
भारतका प्रधानमन्त्री माेदीलाई खुल्ला पत्र
२४ कार्तिक २०७६, आईतवार १२:०९
श्रीमान नरेन्द्र कुमार माेदी
प्रधानमन्त्री , भारत
भर्खरै भारतले निकालेकाे भारतकाे नक्सामा नेपालकाे भुमी कालापानी र लिपुलेक, लाई आफ्नो नक्सामा राखेपछि नेपालीहरुकाे रगत उम्लिएकाे छ !! माेदी ज्यु याे देशका नेताहरु लालीपप मा बिके जस्ताे जनता बिक्ने वाला छैनन्!! नाकाबन्दी र हड्ताल सहेर भाेकै बसेर पनि राष्ट्रियताकाे नारा लाएर नथाक्ने नेपालीहरुलाई नाकाबन्दी गरेर तहलाउन खाेजे पनि कहिल्यै स्वभिमान नझुकाउने नेपालीहरु सबै कुरा सहेर बसेका छन् बरु भाेकै र नाङ्गै बस्न तयार छन् नेपालीहरु तर देशकाे सिमाना मिचेके हेरेर बस्न तयार छैनन् नेपालीहरुलाई कमजाेर नसाेच! ईतिहासमा भाेकै तिर्खै लडेर गाेर्खाली सेनाले नालापानी युद्दमा अंग्रेजका सेनालाई मुला काटझै काटेर भगाएकाे ईतिहास ताजै छ! तिमीले बलमिच्याईले हाम्रा कालापानी तिर बन्दुक साेज्यायाै भने तिम्राे देशकाे रक्षा गर्न बसेका हाम्रा वीर गाेर्खाली सेनाले तिमीतिरै बन्दुक तेर्स्याउलान हाेस गर!! यदि नेपालमा गिद्दे दृष्टि लगायाै भने नेपाली जनता अरिङ्गाल बनेर तिमी माथि खनिने छन्! सार्वभाैम नेपालीहरु स्वतन्त्र र स्वभिमानी भएर बाच्न चाहान्छन कसैकाे गुलाम बनेर हाेइन! यदि आफ्नो गल्ति महसुस गरेर हाम्राे देशकाे भुमि तिमिहरुकाे देशकाे नक्सा बाट हटाउछाै भने नेपालीहरुले तिमीहरुलाई माफी दिनेछन् हैन भने तिमीहरुले ठुलाे मूल्य चुकाउनु पर्ने छ!! नेपालीहरुकाे आक्राेश र बहादुरी तिमीहरुले देखेकै छाै हाेला!!
म मरेपनि मेराे देश बाँचि रहाेस् भनेर राष्ट्र भक्ती प्रकट गर्ने राजा महेन्द्रले भनेझैँ ! आफ्नाे भन्दा देशकाे चिन्ताले अहिले नेपालीलाई पिराेली रहेकाे छ!
आगाे सहन्छु अन्याय सहन्न…!!
तृष्णा सहन्छु तिरस्कार सहन्न
मेराे सिर उडाउ बरु म सहन्छु
तर काेहि परायाले टेके सहन्न..!!:
गाेपाल याेन्जनकाे याे गितले भनेझै !!पराईले मेराे देशलाई लाई मिचेर टेकेकाे हामी कदापी सहने छैनाै
मेराे देशकाे सिमानामा आँखा नलाउ माेदी
मेराे देशकाे पानीमा आँखा नलाउ माेदी
नेपालीकाे सान अनि ज्यान नेपाल नै हाे
नेपालकाे कालापानीमा आँखा नलगाउ माेदी!!
जय राष्ट्र जय !! जननी जय नेपाल !!! जय नेपाली
बाेदार्थ :
१.भारतिय राजदुताबास, लैनचउर
२. प्रधानमन्त्रीकाे कार्यलय, न्यु दिल्ली , भारत
३. प्रधानमन्त्री कार्यालय, बालुवाटार नेपाल
४. रास्ट्रिय फेसबुक सन्जाल,
घनश्याम गौतम
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै