Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

सेकेण्ड ह्याण्ड जुत्ता लगाउने बेलायती स्कुले बिधार्थीहरु

१९ कार्तिक २०७६, मंगलवार १३:००


बेलायतमा स्कुले बिधार्थीहरुमाझ सेकेण्ड ह्याण्ड जुत्ता सकंलन र वितरण गर्ने एउटा सामाजिक संस्थाले बेलायतमा यी जुत्ताहरुको माग निकै बढेको र निकै बिधालयहरुबाट यस्ता जुत्ताहरु आवश्यक परेको आवेदन आउन थालेको बताएका छन् ।

बिधालयको सत्र शुरु हुँदाको समयमा बिधार्थीहरुलाई बिधालय जाने जुत्ताको आवश्यक्ता पर्दछ र बिभिन्न कारणले सबै बिधार्थीहरुले उपयूक्त जुत्ता पाउन र खरिद गर्न असमर्थ हुन सक्दछन्, साल्स नामक गैरनाफामुलक अभियानले बेलायतका त्यस्ता बिधार्थीलाई सेकेण्ड ह्याण्ड जुत्ता वितरण गर्दै आएको केहि वर्ष भएको छ ।

यस अभियानकी अग्रणी महिला सिजे ब्राउरीले आफ्नो छोराले बिधालयमा प्रयोग गरेको जुत्ता कसरी र कस्लाई दान गर्ने र कसरी यस जुत्ताको आवश्यक्ता भएको बिधार्थी समक्ष पुर्याउने भन्ने कुराले आफैंले साल्सको शुरु गरेको बताइन ।

५ वर्ष अघि शुरु भएको यस अभियानले पहिलो वर्ष मा नै ५००० जोर जुत्ताहरु सकंलन र वितरण गर्यो । गत वर्ष ३ लाख जोर जुत्ताहरु बाँढेको र ति जुत्ताहरु कुनै पनि च्यातिएको नभएको ब्राउरीले बताइन । यि जुत्ताहरु गत वर्ष ४३ वटा बिभिन्न देशहरुमा पठाइयो, यी जुत्ताहरुले बिधार्थीहरुलाई स्कुल र घरसंग झन नजिक बनाएको बताइन्छ ।

हामीलाई अब देश बिदेशबाट बिधालयका प्राध्यापकहरुले आफ्नो बिधालयमा राम्रो जुत्ता खरिद गर्न नसक्ने बिधार्थीहरुको संख्या दर्शाएर ईमेल गर्ने गर्दछन्, सिजे ब्राउनले बताइन ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग