Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

राजा ज्ञानेन्द्रको संकटकाल घोषणासंगै चिसिएको भारतीय सम्बन्धको नालिबेली

२३ कार्तिक २०७६, शनिबार २२:१९


सुगौली सन्धीलाई मान्य कहिले नगरेको भारतमा त्यसपश्चात धेरै सरकार, शासक र धारहरुको सत्ता रह्यो, भारतले बिभिन्न कालखण्डमा बिभिन्न चुनौती र अफ्ठेराहरुलाई पार गर्दे आज विश्वमा आफूलाई एउटा वलियो र सबल राज्यका रुपमा विश्वको सर्वाधिक ठूलो लोकतान्त्रीक देशका रुपमा चिनाँउदै आएको छ । यद्धपी भारतको सीमाप्रतिको मिचाहा निति र छिमेकीसँगको तितो सम्बन्धलाई किन कायम गर्दै आएको हो ? यो सोचनिय कुरा हो ।

suyog dhakal
अनुवादः सुयोग ढकाल

‘रोटी बेटीको सम्बन्ध’ भन्दै नेपाल-भारत सम्बन्धलाई नयाँ उचाईमा लैजाने मोदी निति अनुकरणीय थियो, मोदीको प्रथम औपचारीक नेपाल भ्रमण र त्यसपछिका अन्य भ्रमण श्रृंखलाहरुमा नेपालप्रतिको उन्को सदभावका भाषणहरु के एउटा पपुलीस्ट एजेण्डा मात्र हो त ? नत्र भनें भुकम्पले छियाछिया भएको नेपाली समाजलाई नाकाबन्धीको उपहास अनि बेलावखतका सिमा विवाद र अहिले आएर श्रृखलावद्ध रुपमा नेपालका सिमाहरुलाई आफ्ना भूभागमा गाभ्ने काम को परिणती के हुन्छ त ?

चीन र नेपालको बढ्दो निकटता भनी भारतीय मिडियाहरुमा निकै ढोल पिटिन्छ यद्धपी नेपाली ब्यापार निर्भरता, सामाजिक संरचना अनि भावनात्मक निटतालाई भारतले आफ्ना निति र नियममा किन आत्मसाथ गर्न सकेको पटक्कै छैन ।

जनवरी ३१ सन् २००५ मा नेपाली काँग्रेसका शेरशहादुर देउबासंग निकट अर्का नेता मिनेन्द्र रिजाल भारतीय दुतावासमा एउटा ककटेल पार्टीमा पठाइएका थिए । भारतीय मिसनका चिफ भीपी हरनले रिजाललाई के नेपाली राजा अब केहि योजनामा छन् भनी दम्भका साथ प्रश्न गरे, मिनेन्द्रले यसको तथ्य पत्ता लगाउन अर्का नेता तत्कालिन मन्त्री पूर्ण बहादुर खड्कालाई आज्ञाकारी रुपमा फोन गरेको तथ्यलाई क्यूजेड डट कमले प्रकाशित गरेको छ ।

भारतीय तटिय क्षेत्रहरुमा सुनामी आयो, राजाको भ्रमण अन्नत अर्को वर्ष सन् २००५ को फेब्रुअरीमा हुने भयो । मनमोहन सिंहले क्याबिनेटमा सुरक्षा परिषदका पदाधिकारीलाई बोलाएर नेपाली राजनैतिक अवस्था र तरलताका बिषयमा एक डेडिकेटेक भेला गर्दै नेपालमा राजा बिरुद्ध भएर अघि बढ्न भारतीय परराष्ट्र मामिलाका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए ।

मन्त्री खड्काले प्रहरी प्रमुख श्याम भक्त थापालाई फोन गरे, त्यपछि श्याम भक्तले सशस्त्रका प्रमुख सहबिर थापा र नेशनल ईन्भेष्टिगेशनका चीफ देवी राम शर्मालाई पनि कल गरे । प्रहरी प्रमुखले रिजाललाई संयन्त्रहरु रेड अलर्टमा हरेको बताए, रिजालले थप जानकारी खोज्दा उन्ले गोप्यता खोल्न चाहेनन । रिजालले दुतावासलाई यिनै बिवरणहरु बताए, केहि पक्का योजनामा थियो राजातर्फवाट, संयन्त्रहरु रेड अलर्टमा थिए ।

एभरेष्ट होटल काठमाण्डौमा कार्यरत एकजना भारतीय दुतावास निकट भारतीय नागरीकलाई कसैले फूलको गुच्छा दिएर केहि हुँदैछ भन्ने जानकारी दिए, यो कुरा तत्कालै दुतावाससम्म पुग्यो ।

भारतीय ईन्टेलीजेन्सका रिसर्च शाखा प्रमुख देवीरमन शर्माले हेपाहा भाकामा फोन गर्दै भारत बहुदलीय राजतन्त्रमा नेपाललाई देख्न चाहने बताँउदै दरबारमा समेत खबर पूर्याए । राजा ज्ञानेन्द्रले आफ्नो योजना तय गरिसकेका भएकाले बिहानै दश बजे टिभी र रेडियोबाट राष्ट्रका नाममा सम्बोधन दिएर धारा १२७ वमोजिम संसदलाई बिघटन गरी सत्ता आफूले लिएको घोषणा गरे ।

राजाले दिल्लीका नेतृत्वलाई हातमा लिएर मात्र त्यसो गरेको तथ्य छ तर पछि दिल्लीको नेतृत्वसँग शायद राजाको तालमेल सन्तुलित नभएको हुन सक्दछ । राजाले दिल्ली भ्रमण गर्न चाहेको तर भारतीय पक्षले भ्रमणलाई बिभिन्न वहानामा सार्दै लगेको पनि केहि भारतीय पक्षका प्रतिवेदनहरुमा पाइन्छ । सन् २००४ को डिसेम्बर २३ मा नेपाली राजाको १० दिने दिल्ली भ्रमणको कार्यक्रममा जानलाई बिदाईका लागि प्रधानमन्त्री समेत दरबारमा पुगिसकेका बेला भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वयम फोन गरेर राजालाई भ्रमण स्थगन गर्न आग्रह गरे । भ्रमण स्थगनको कारण थियो भारतीय पूर्व प्रधानमन्त्री पिभी नरसिंहा रावको निधन ।

त्यसको ३ दिनपछि भारतीय तटिय क्षेत्रहरुमा सुनामी आयो, राजाको भ्रमण अन्नत अर्को वर्ष सन् २००५ को फेब्रुअरीमा हुने भयो । मनमोहन सिंहले क्याबिनेटमा सुरक्षा परिषदका पदाधिकारीलाई बोलाएर नेपाली राजनैतिक अवस्था र तरलताका बिषयमा एक डेडिकेटेक भेला गर्दै नेपालमा राजा बिरुद्ध भएर अघि बढ्न भारतीय परराष्ट्र मामिलाका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए भनी ‘क्यूजेड डटकम’ले उल्लेख गरेको छ । स्मरण रहोस् यस भारतीय समाचार एजेन्सी भारतमा खोजमुलक समाचारका लागि निकै प्रसिद्ध छ ।

भारतीय राजदुत उतिखेर नेपालका लागि श्याम शरण थिए, पछि उनले दुतावासको बिज्ञप्ती जारी गरेरै भारत नेपालमा बहुदलीय राजतन्त्र हेर्न चाहने र राजाको तत्कालिन निर्णयले बहुदललाई खतरामा पारेको भनी अवगत गराए । उक्त बिज्ञप्तीमा अप्रत्यक्ष रुपमा राजाको कदमले माओवादीलाई सहज गराएको र माओवादीको बहुदलीय बिरोधी र राजतन्त्रको असहमतीप्रतिको धारणालाई झनै मलजल गरेको पनि उल्लेख थियो । सन् २००५ को फेब्रुअरी १ मा दुतावासको बिज्ञप्तीले नेपालमा राजाको कदमले भारतलाई झन धमिलो र अँध्यारो बनाएर राखेको उल्लेख थियो ।

राजाले सत्ता हातमा लिएको ५ दिनमा सार्कको १३ सम्मेलन ढाका भयो, राजा त्यस सम्मेलनमा स्वयम गएर भारतीय प्रधानमन्त्रीलाई कुरा बुझाएर आफ्नो कदमप्रति साथ पाउन चाहन्थे तर सम्मेलनमा सुरक्षाको बिषय देखाएर मनमोहन सिंह जान नसक्ने निर्धारित भयो, पछि सम्मेलनको केहि दिन अघि मात्र ढाकाको सम्मेलन पनि स्थगन भएको खबर आयो । राजा उक्त सम्मेलनमा सार्क देशका नेतृत्वलाई आफूले बाध्य भएर देशमा यसो गरेको र भविष्यमा सबैको साथका आशा राखेको कुरा अभिब्यक्त गर्न चाहन्थे भनी उल्लेख गरिएको छ । केहि दिनमा भारतीय सेनाका मुख्य जेएस सिंहले पनि नेपालको आफ्नो निर्धारित भ्रमण रद्ध गरे ।

राजाले केहि पछि पाकिस्तानी प्रधानमन्त्री शौकत अजिजसंग सहयोगको अपिल गर्दे टेलीफोन वार्ता गरेको र अजिजले नेपाली राजतन्त्रको सहयोगार्थ हरसंभव साथ दिने प्रतिवद्धता सम्म जनाए ।

राजालाई दबाव सृजना गर्न चाहेको भारतीय आशयलाई राजाले सकेसम्म निस्तेज पार्न चाहे, नेपाली राजदुत रमेश नाथ पाण्डेलाई राजाले शिव शरण मुखर्जीसंग भेट्न पठाए । त्यस्तै नेपाली सेनाका प्रमुख प्यारजगं थापा पनि मुखर्जीको दैलोसम्म राजाको आदेश बमोजिम पुगे । कुनै भ्रमण पनि आशातित भएन, पछि भारतीय प्रधानमन्त्री सिंहले बैगलुरुमा बोल्दै राजाको कदमले नेपाली प्रजातन्त्र खतरामा परेको भनी सोझै बताए । फेब्रुअरी २२ मा भारतले नेपाललाई सैन्य सहयोग अबउप्रान्त रोक्ने घोषणा गर्यो, त्यस्तै क्रमश बेलायतले पनि नेपालर्ला गर्ने सैन्य सहयोग रोक्ने घोषणा गर्यो ।

त्यसै वर्षको फेब्रुअरीमा अमेरिकी सरकारकी सचिव कन्डोलिजा राइज दिल्ली पुगिन्, उनले पनि भारत र बेलायतको मतसंग अमेरिका सहमत भएको र नेपालमा प्रजातन्त्रको पूर्नस्थापनाका लागि अमेरिकाको आशय व्यक्त गरिन् । क्रमश राजाको कदमप्रति बैदेशिक असहमती बढ्दै गएको अवस्था भयो ।

नेपाल तिबेला माओवादी द्वन्द्वले आक्रान्त थियो, नेपाली सेनाले “वैदेशिक सहयोग रोकिँदा नेपालमा आतंकवादीहरुको सार्मथ्य बढ्ने” जानकारी पनि वैदेशिक निकायलाई गराएको थियो ।

यसैक्रममा नेपाली राजदुत रमेशनाथ पाण्डेले भारतीय सिमकक्षी नटवर सिंहलाई दिल्लीमा भेटेर मार्चको ७ तारिखमा नेपाललाई आवश्यक सैन्य सहयोगको ब्रिफिगं पनि गराए तर भारतीय पक्ष अडिग थियो, राजाको कदम सुधार्नतर्फ ।

केहि महिनापछि ईण्डोनेशीया जकार्तामा एफ्रो एसियन देशहरुको सम्मेलन तय थियो, राजा ज्ञानेन्द्र मनमोहन सिंहलाई त्यहाँ पुगेर भेट्न चाहन्थे । यस विचमा राजाले गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउबालाई साथमा लिएर नगरपालिकाको चुनाव घोषणा गरे, यो वैदेशिक सहमतीको उदासिनताका लागि एउटा नेपाली प्रजातान्त्रिक आश्वासन थियो शायद! तर मनमोहन सिंहले राजालाई भेट्न चाहेनन् । अप्रिल २३ मा नेपाली राजाले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार एम के नारायणलाई ४५ मिनट भेटे, यस भेटमा राजाले मुख्यतया दुई बुँदाका बारेमा चर्चा गरे ।

पहिलो थियो यदि भारतीय सैन्य सहयोग नभएमा नेपालमा सेनाहरुको मनोवल गिर्ने र माओवादीको स्थान वलियो हुनसक्ने संभावना अनि दोश्रो भनें भारतीय उदासिनता जारी भएमा नेपाल पाकिस्तान र चीनसंग सहयोगका लागि जानपर्ने बाध्यता । राजाले केहि पछि पाकिस्तानी प्रधानमन्त्री शौकत अजिजसंग सहयोगको अपिल गर्दे टेलीफोन वार्ता गरेको र अजिजले नेपाली राजतन्त्रको सहयोगार्थ हरसंभव साथ दिने प्रतिवद्धता सम्म जनाए ।

नटवर सिंह राजस्थानका जाट थिए, राजाका छोरा पारस नातामा नटवरको परिवारका ज्वाँई थिए । नटवरले यस कारण पनि राजालाई हरसंभव सहयोग गर्न चाहन्थे भनी क्यूजेड मा लेखिएको छ ।

उता भारत पनि नेपाल पाकिस्तान र चीनसंग निकट भएको हेर्न नचाहने र गोर्खा राइफल्सका भारतीय जवानहरुको मनोवल नेपालप्रतिको भरातीय उदासिनताले बढेको हेर्न नचाहने अवस्थामा थियो । यस कारणले पनि भारतले सैन्य सहयोग सुचारु गर्ने निर्णय लियो जस्मा नटवर सिंहको विशेष मध्यस्तता रह्यो । अप्रिल ३० मा राजाले संकटकाल हटाए र केहि राजनैतिक बन्धकहरुलाई रिहा गरिदिए । मे ८ मा अमेरिकी अमेरिकी स्टेटकी सह सचव क्रिस्टिना रोका नेपाल भ्रमणमा आँउदा दिल्ली पनि जाने कार्यक्रम थियो । रोकाको दिल्ली भ्रमण पश्चात मात्र भारतले औपचारीक रुपमा नेपाललाई सैन्य सहयोग सुचारु गरेको घोषणा गर्यो ।


‘लाइभमाण्डू’ आज यो आलेख अनुवाद गर्दैछ र सामाग्रीको तथ्यहरु पत्रकार सुधिर शर्माको ‘द नेपाल नेक्सस नामक’ पुस्तकबाट पेन्गुइन र्र्याण्डम हाउस भारतसंग अनुमती लिएर ‘QZ’ले प्रकाशन गरेको हो ।

अनुवादः सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज