
२१ वर्ष अघि कालापानी अतिक्रमण विषयमा कोफी अन्नानलाई लेखिएको पत्र र संयुक्त राष्ट्र संघको उत्तर
२६ कार्तिक २०७६, मंगलवार ११:१२
सिद्धार्थनगर भैरहवा बस्ने नेपाली प्रख्यात बन्जाडे सन् १९९८ मा कालापानी पुगेका थिए, दार्चुलाको कालापानीमा भारतीय सैनिकले क्याम्प राखेर बसेको देखेपछि प्रख्यातले तत्कालिन संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानलाई यस्तो पत्र लेखे ।
त्यपछि संयुक्त राष्ट्र संघले उनलाई प्रतिउत्तर पठाएर भारत नेपालले यस सिमा बिवाद सुल्झाउन केहि गरिरहेका छन् भन्ने र अत्यन्त सामान्य रुपमा कुटनैतिक पहल गर्न जरुरी छ भन्दै धन्यवाद सहितको पत्र पठायो । उक्त पत्र चाँही संयुक्त राष्ट्र संघको एसिया प्यासिफीक डिभीजनका राजनैतिक मामिला प्रमुख फ्रान्सिक भेन्ड्रेलले पठाएका थिए ।
प्रख्यातको फेसबुक स्टाटस यस प्रकार थियो ।
भारतले नेपालको कालापानी भुमि अतिक्रमण गरेको विषयलाई लिएर म स्वयं सन १९९८ डिसेम्वर महिना मा कालापानी गएको थिए । त्यहॉ पुगेर फर्किए लगतै मैले सयुक्त राष्ट्रँ सघ UNO का तात्कालिन महासचिव महामहिम कोफि अन्नान लाई काला पानीको अतिक्रमण विषयलाई लिएर पत्र लेखेको थिए । आज आएर वल्ल त्यो विषय चर्चा मा आयो त्यतिवेला मैले पठाएको पत्र र UNO को जवाफ जस्ता को त्यस्तै सुरक्षित छ ।
कृपया एक पटक अवश्य पढनु होला । प्रतिकृया र सुझाव को अपेक्षा गर्दछु ।
उन्को फेसबुकमा पोष्ट भएका शव्द र तस्वीरहरु जस्मा २१ वर्ष अघि देखि नै एउटा नेपालीको सिमाप्रतिको माया र सिमारक्षार्थ पहल देखिन्छ ।
लाइभमाण्डू
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज