हरिबोधिनी एकादशी (तुलसी विवाह) हरेक वर्ष कार्तिक महिनाको शुक्ल पक्षको एकादशी तिथिका दिन गरिन्छ । यो दिन भगवान शालिग्राम तथा माता तुलसीको विधि विधानले पूजा अर्चना गरी विवाह सम्पन्न गर्ने गरिन्छ । बिक्रम सम्वत् २०७६ को तुलसी विवाह अत्यन्त शुभ दिन अर्थात् शुक्रवार परेको छ । आजैको दिनदेखि भग्वान विष्णु समेत सबै देवताहरु योग निन्द्रालाई त्यागे लगत्तै चतुर्मास सम्पन्न भएको मानिन्छ । यो एकादशीसँगै विवाह, मुण्डन जस्ता मंगलकामहरुका लागि शुभ साइत पनि निस्कन थाल्दछ । आउनुहोस् आजको यो विशेष पावन दिन अर्थात् तुलसी पूजा तथा यस वैदिक विवाहको विधि कस्तो हुन्छ त्यसतर्फ लागौं ।
लेखकः सुयोग ढकाल
भगवान विष्णुले असुरराज जालन्धरकी सङ्गीनी वृन्दाको पतिव्रता धर्म तोडेका थिए, जसका कारण जालन्धरलाई मार्न देवगण सफल भएका थिए । यसै कारणले वृन्दाले भगवान विष्णुलाई श्राप दिएर आत्महत्या गरेकी थिईन, त्यही आत्महत्या भएको स्थानमा एउटा तुलसीको विरुवा उम्रियो ।
एकादशी तिथिको प्रारम्भ: २१ कार्तिक २०७६, बिहिवार विहान १०ः१६ः४५ बजे देखि शुक्रबार अपरान्ह १२ः४६ः०८ बजेसम्म
विशेषत तुलसी विवाह एकादशी तिथिमा हुनेगर्दछ जसलाई ‘हरिबोधिनी’ अथवा ‘देवउठनी’ एकादशी पनि भनिन्छ । यस दिन तुलसीको विरुवा भएको तुलसामठ अथवा गमलालाई गेरु रङ्गले रङ्गरोगन गरी त्यसको चारै कुनामा उखूँ ठड्याई मण्डप बनाइन्छ । जसको माथी सौभाग्यको प्रतिक स्वरुप रातो कपडा अथवा ओढ्ने राखिन्छ । यस पश्चात् त्यस मठ अथवा गमलामा साडी अथवा साडी स्वरुपको कपडाले बेरेर तुलसीलाई सौभाग्यका सौन्दर्य सामाग्री समर्पण गरिन्छ । यस किसिमले तुलसीको विधिवत श्रृंगार गर्ने गरिन्छ ।
तुलसीको श्रृंगार भएपश्चात् श्री गणेश, भगवान श्री कृष्ण तथा भगवान शालिग्रामलाई विधि विधानले पूजा गर्ने गरिन्छ । फेरी तुलसी माताको विशेष मन्त्र “तुलस्यै नमः” भन्दै षोडशोपचार पूजा गरिन्छ ।
यस पश्चात् पानी भएको एउटा सुख्खा नरिवललाई केही दक्षिणा अथवा मुद्रासँग राखेर पुनः भगवान शालिग्रामको मूर्ति लिएर तुलसी माताको ठिक त्यही तरिकाले परिक्रमा गर्नुहोस् जसरी विवाह गर्दा सात परिक्रमा गरिन्छ । यस पछि परिवारका समस्त सदस्यसहितको आरती गरेर यस पावन तथा वैदिक वैवाहिक कार्यक्रमलाई सम्पन्न गर्नुहोस् । यस पुरा विधिमा विवाहका दिन गाईने मङ्गल गीत समेत गाउने गरिन्छ ।
तुलसी विवाहको लाभः यदि कुनै विवाहित जोडीको सम्बन्धमा कुनै समस्या आएको छ भने उनीहरुले तुलसी विवाहको आयोजन गरेको शुभ मानिन्छ । यस्तो गर्नाले उनीहरुको दाम्पत्य जीवनमा आएका समस्याहरुको निदान हुने मान्यता छ । साथै जसले विवाहको लागि आफ्नो तयार गर्दैहुनुहुन्छ वहाँहरुको विवाहको छिनोफानो हुने सम्भावना पनि बढ्ने विश्वास रही आएको छ ।
स्वस्थानीमा उल्लेख भए अनुसार भगवान विष्णुले वृन्दालाई दिनुभएको थियो आशीर्वादः भगवान विष्णुले असुरराज जालन्धरकी सङ्गीनी वृन्दाको पतिव्रता धर्म तोडेका थिए, जसका कारण जालन्धरलाई मार्न देवगण सफल भएका थिए । यसै कारणले वृन्दाले भगवान विष्णुलाई श्राप दिएर आत्महत्या गरेकी थिईन, त्यही आत्महत्या भएको स्थानमा एउटा तुलसीको विरुवा उम्रियो । भगवानलाई जब वृन्दाको पतिव्रता धर्मलाई तोडेको विषय अत्यन्त ग्लानी भयो तब वहाँले आशिर्वाद दिनुभयो र भन्नुभयो, “कार्तिक शुक्ल एकादशीका दिन जो व्यक्तिले उनको विवाह गराउनेछ उसको सबै मनोकामनाहरु पूर्ण हुनेछ ।”
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ