Lifestyle Portal
  •   ७ आश्विन २०७८, बिहीबार

ब्रह्माण्डको सृजना र फिजीक्सका थियोरीहरु

२१ कार्तिक २०७६, बिहीबार ०६:०२

सन् २०१९ को फिजिक्समा नोवल पुरस्कार पाउने व्यक्ति हुन जन पेवल्स र उनी प्रिन्स्टन विश्वविधालयका प्राध्यापक हुन् । यसका साथै सोही पुरस्कारको अर्को आधा भाग चाँही दुई जनालाई संयुक्त रुपमा दिइयो, ति दुई जना थिए यूनिभरसिटी अफ जेनेभाका माइकल मेयर र क्याम्ब्रीजका डिडियर केलोज ।

यि सबैजनाको अध्ययन एक्सोप्लानेट अर्थात सोलार स्टारलाई परिक्रमा गर्ने ग्रहका बारेमा गरिएको अध्ययनका लागि थियो । अब ब्रह्माण्डको कुरा गरौं, सन् १९२० मा मात्र पृथ्वीका मान्छेले आफ्नो अध्ययन र अनुसन्धान मार्फत ब्रह्माण्ड बढिरहेको छ भन्ने कुरा चाल पाएको हुन् । त्यसपछि बिग ब्यागं थियोरीको पर्दापण गरियो, ४ लाख वर्ष लगाएर तातो खगोलय पिण्डहरु पृथ्वीमा सेलाएको, ति पिण्डहरुमा हाइड्रोजन र हिलियम रहेको लगायत तथ्यहरु आँउदै गए । ब्रह्माण्डको परिवृति बढ्दै जाँदा देख्न सकिने लाइटवेभहरु क्रमश माइक्रोवेबमा परिणत भएको र माइक्रोवेभ न्वाइजको कस्मिक पृष्ठभूमि तयार भएको सम्म तथ्य मानियो ।

नयाँ थियोरीहरु
जन पेवल्स जस्ले यस वर्षको नोवल पुरस्कार पाए उनले ब्रह्माण्डको शुरुवातका थियोरीहरुलाई नयाँ मोड दिए, उन्ले अझै पनि माइक्रोवेब रेडिएशनको उपस्थितीलाई प्रमाणित गरे, यस कुरालाई सन् १९६४ मा नै आर्नो पेन्जीयाज र रोवर्टो विल्सन नामक वैज्ञानिकले प्रमाणित गर्न चाहेका थिए र पेवल्सले यसै थियोरीमा आधारित रहेर काम गरे ।

रोवर्टो र पेन्जीयाजले पनि सन् १९७८ मा यसै कामका लागि नोवल पुरस्कार पाएका थिए । पेवल्सका थियोरीका अनुसार रेडिएशनको तापक्रमले बिग ब्यागंका समयका पिण्डहरुको तत्व अनुमान गर्न सहयोग गर्ने र लाइट एमीशनले ब्रह्माण्डको संरचनागत निर्माणप्रति विशेष ज्ञान दिएको छ ।

सन् १९९२ मा जन माथर र जर्ज स्मुट नामक वैज्ञानिकहरुले विग ब्यागंको प्रथम लाइटको ईमेज तयार पारेका थिए, यिनीहरुले पनि सन् २००६ को नोवल पुरस्कार पाए । त्यसपछि क्रमश ब्रह्माण्डको शुरुवाती तापक्रम र शक्ति, उर्जा र प्रकाशको अवस्थितीमा अध्ययन हुँदै गयो ।

खगोलशास्त्रको मुख्य रहस्य भनेंकै ग्यालेक्सीजहरुको रोटेशनल स्पीड र तिनीहरुलाई साथै अड्यार राख्ने ग्राभिटेशनल फोर्स र त्यस फोर्स जन्माउने शक्ति जुन कुनै पिण्डबाट सञ्चालीत छ तर त्यस शक्तिको रहस्य नै हो । ब्रह्माण्ड निश्चय नै सबना कुनै आधार झुण्डिरहेको र घुमिरहेको छ, यसरी शुन्यतामा घुमिरहेको पिण्डहरु बिचको शक्ति र समन्वयको मुख्य शक्तिको खोजि नै खगोलशास्त्रको प्रमुख रहस्य हो ।

पेवल्सको थियोरीमा भनें केहि काला पदार्थ र पिण्डहरुको यस शक्तिमा योगदान छ, यद्धपि ति कुराहरु स्पष्ट छैनन । अब थोरै आइन्सटाइनको रिलेटिभीटी थियोरीको कुरा ल्याउन चाहेँ, उन्का अनुसार मास र ईनर्जिको उपस्थितीमा थोरै समथल र बांगिएको स्पेस बन्न जान्छ, यसरी मास र इनर्जिके क्रिटिकल भ्यालुमा ब्रह्माण्डमा स्थिरता पैदा भएको हो । यद्धपि ब्रह्माण्डलाई स्थिर राख्ने यस क्रिटिकल भ्यालुको ३१ प्रतिशत देखिएका मासहरुको योगदान हुनसक्छ जस्मा ५ प्रतिशत देखिएका पिण्डहरु छन् भनें बाँकी शक्ति अदृश्य पिण्डबाट आइरहेका छन् । यस अदृश्य पिण्डको शक्तिलाई डार्क म्याटर भनेंर ब्याख्या गरिएको छ, पेवल्सका अनुसार ब्रहमाण्डलाई स्थिर राख्ने ६९ प्रतिशत शक्ति डार्क म्याटर हो ।


सुयोग ढकाल

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । यस वर्षको राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान तथा प्रविधिको उन्नत विकास: प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले