मोनिका लेवेन्सी नामकी महिला


अमेरिकी राष्ट्रपति बिल क्लीन्टनलाई यौनदुराचारको आरोप लागेको थियो, ति राष्ट्रपतिसंगै यौनकाण्डमा मुछिएकी महिला हुन मोनिका लेवेन्सकी । हाल ४५ वर्षकी लेवेन्सकी शुरुवाती ईन्टरनेटका दिनमा यौनकाण्डले आफ्नो व्यक्तिगत र ब्यवसाहीक जीवन सबै तहसनहस पारिएकी एक महिला हुन् । अहिले विश्वभरि हरेक दिन बिभिन्न पुरुष महिलाहरु यस्ता भाइरल काण्ड र यौन भिडियोहरुमा मुछिइरहेका छन्, गोपनीयताको कवचलाई प्रविधिको घेराले तोडेपछि व्यक्तिगत जिवन र आत्मविश्वासको तिलाञ्जली धेरैले दिँदै आएका छन् ।
नेपालमा पनि पछिल्ला समय केहि अभिनेत्री, सार्वजनिक फिगर या राजनितिज्ञसम्म यस्ता काण्डले तानिन थालिएका छन् । पुरुषभन्दा महिलाहरु यस्ता काण्डमा धेरै प्रभावित हुने गर्दछन्, आउनुहोस सन् १९९८ मा नै यौनकाण्डमा राष्ट्रपतिसंग देखापरेकी मोनिको जीवनको कुराहरु आज केलाउने चेष्टा गरौं ।

सन् १९९८ को एक दिन बिहान हरेक पत्रपत्रिका र समाचारमा मोनिका लेवेन्सकीलाई गालीगलौजका साथ तथानाम भनिएको थियो । राष्ट्रपति क्लीन्टन पनि त्यस काण्डमा लेवेन्सकीका सहयात्री थिए तर ब्लीन्टनलाई त्यति आरोप र लाञ्छना लागेन जति लेवेन्सकीले खपिन ।
फोब्र्स पत्रिकाले सन् २०१४ मा गरेको एउटा स्पीच आयोजनामा लेवेन्सकीले आफूलाई ईन्टरनेटको कारणले करियर पुरै चौपट भएकी पहिलो नारीका रुपमा प्रस्तुत गरेकी थिइन, मान्नुस या नमान्नुस तर सुस्तरि अब लेवेन्सकी महिला शशक्तिकरणकी एक जुझारु उदहारण बन्दै गएकी छिन् ।

आज उनी लण्डन स्कुल अफ इकोनोमीक्समा साइकोलोजी बिषयमा अध्यनरत छिन, भ्यानीटी फेयरमा उन्को लगानी छ, उनी मोटिभेशनल स्पीकरका रुपमा निकै यात्रा गर्दछिन र साथै अनलाईन दुब्र्यबहारका विरुद्धमा एक अभियानकर्ताका रुपमा पनि चिनिन्छीन । अनलाइनका सम्पूर्ण रुपमा आफ्नो गोपनियता गुमाएकी प्रथम महिलाका श्रपमा मोनिका आजभोली अनलाइनमा हुने दुब्र्यबहारका विरुद्धमा खरो उत्रिने गर्दछिन् ।

गत वर्ष ए एण्ड ई टिभीमा द क्लीन्टन अफेयर नामक डकुसिरिजहरु एयर गरिएको थियो, यसकी प्रोडुसर चाँही जेमिया खान थिइन जस्लाई विश्वमा कतिपयले र्याडिकल फेमीनीस्टका रुपमा चिन्दछन भनें मुख्यतया उनी महिला अधिकार र नारी उत्पीडनका लागि निकै कार्य गर्ने गर्दछिन् । क्लीन्टन सिरिज निकै सफल भयो, यस्मा बास्तविब रुपमा क्लीन्टन र लेवेन्सकीका अफेयरहरुको कथा समावेश थियो ।
यस अफेयरका सिरिजहरुले राष्ट्रपतिलाई घुँडा टेकाउने यो काण्डले राजनैतिक रुपमा निकै परिवर्तन गरेपनि आज २ दशकपछि पनि अमेरिकन समाजमा महिलाप्रतिको दृष्टिकोण त्यस्तै नै छ र खासै परिवर्तन हुन सकेको छैन भनी यी सिररिजहरु देखाएका थिए ।
क्लीन्टन अफेयरकी २२ वर्षिया मोनिका कस्ती छिन् ?

लेवेन्सकी २२ वर्षकी हुँदा यो काण्ड भएको थियो, यिनका शव्दमा उतिवेला क्लीन्टनले यि माथि निकै ध्यान दिने र यिनलाई काममा प्रार्थमिक्ता दिने गर्दथे । उनी मेरो हात पनि अरुको भन्दा धेरै समयसम्म समाएर मिलाउने गर्दथे, म पनि उनलाई मन पराउन थाले । मेरा लागि मेरा बोस नै सबथोक हुन जस्तो लाग्यो । २२ वर्षकी मोनिका अवैतनिक इन्टर्न थिइन, ५२ वर्षका क्लीन्टन यिनका सुप्रिम कमाण्डर अनि विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति ।

क्लीन्टनले आफ्नो दोश्रो कार्यकालमा लेवेन्सकीलाई ह्वाइट हाउसमा पूर्णकालिन जागिर पनि दिने वाचा गरेका हुन्छन्, उनीहरु फोनमा कुरा गर्ने र अनेकन पटक यौन सम्पर्कमा सरिक भइसकेका हुन्छन् । एकदिन ह्वाइट हाउस बाहिर आँउदा मोनिकाको निलो कपडामा क्लीन्टनको विर्य लागेको हुन्छ, मोनिका यतिवेलासम्म क्लीन्टनसंग मायामा परिसकेकी हुन्छिन् ।

चुनावको समय नजिक आँउदा क्लीन्टन ब्यस्त हुन थाले, मोनिकाले अब उति माया पाउन छाडिन र यस अभावमा उन्ले त्यही काम गर्ने अर्की कर्मचारी लीन्डा ट्रीपलाई सबै कुराहरु भन्छिन् । यी कुराहरु चुनावका लागि निकै ठूलो पपुलिस्ट एजेण्डा बन्दछ, यो प्रेमकथाले राजनितिको एउटा नयाँ धारमा वलि चढ्नु पर्ने हुन्छ । क्लीन्टनले त निकै अफ्ठेरो गरि छुट्कारा पाए तर मोनिकाको जिवनमा पूर्णविराम झैं लाग्दछ । विगतका २ दशक लेवेन्सकीले बेहोरेकी पीडा र लाजको श्रृखलाहरुको कुनै हिसाबकिताब छैन, आज फेरि लेवेन्सकीको एउटा अभियानकर्ताका रुपमा फेरि वापसी हुँदैछ , स्वागतयोग्य कदम हो ।

हिलरी क्लीन्टन आज प्रभावशाली नेतृ भएकी छिन्, पटक पटक आफ्ना भाषणमा यिनले आफ्ना पतीले राजीखुशीमा यौन समबन्ध राखेको भनेकी छिन् र लेवेन्सकी वयस्क भएकी बताएकी छिन । तर लेवेन्सकीले आफ्नो राजीखुशीले राखेको समबन्ध भएपनि त्यसपछि यिनले भोगेकी एकल बिभेदको हिसाबकिताब बस्ले गर्ने र खै ?

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...