Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

स्पाईस जेटको झ्याल चर्किएको यात्रुले थाहा पाएपछि

२० कार्तिक २०७६, बुधबार १०:१२


मुम्बईबाट दिल्ली उडानको दौरान आफू बसेको स्पाइस जेटको चर्किएको झ्यालको फोटो खिचेर भारतका हरिहरन शंकरनले ट्वीट गरेका छन् । उक्त चर्किएको झ्याललाई सेलो टेप लगाएर टालेको तस्वीरमा स्पष्ट देखिन्छ ।

फ्लाइट एसजी८१५२ को भीटीएसवाइजी मुम्बईदेखि दिल्ली आउने नोभेम्बर ५ तारिखको फ्लाइटका यात्रु शंकरनले यो तस्वीर खिचेका हुन् । शंकरनले ट्विटरमा लेखेका छन्, “स्पाइस जेट उडान SG8152 (VT-SYG) मुम्बई देखि दिल्लीको उडान (५ नोभेम्बर २०१९) टुक्रिएको झ्याल सेलो टेपले टाँसिएको । के यो मुख्य सुरक्षा चिन्ता होईन? कोही सुन्दैछ?” भन्दै एयरलाइन र यातायात सुरक्षा बोर्डलाई ट्विटरमार्फत् ट्याग गरेका छन् ।

स्पाइस जेटले आफ्नो आधिकारिक ट्विटर अकाउण्टमार्फत् शंकरणनको ट्वीटलाई उत्तर दिँदै लेखेको छ, “हाई हरिहरन! स्पाइस जेटमा, सुरक्षा हाम्रो सबैभन्दा ठूलो चिन्ताको विषय हो र कुनै पनि समयमा कुनै पनि अवस्थामा सुरक्षाको सवालमा एयरलाईनले सम्झौता गर्दैन । हामी अवश्य पनि आवश्यक कार्यका लागि सम्बन्धित प्रमुखलाई यो सन्देश पुर्‍याउनेछौं । तपाइले अनुभव गर्नुभएको असुविधाका लागि हामीलाई पछुतो छ ।”

स्पाइस जेटको जवाफ पछि पुनः शंकरन लेख्दछन, “यदि त्यहाँ सेलो टेप टाँसिएको छ, यसको मतलब कसैले यो देखेरै गरेको हो र परिस्थिति बारे सचेत पनि थियो ।”

शंकरनको यस प्रश्नमा स्पाइस जेटले पुन आफ्नो छोटो उत्तर दिएको छ, “हामीले आवश्यक कार्यवाहीका लागि सम्बन्धित विभागका प्रमुखलाई सचेत गराएका छौं ।”

उड्ययन बिज्ञहरुका अनुसार यसरी झ्याल चर्किएर उडानका समयमा हावा लिक भएमा त्यहाँ बसेका यात्रुहरु जहाज बाहिर तानिएर ठूलो दूर्घट्ना नै हुनसक्ने साथै अत्याधिक हावाको दबाब उत्पन्न भई जहाज नै आपतकालिन अवतरण गराउनपर्ने अथवा जेसुकै हुनसक्ने रहन्छ ।


लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग