबा बढ्दो छ । यूरोप डिफेन्स लिगको वर्चस्व बढ्दो छ, के ह्वाइट सुप्रमेसी र हिन्दुत्व उस्तै उस्तै कुराहरु हुन् त ? बिचारयोग्य तथ्य भनें छ है ।
सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले