Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

गुगलमा लिपुलेक कहाँ छ ? सक्दो शेयर गरौं

२२ कार्तिक २०७६, शुक्रबार ११:३२

लिपुलेकको कुराले अहिले समग्र नेपाल तनावग्रस्त छ, आफ्ना निकै सिमाहरु पछिल्ला शताव्दीमा भारतीय शाषकसंग संझौता गरेको नेपालले अहिलेआएर आफ्ना अन्य सिमाहरु लगायत लिपुलेक र कालापानी मा नै संझौता गर्नुपर्ने भएको छ ।

के यो विश्वमा कमजोर र साना देशहरुको अस्तित्व छैन अनि ठूला देशको विस्तारवादमा साना देश सँधै पेचिनै पर्दछ । गुगलमा पनि अहिले आएर लिपुलेकलाई भारतको एउटा पासका रुपमा देखाँउदै भारत र तिव्वत बिचको भूभागका रुपमा देखाइएको छ । हुन त गुगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचाई एक भारतीय हुन तथापी के विश्वभरिले विश्वास गरेको सर्च ईन्जिन गुगलले दिने सूचना विश्वशनीय हुन जरुरी छैन ?

लीपुलेक भारतको सिमा कहिलेबाट भएको हो ? इतिहासमा नभएको तथ्यलाई सिमा बनाउँदै, सिमाना मास्दै, नयाँ नक्शाकंन गर्दै भारतीय विस्तारवादले नेपालीको धैर्यता मात्र ललकारेको छैन कि विश्वको न्याय र तठस्तताको सिद्धान्तमा पनि प्रश्न उठाएको छ ।

लीपुलेक भारतको भन्ने गुगल कहिलेबाट भारतीय विस्तारवादको सहयात्री भएको हो ? सबैजना नेपालीहरु एक हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्ः रिजनल ईकोनोमीक पार्टनरशीपमा भारत सामेल नभएकोमा चिढियो चीन


लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । नेपाल निजामती कर्मचारी संगठनका ९२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ उनीहरू पक्राउ परेका हुन्

पोखरा । पोखरामा विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ । पोखरा- १३ बाँझापाटनमा रहेको बालकल्याण माविको पुरानो पर्खाल

बैतडी । महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा अझै फेला परेका छैनन् ।

पोखरा । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ । गत १० असारमा पोखराले