के यस विश्वमा साँच्चै नै प्रजातन्त्र आएको हो ? ससाना देशहरु अहिलेपनि ठूला ठूला देशको सामन्तवादी निती र चपेटामा पर्ने गरेको छ । यसैको उदहारण हो, विश्वको सर्वाधिक ठूलो लोकतान्त्रिक देश, भारत । भारतको सिमाहरु ७ वटा देशहरुसँग जोडिएको छ, अफगानीस्तान, बगंलादेश, पाकिस्तान, चीन, नेपाल, म्यानमार, भुटान र समुन्द्रसँग श्रीलंका पनि भारतको समुन्द्री तटसँग जोडिएको छ ।
भारतका अधिकांश छिमेकी देशहरु भारतको सीमा नितिसँग खुशी छैनन र हरेकसँग समस्याको गाँठो जोडिएकै छ । खुशी नहुनुको आफ्नै कारण छन्, विश्वको सर्वाधिक जोखिमपूर्ण र दीर्घकालिन सीमाना समस्या भारतवर्षबाटै टुक्रिएको पाकिस्तानसँग कश्मिर विवाद सबैभन्दा चर्चित र अन्तर्राष्ट्रियकरण हुनसकेको ठूलो विवाद हो । वास्तवमा भन्दा भारतसँग जोडिएका ७ वटै देशहरुसँग सीमाका विषयमा विवाद छ, भुटानसँग भने भारतीय सीमाप्रति त्यति विवाद सुनिन्न ।
लेखकः सुयोग ढकाल
उत्तराखण्डले ८८ किमी नेपालसँग र ३४४ किमी चीनसँगको सीमा राख्दछ । नेपाल कम्यूनीष्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले भने उक्त भूभाग नेपालको भएको र त्यसको बिरोधमा पार्टीले निरन्तर कदम चाल्ने र सुल्झाउन खोज्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
अहिले भर्खरै भारतले आफ्नो राजनैतिक नक्शाको ५ औं संस्करण प्रकाशित गरेको हो, जसमा निर्लज्ज रुपमा नेपाली सीमाभित्रका रणनैतिक ठाँउहरु भारतमा गाभेरै सार्वजनिक गर्यो । नेपाली पक्षले समयअनुसार छिमेकीको नक्शाकंनमा आफ्ना भूभाग जाँच गर्नुपर्नेमा त्यसो नगरिएको हुँदा नेपाली पक्षसँग सीमा समबन्धमा भारतको राजनैतिक नक्शाको कुन संस्करणबाट नेपाली भूमि मिच्न थालिएको थियो भन्ने आँकडा छैन र तर यथार्थ त के हो भने लिपुलेक आसपासका क्षेत्रमा भारतले ५०सौं वर्षअघि सेना घुसपैठ गराएर नेपाली पक्षलाई बिस्थापित गर्दै आएको छ, त्यो सरासर दादागिरि हो ।
भारत पाकिस्तानले कश्मिरको भूगोललाई लामो समयदेखि एउटा सिमा समस्याका रुपमा अन्यौलमा राख्दै आएको थियो जुन हालै मात्र भारतले आफ्नो एउटा बेग्लै प्रान्तभित्रै , अब भारतको सिमा विवादको लामो फेरिहिस्तमा नेपालसँगको कालापानी भूभाग पनि थपिएको छ । सिमा बिवादमा भारतले नेपालसँगको सीमाको अन्य धेरै भूभाग र पिलरहरु हटाउँदै जमिन मिच्दै आएको र भारतीय सीमा सुरक्षा बलद्वारा नेपाली भूमिमा भएको ज्याजतिलाई कुनै पनि नेपाली सरकार र परराष्ट्र मामिलाले सम्वोधन गर्न नसकि निरिह बसेको भने पक्कै हो ।
काठमाण्डौस्थित भारतीय दुतावास अगाडि भएका प्रर्दशन र विरोधका कार्यक्रमहरु यस्तै घटना सार्वजनिक भएका बेला भईरहन्छन् र अहिले पनि भइरहेका छन् । देश तथा विदेशमा फेरि एकपटक ब्याकअफ ईण्डियाका ह्याशट्यागहरु आउन थालेका छन् भने भारतभित्रै पनि सीमानाको विषयमा नेपाललाई दुःख दिएको भनी भारतीय प्रधानमन्त्री र सरकारबिरोधी नारा र प्रदर्शनहरु भइरहेका छन् ।
नेपालका सर्भे डिपार्टमेन्टमा पूर्व प्रमुख बुद्धि नारायण श्रेष्ठका अनुसार सन् १९६२ को भारत-चीन यूद्ध पछि रणनैतिक स्थानका रुपमा भारतले नेपाली भूमि निर्लज्ज रुपमा कब्जा गरेको हो । नेपाली परराष्ट्र मन्त्रालयले झारो टार्न भएपनि गतिलो कारण र तयारी बिनाको प्रेस विज्ञप्ति प्रकाशीत गरेर बुधवार नै उक्त भूमि आफ्नो भएको भनी व्यक्त गरेको थियो । उता भारतीय पक्षका प्रवक्ताले विवादित जमिन भारतको भनेर दावा गरेका गरिरहेका छन्, भारतको उत्तराखण्डसँगको सीमानाभित्र रहेको नेपालको कालापानी क्षेत्रलाई भारतले आफ्नो सैनिक वेसक्याम्प नै बनाएर कब्जा गरेको जगजाहेर नै छ ।
Nepal Rejects India’s New Political Map: For Modi, as if border disputes with Pakistan and China were not enough, he has created a border dispute with Nepal now! https://t.co/TQPyXTQs6t via @kathmandupost
उत्तराखण्डले ८८ किमी नेपालसँग र ३४४ किमी चीनसँगको सीमा राख्दछ । नेपाल कम्यूनीष्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले भने उक्त भूभाग नेपालको भएको र त्यसको बिरोधमा पार्टीले निरन्तर कदम चाल्ने र सुल्झाउन खोज्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
कालापानी नजिककै टि जक्शनका रुपमा रहेको लिपुलेकलाई पनि नेपाली पक्षले भारतले अतिक्रमण गरेको बताएको छ । यस रुटबाट सन् २०१५ देखि चीन र भारतले ब्यापार नाकाका रुपमा प्रयोग गरेको पाइन्छ । नेपाल र भारतको १८०० किमी सीमाना रहेको छ जसमा लाखौं नेपालीहरु बसोवास गर्दछन् । ति क्षेत्र तिलाठी होउन वा बारा, पर्सा, नवलपरासी अथवा सुदूर पश्चिमका सीमाना होउन त्यस क्षेत्रमा रहेका नेपालीहरुलाई भारतीय पक्षले ५० औं वर्षदेखि निरन्तर दुःख दिएर पीडादायी जीवन जिउन बाध्य परेका छन् ।
भारतद्वारा जारी नयाँ राजनीतिक नक्शाको गल्ती र वास्तविक नक्सा यस्तो छः
भारतले सन् १९५० को सुगौली सन्धीको बेवास्ता गरेको त स्पष्ट नै थियो । कोही पनि नेपाली भारतलाई अथवा भारतीय जनतालाई कुनैपनि किसिमले दुःख दिएको इतिहास छैन । हामी शान्तिगामी तथा छिमेकी छिमेकी मिलेर सौहार्दपूर्ण वातावरणमा बस्ने जाति हौं । हामीलाई भारतको राजनीतिक गतिविधि तथा उनीहरुको राष्ट्रियता र अखण्डतामा चाँसो छैन र भारतले पनि यही सदासयता प्रकट गरोस् भन्ने चाहना हो । जसले नेपाली तथा भारतीय जनताबिच यूगौंदेखि रहेको सौहार्दपूर्ण भाईचारामा एउटा मुस्कान भेटिन्थ्यो तर आज भोली त्यो मुस्कान मलिन हुन थालेको छ । झन भारतद्वारा हालै जारी राजनैतिक नक्शापछिको यो विवादले गर्दा सन् २०१५ को नाकाबन्दि पछि बिग्रिएको भारतसँगको नेपालीको दृष्टिकोणमा झनै मलजल गर्ने कार्य गरेको छ ।
भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको
भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन
काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो