Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

श्वास नफेर, बाँकी सबै फर्स्टक्लास छ

२० कार्तिक २०७६, बुधबार ०६:१८


मेरो समाज एउटा सानो समाज हो, दिल्ली समाज । यहाँ देशका हरेक कुनाबाट मान्छेहरु आएर बसेका छन्, समावेशी शहर जहाँ सबैको प्रतिनिधित्व छ । एका बिहानै भजन सुनेर या आजान सुनेर उठ्नेहरु पनि यस शहरमा छन । दिपावलीमा धेरैले पटका पड्काए यो शहरमा । धेरैले पटकालाई ध्वनी र वायू प्रदूषणनसँग जोडेर हेरे, कतिले त वायू प्रदूषणको त्यत्रो भय छ भने किन दिल्ली मै बस्नु र ? अर्को शहर जाओ भनेर पनि कमेन्ट गरे ।

मान्छेहरुले शहर नै छाडेर जाने साहस पनि कसरी गर्न सकेका होलान ?
म जुन शहरबाट दिल्ली आँए त्यसको विवरण दिल्लीसँग रत्तिभर पनि मेल खाँदैन, मेरा लागि दिल्ली झिलीमीलीको शहर थियो । मेरो गाँउका राजमार्गभन्दा दिल्लीका गल्लीहरु चौंडा थिए, दिल्लीमा मेट्रो छ र रेलहरुमा पनि एयरकन्डिशन छ, जुन मेरा गाँउमा कहाँ पाउनु ।

दिल्लीले मेरो आशाको लहरलाई रोमान्टिक बनायो, मलाई भविष्य देखायो अनि सपनामा चुर्लुम्म डुबायो । अझ राम्रो अध्यन, अझ राम्रो जागिर अनि अझ राम्रो सपना दिल्लीले मलाई देखायो । मेरो अभिभावकहरुसंग नै म दिल्ली आँए तर दुर्भाग्य अहिले दिल्ली ग्याँस च्याम्बर भएको छ ।

मान्छे यहाँ चिनिन्न, नजिकबाट पनि चिनिन्न, किनभनें यहाँको हावामा प्रदुशन छ । कहिलेकाँही मलाई विस्मात लाग्छ, हामी सपरिवार के का लागि यस ग्याँस च्याम्बरमा आयौं भनेंर । म यहाँ आकाशमा हेरेर प्रार्थनागर्न चाहन्छु तर म तारा देख्न सक्दिन, यो कस्तो श्राप हो जहाँ आकाशलाई हेरेर प्रार्थना पनि गर्न सकिन्न ।

जमिनमा आफ्नो गोडा नजिकनै केहि फिट मोटो टक्सिक फोम महसुस गर्न सकिन्छ, घरबाट बाहिर निस्कँदा फोहोर हावाको एक टुक्रा जब हामी निल्दछौं तब तब हामी त्यस हावाको टुक्रा निल्दा किस्ता किस्तामा मरिरहेका हुन्छौं ।

हल्ला छ कि दिल्लीका मान्छेले हरेक दिन ४४ वटा सिगरेट बराबरको धुम्रपान गरिरहेका हुन्छन भन्ने । यहाँ हाम्रो शरीरले श्वास रोकिएजस्तो, आँखामा पानी, नाकमा सिंगान लगायत सबै अनुभव गर्न सक्दछ, यहाँका मान्छेलाई निन्द्रा पनि लाग्न छाडिसक्यो ।

मेरा एकजना साथीको एउटा सम्पूर्ण रुपले स्वस्थ जन्मेको बच्चा केवल २० दिनमा नै मर्यो, त्यस शिशुलाई आस्माटिम संक्रमण भएको थियो, उसले पहिलो तिहारको पड्काका आवाजहरु मात्र सुन्न पायो, त्यसपछि उ बित्यो । संविधानले हामीलाई स्वतन्त्रता त दियो तर श्वास फेर्न अधिकार हाम्रो स्वतन्त्रतामा अडिन सकेन । मेरो शहरका बासिन्दाले आकाशको रंग नै कस्तो छ भन्ने समेत भुलिसके, यो विडम्बना हो ।

हवाइजहाजहरु केवल प्रविधिमा आधारित ल्यान्ड र टेकअफ गर्दैछन्, ककपीटबाट केहि देखिदैन । दिल्लीमा सबै कुरा फर्स्ट क्लास छ तर श्वास फेर्न अफ्ठेरो छ ।


लेखिका अनन्या भट्टाचार्य भारतको चर्चित ‘ईण्डिया टुडे’मा असिस्टेन्ट इडिटर हुनुहुन्छ ।
अनुवादः सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली