निजी स्वास्थ्य क्षेत्रमा किन श्रम शोषण ?


पछिल्लो समय मुलुकमा स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएका छन् । बढ्दो शहरीकरण र जनसंख्याका कारण विभिन्न रोगहरु फैलिएका छन् । आम जनताको आवश्यकतालाई मध्यनजर गरी शहरी क्षेत्रलाई मुख्य केन्द्र बनाएर थुप्रै निजी अस्पताल खुल्ने क्रम जारी छ । आम जनतलाई सेवा सुविधा दिने अस्पतालहरु आफ्नो अस्पतालमा के कस्तो तलब सुविधाहरु लिएर काम गरिरहेका छन् त भन्ने प्रश्न समाजमा बस्ने व्यक्तिहरुलाई उठ्नु स्वभाविक हो । हेर्दा कति सफा, कति राम्रो पोशाक, कार्यालयको परिचयपत्र लगाउँदा झल्किने एउटा व्यक्तित्वले पक्कै पनि नराम्रो आंकलन गर्नै सक्दैन ।

बिडम्बना के छ भने अहिले या पहिलेको सम्पूर्ण निजी स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरु श्रम शोषणको चपेटामा परिरहेका छन् ।निजी अस्पतालहरुले एउटा प्राविधिक तथा अप्राविधिक कर्मचारीलाई एउटा भरियाले कमउने तलब भन्दा कम दिई श्रम शोषण गरिरहेका छन् । कर्मचारीहरुका न्यूनतम आवश्यकतालाई समेत वेवास्ता गरी निजी अस्पताल सञ्चालकहरु दिन प्रतिदिन श्रम शोषण गरिरहेका छन् । नेपाल सरकाबाट दिएको निर्देशनलाई समेत वेवास्ता गरी कर्मचारीलाई न्यूनतम तलब दिने र ति कर्मचारीहरुले तलब बढाउन अनुरोध गर्दा जागिरबाट निकालिदिने जस्ता धम्कीहरु कुनै नयाँ नौला भने होइनन् । स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने सर्बोच्च निकाय भनेको स्वास्थ्य मन्त्रालय नै हो र मन्त्रालयले निजी अस्पतालले गरेका यस्ता विभेदलाई अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।

श्रम शोषणबाट देशलाई निम्न वेफाइदा हुन्छ ।
दक्ष जनशक्ति पलायन हुने
देश विकासमा धक्का पुग्ने
गुणस्तरीय सेवा दिन नसक्ने
दक्ष जनशक्तिको अभाव हुने
भ्रष्ट्राचारलाई बढावा दिने
एकाधिकार लागू गर्ने

एउटा समुन्नत नेपालको साँच्चिकै विकास गर्ने हो भने निजी स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई तत्काल समाधानको बाटोमा लगी विकसित देश बनाउन आवश्यक छ । अन्य देशहरुले आफ्नो देशको विकास गर्न बाहिरबाट दक्ष जनशक्तिहरु लगिरहेको अवस्थामा हाम्रो देश नेपालले आवश्यक अवसरको खोजी नगरिदिँदा बाध्य भएर क्षमतावान मान्छेहरु शिक्षाका लागि विदेशी नियोगको गेटमा लाइन लाग्नु कतिको राष्ट्रियताको कुरो हो ? स्वास्थ्य क्षेत्रमा पछिल्लो समय धेरै लगानीकर्ताहरु लगानी गर्न उत्साहित भएका छन् र विभिन्न अस्पतालहरु निजीको हकमा सञ्चालनमा पनि रहेका छन् । पछिल्लो समय निजी अस्पतालहरुमा नर्सहरुलाई अस्पताले बढी शोषण गरेको पाइन्छ । नर्सहरु आफ्नो अध्ययन पूरा गरिसकेपछि सिधै अस्पतालमा स्वयंसेवकको रुपमा २-४ महिना सम्म काममा लगाउने र सो समय पश्चात् पनि काममा नलगाउने हुनाले अहिले पनि कतिपय नर्सहरुको भविष्य अन्यौलमा रहेको छ ।

स्वास्थ्य क्षेत्र भनेको एउटा अति संवेदनशील क्षेत्र भएको हुनाले निमयक सरोकारला निकायले नसोचेमा यो क्षेत्रमा गम्भिर समस्याहरु उत्पन्न नहोलान भन्न सकिन्न । अस्पतालमा आएका बिरामीहरुलाई आत्मियता, सद्भाव, माया, हौसला प्रदान गर्ने नर्सहरुको भविष्य नै एउटा निजी स्वास्थ्य क्षेत्रमा छैन र उनीहरु आफैं खुशी छैनन् भने एउटा निरामीलाई कसरी राम्रो सेवा प्रदान गर्न सक्छन् त ? समग्रमा भन्ने हो भने अहिले जति पनि नर्सको हक हितमा वकालत गर्ने निकायहरु छन् ति निकायहरुले समयमा आवश्यक पहल नगरिदिँदा हजारौं नर्सहरुको भविष्य अन्यौलमा परेको छ । अहिलेको विश्व श्रम बजारलाई हेर्ने हो भने त्यहाँ हाम्रो देशमा भन्दा कयौं राम्रो सेवा सुविधा प्रदान गरिरहेका छन् ।

श्रम शोषणबाट बाह्य देशलाई हुने फाइदा
सस्तो दरमा कामदार प्राप्त गर्ने
कार्य प्रणालीमा सुधार
स्टाण्डर्ड सेवाको विस्तार
योजना कार्यान्वयनमा सहयोगी बन्ने
आथिृक र प्रतिस्पर्धात्मक विकास
श्रमद्धारा विश्वव्यापीकरण
विश्वव्यापी प्रतिस्पर्धा
उत्पादकत्व, प्रविधि, पूँजी, आयमा बृद्धि

विकासका कदमहरुलाई साँच्चै अगाडि बढाउने हो भने श्रम बजारमा कुनै पनि हालतमा श्रम शोषण गर्न हुँदैन । निजी स्वास्थ्य क्षेत्रका लगानीकर्ताहरुले पनि आफ्ना कर्मचारीहरुले नेपा सरकारले तोकेबमोजिम तलब सुविधाहरु दिनु अति आवश्यक र समय सान्दर्भिक पनि हो । पछिल्लो समय मजदुरको हकहितमा बहस गर्ने श्रमजिवी नेताहरुको यस्ता समस्या समाधान गर्न उनीहरुको उपस्थिति शुन्य रहेको छ । यो अर्थमा लगानीकर्ताहरुलाई पनि बढी बाद्य भएर आफ्नो अधिकार भन्दा तल पनि नगई माथि पनि नगई एउटा कानुन अनुसार कार्यान्वयन गराउन सकिएको खण्डमा मात्र सम्पूर्ण कर्मचारीको हक हितहरु पूरा भएको देख्न सकिनछ ।

अन्य क्षेत्रको तुलनामा स्वास्थ्य क्षेत्र अति नै संवेदनशील क्षेत्र भएकाले लगानीकर्ताहरुले पनि आफ्ना कर्मचारुकिा सम्पूर्ण आवश्यकतालाई अत्यन्तै संवेदनशील भएर सम्बोधन गर्न सकेको खण्डमा दक्ष जनशक्तिहरु विदेश पलायन हुन रोकिने र देश विकासमा महत्वपूर्ण भूमिाका खेल्ने गर्दछ ।

 उमेश खत्री

 

 


Loading comments...