voice of nepal

द भ्वाइसमा आज कोच सनुप र प्रमोदको टिम


कुना कन्दराबाट सुमधुर स्वरहरुको खोजी गरिरहेको नेपाली साँगितिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ निकै लोकप्रिय बन्दै गइरहेको छ । २४ औं श्रृङखलासम्म आइपुग्दासम्म कोच सनुप र प्रमोद आफ्नो टिमलाइ अगाडी लैजान लागिपरेका छन । ब्लाइन्ड अडिसन राउण्ड देखि लाइभ राउण्ड सम्मको ‘द भ्वाइस अफ नेपाल’को दौरानमा सनुप र प्रमोद आफ्ना भ्वाइसहरुलाइ उत्कृष्ट भ्वाइस गर्न निकै मेहेनतका साथ कोचिङ्ग गरिरहेका छन । आजको ‘द भ्वाइस अफ नेपाल’को सो मा सनुप आफ्ना दुइ प्रतिष्पर्धी भ्वाइस सन्तोष राना मगर र सप्तक दुधराजसंग र प्रमोद सुशिल गर्ताैला र आशिष गुबाजुका साथमा स्टेजमा देखिने छन ।

बुटवल घर भएका सन्तोष राना मगर ब्लाइन्ड अडिसनमा “हेर्दा राम्रो माछापुच्छ्रे” बोलमा गीत गाएर सवैको मन छुन सफल भएका थिए । उनमा निकै सम्भावना देखेर ब्लाइन्ड अडिसन राउण्डमा सवै कोचहरुले रुचाएका थिए । ब्याटल राउण्डमा राजेश बालाकोटीसंग “चिसो चिसो हावामा” बोलको गीत पस्केका रानाले लाइभ राउण्डमा “कसैलाइ पनि म” बोलको गीत गाएका थिए । सन्तोष “बुढेसकालको लठ्ठी” गीत मार्फत कोच तथा दर्शकलाइ सन्तुष्ट बनाइ टप-१६ मा आफ्नो स्थानमा प्रवेश गर्न सफल भएका छन । हेरौँ आज उनी दर्शक सामु कस्तो कोसेली लिएर प्रस्तुत हुने हुन l

काठमाण्डौका सप्तक दुधराज ‘द भ्वाइस अफ नेपाल’ को ब्लाइण्ड अडिसन राउण्डमा “आँखामा तिमीलाइ” गाएर कोच सनुप र प्रमोदको मन जित्न सफल भए । ब्याटल राउण्डमा “तिमि नै हो” बोलको गीतमा अनिस गबुजासंग गाएका  थिए । उनलाइ प्रमोदले निकै रुचाएका थिए । लाइभ राउण्डमा “मार्यो नि मार्यो” र “हिमाली नेपाली” गीतमा आफ्नो कला प्रस्तुत गरेका छन । उनको आजको कोसेली कस्तो हुने हो हेर्न बाँकी नै छ ।

काठमाण्डौँका सुशिल गर्तौला “राग हामसदवानी” गीत लिएर ब्लाइन्ड अडिसनमा प्रवेश गरेका राउण्डमा उनी “यति सम्म” र “मेरो पाउमा आज” गीतमा उत्कृष्ट प्रस्तुती दिएर कोचको रोजाइमा परेका थिए । हेर्न बाँकी नै छ आज उनको प्रस्तुती कस्तो रहनेछ ।

काठमाण्डौँ कै आशिष गुवाजु “नचाहेको होइन तिमिलाइ” गीत लिएर ब्लाइण्ड अडिसनमा प्रवेश गरेका थिए । उनी सवै कोचको मन छुन सफल भए । उनी पहिले सनुप ग्रुपमा रहेका थिए भने पछि प्रमोद ग्रुपमा आएका थिए । ब्याटल राउण्डमा उनी “तिमी नै हो” भन्ने गीतमा सप्तक दुधराजसंग गाएका थिए । लाइभ राउण्डमा “संगै” र “मनमगन”  गीतमा प्रस्तुती दिएका थिए । आज उनको प्रतिभा हेर्न बाँकी नै छ ।

अब टप १६ पश्चात प्रत्येक श्रृंखलामा प्रत्येक टिमबाट दुई दुई जना ट्यालेन्टहरुले आफनो प्रस्तुति प्रस्तुत गर्नेछन् । जसमध्ये एक जना सुरक्षित हुनेछन तर यो श्रृंखलादेखि ट्यालेन्टलाई सुरक्षीत गर्ने जिम्मेवारी दर्शकको रहनेछ । अबका श्रृंखलादेखि भोटिङ्गको आधारणमा ट्यालेन्टहरुको द भ्वाइसको यात्रा तय हुने छ ।


Loading comments...