
पाकिस्तानको भीसा पर्खाईमा अफगानीस्तानीहरु
१९ कार्तिक २०७६, मंगलवार १०:३३
१०० भन्दा बढि अफगानीस्तानीहरुले गत आइतवार काबुलमा पाकिस्तानी दुतावास अगाडि भीसाको प्रतिक्षा गरेका छन्, उनीहरु भीसा सेक्शन खुल्ला र मेडिकल भीसा पाइएला भनी कुरिरहेका थिए तर भीसा सेक्शन खुलेन । अनिश्चितकालिन बन्द भनेंर अफगानीस्तानमा भएको पाकिस्तानी भीसा सेक्शन बन्द भए लगत्तै सैयौं अफगानीस्तानी बिरामीहरु अब उपचार अभावमा मृत्युवरण्न गर्न बाध्य भएका छन् । पाकिस्तान अफगानीस्तानीहरुका लागि एउटा भरपर्दो उपचार गन्तव्य थियो तर अब पाकिस्तानले पनि दैलो बन्द गरिदिएको छ ।
पाकिस्तानी दुतावासले आफ्ना कर्मचारीहरुलाई बिभिन्न वहानामा दुब्र्यबहार भएको भन्दै भीसा सेब्शन अनिश्चितकालका लागि बन्द गरेको हो । गत हप्ता पाकिस्तान र अफगानीस्तान बोर्डरमा केहि तनाव पनि श्रृजना भएको थियो, केहि गोलीवारी पनि भएको थियो ।
अफ्गानीस्तानका अस्पतालमा उपलव्ध नहुने उपचार सेवाका लागि अफगानीहरु पाकिस्तान जाने गर्दछन्, भीसा सेक्शनको बन्द हुनुका साथै अब सैयौं अफ्गानी बिरामीहरुको उपचार अन्यौलमा मात्र परेको हैन कि पाकिस्तानमा दिर्घरोगको उपचार गराइरहेका अफ्गानीहरुको घर फर्कने माहोल पनि अन्यौलमा परेको छ ।
उपचारका लागि भीसा लिन आएका अधिकांशहरु आफ्ना आमा या बुवाहरु लिएर आएका छन्, छोराछोरीहरु आफ्ना मातापिताको उपचार पाकिस्तानमा गराउन चाहन्छन् । तर यसै गरि पाकिस्तानी भीसा बन्द हुने हो भनें उनीहरुका आमा बुवा पाकिस्तानी भीसा खुलेसम्म मृत पनि भइसक्न सक्दछन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग