
रू ७ लाख हुण्डि कारोवारको रकम सहित २ जना पक्राउ
२५ कार्तिक २०७६, सोमबार ११:०९
मिति २०७६।७।२२ गते जिल्ला मोरङ विराटनगर म.न.पा.वार्ड नं. १५ स्थित भन्सार कार्यालयको अगाडिको बाटोमा हुण्डी कारोबार गर्ने मानिसहरू को ३९ प ७३९६ नं. को मोटरसाइकल प्रयोग गरी अबैध नगद रूपैयाको ओसारपसार गरिरहेको छ भनी प्राप्त गोप्य सूचनाको आधारमा प्रहरी टोलिले भारतबाट नेपालतर्फ आएका को ३९ प ७३९६ नं. को मोटरसाइकल रोकेर चेकजाँचगर्दा जिल्ला मोरङ विराटनगर म.न.पा.वार्ड न. १४ ओमसाइराम टोल बस्ने वर्ष वर्ष ३० को ज्योति कुमार साह र सोही मोटरसाइकलमा पछाडी सवार रहेका भारत जिल्ला अररिया वडा नं.१७ जोगवनी साँहुटोल बस्ने वर्ष १९ को विक्की कुमार साहलाई कुल नगद रू ७ लाख सहित नियन्त्रणमा लिईएको छ ।
Sponsored | Pulsar DARE VENTURE IV BEYOND BORDERS
निजहरू मध्ये मो.सा चालक ज्योति कुमार साहको साथबाट रू चार लाख रूपैया र सोही मोटरसाइकलमा पछाडी सवार रहेका विक्की कुमार साहको साथबाट रू ३,००,०००।– (तीन लाख) गरी कुल रू ७ लाख फेला परेको, र उक्त रकमको निजहरूले कुनै श्रोत खुलाउन नसकेको र निजहरूलाई तत्कालै उक्त घटनास्थलमा प्रहरीले सोधपुछ गर्दा उक्त रकम भारत अररिया जिल्ला जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डि कारोवार अन्तर्गत पठाएको र यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछी प्रति १ लाख रू १०० पाउने गरेको भनी प्रारम्भिक चरणमा खुलाएको थियो ।
निजहरूलाई मिति २०७६ कार्तिक २४ गते थप अनुसन्धान तथा कार्वाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै