Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

पाकिस्तानका आतंकवादीस्थलमा छापामारीका क्रममा सुरक्षाकर्मीमाथी हमला

२५ कार्तिक २०७६, सोमबार ११:३३

लोकप्रिय

आतंकवादविरुद्धको अभियानमा पाकिस्तानी सुरक्षाकर्मीहरुले पाकिस्तानका विभिन्न सम्भावित र प्रमाणित आतंकवादीस्थलमा गरेका छापामारीका क्रममा हमला भएको छ । हमलामा परेर दुई पुलिस अधिकारी, दुई पाकिस्तानी इन्टेलिजेंस तथा एकजना सुराकी मारिएका छन् । घटना पञ्जाब प्रान्तको मुल्तानमा भएको हो, त्यहाँ दक्षिण-पश्चिम बलूचिस्तान प्रान्तको सीमाना रहेको छ ।

सुराकीका आधारमा आइतबार राति गरिएका छापामारीका क्रममा अज्ञात बन्दूकधारिहरुले सुरक्षाकर्मीहरुमाथी एक्कासी हमला गरेका थिए । जसमा पाँचजनाले ज्यान गुमाएका छन् । मुल्तानका पुलिस प्रवक्ता कलिम कुरैशी अनुसार, ‘सुरक्षाकर्मीमाथी भएको यो हमला मुल्तानस्थित राजनपुर जिल्लाको अरबी तब्बा क्षेत्रमा भएको हो ।’ अहिलेसम्म कुनैपनि संगठनले यसको जिम्मेवारी लिसकेका छैनन । यो क्षेत्रको सीमा दक्षिण-पश्चिम बलूचिस्तान प्रान्तसँग जोडिएको अत्यन्त संवेदनशील स्थान हो । त्यहाँ प्राय ‘बलूच अलगाववादी’ समूहहरुद्वारा विद्रोह हुँदैआएको छ । यो क्षेत्रमा आतंककारीहरुको अन्य गुटहरु पनि सक्रिय छन् ।


लाइभमाण्डू

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली