
मैले नबुझेको १८ कुरा कसैले बुझे मलाई बुझाइदिनुहोला है प्लिज!! भारत-नेपाल सिमा बिबाद ?
२५ कार्तिक २०७६, सोमबार १०:०७
१. ठूला ठूला मै हुम भन्ने पत्रकारहरु, ठूला मिडियाहरुमा किन सिमा विवाद बारे बोल्दैनन? मझौला साना पनि किन लेख्न डराउछन भारतको बिरोध गर्न?
२. मिडियामा खुलेर कहिले आउदैन बिबाद बारे, कहिले राष्ट्रिय पत्रीकाले प्रथम पृष्ठ front page मा छपाउदैन किन?
२.राजनेतामा गगन थापा, बिश्वप्रकाश, धनराज, योगेश, बर्शमान, नारायण काजी, गोकर्ण,रबिन्द्र मिश्र, चित्र बहादुर, कमल थापा, बाबुराम भट्टराई, किन खुलेर बोल्दैनन् बिरोधमा यी त मै हुम भन्छन अरु त सुपरग्लु ले टासेका छ नाम नलिम
३. तराईका सिमामा लड्ने अनि आफ्नो माटोमा ज्यान आहुती दिने प्रती सलाम गर्दै त्यतैका नेताहरु किन मौन हुन्छन झन कराएर बिरोध गर्नु पर्ने?
४. किन विश्व मौन छ यो बारेमा कि बुझाको छैन कि बुझेको छैन कि उग्र भएसी के भन्न आउने हो यु.एन
५. बिप्लब लगाएत भुमिगत क्रान्ति गर्ने हरुले किन सिमामा झन्डा नगाढेका होलान वा देखिने बिरोध नगरेका होलान् ?
६. हाम्रो स्कुले पाठ्यक्रममा सिमा यो यति यहाँ सम्म भनेर किन उल्लेख नगरेको होला ?
७. नेपाल टेलिकमले यस्तो जानकारी हर सिममा पठाउदा के हुन्थ्यो? प्यालेस्टाइन मा गरिदै आएको छ।
९.एकचोटी बिश्वलाई साक्षी राखेर गोलमेच सम्मेलन गरि बिबाद टुंगोमा पुराइ एउटा कहिले नमेटिने सिमान्कन गर्नु पर्ने
१०. सिमाका तराई बासीहरु भारत बिरुद्ध निकै उग्र र कडा रुपमा उतृने तर अलि भित्री क्षेत्रका मधेसका साथिहरु पढेका बुज्रुकहरु मौन बस्ने बरु उतैको सपोर्ट गर्ने ( सबै हैन है) किन होला?
११. भारत सङ्गको सन्धिले पुरानो नेपाल फिर्ता नभएनी ४४७१८१ ब.किमि को रक्षा भयो भएन किन समिक्षा किन नगर्या?
१२. राजनितीका भातृसङ्गठनहरु सिमा गएर किन जुलुस लाउन कायर बन्छन् ?
१३. नेपालि सेनालाई किन सिमामा बोर्डर सेकुरिटी फोर्सका रुपमा खटाइन्न? के नेपाली सेनासङ्ग सिमा सुरक्षा गर्ने ह्याउ छैन?
१४. सिमा सुरक्षामा किन खर्छ गरिदैन राष्ट्रिय ढुकुटी?
१५. सामजिक अभियन्ताहरु, NRNA, मानबअधिकारबादीहरु किन बोल्दैनन् बिबाद बारे??
१६. नाकाबन्दि हुन्छ होस, ठुलो देश छ होस, धनी शक्तिशाली छ होस, तिनले दिएन भने कुपोशित होइन्छ होस…. यो सोच आम बुझेका हरुबाट किन हटेको छैन?
१७. सन् १९५० को सुगौली सन्धी अनुरुप भुभाग चाहिएन तर यो सन्धी भङ्ग गरि अरु बाकी जन्जिर मुक्त किन देशलाई नबना होला?
१८.परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय अनि रक्षा मन्त्रालय किन मौन?? किन नेपाली राजदुतावास मौन सधै??
धेरै पहिला देखि धेरै पछि सम्म मैले नबुझेको र बुझ्न नसक्ने कुरा
सामाजिक सञ्जालबाट
यो पनि पढ्नुहोस्
भारतका प्रधानमन्त्री माेदीलाई खुल्ला पत्र
छिमेकी मुलुकहरुसँग भारतको सीमाना समस्या
गुगलमा लिपुलेक कहाँ छ ? सक्दो शेयर गरौं
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग