गुरु नानक र समावेशी पाकिस्तानको सपना


पाकिस्तानी शहर नकना शाहिब हरेक वर्ष नोभेम्बर महिनामा शिख धर्मावलम्बीहरुको लावा लस्करले भरिभराउ हुने गर्दछ । गुरु नानकको जन्मदिनमा गुरुपुरव मनाउन उन्को समाधिस्थल पाकिस्तानमा भएकाले भारतबाट हजारौंको संख्यामा शिखहरु पाकिस्तान जान्छन् । शिखहरु पाकिस्तानमा पनि छन् भनेँ त्यहाँ आउने धर्मावलम्बीहरु धेैरे जसो भारत र अन्य पश्चिमा देशहरु क्यानडा, अमेरिका र यूरोपबाट आउने गर्दछन । पाकिस्तान सरकारले भारतीय शहर डेरा बाबा नानक र श्री कर्ताबपुसर गुरुद्धारा सम्म भिसा बिना नै तिर्थयात्रुलाई आउजाउ गर्न दिएको छ । यस वर्ष गुरु नानकको ५५० औं जन्मजयन्ती हो, पाकिस्तान सिमाबाट ६ किमी भित्र श्री कर्ताबपुर गुरुद्धारा पर्दछ ।

रंगिबिरगीं टर्बेन अर्थात पगेडी अनि किरपन अर्थात खुकुरी या चक्कु भिरेर तिर्थयात्रुहरु गुरु नानकको अन्तिम यात्रा भएको र समाधिस्थलमा पुग्ने गरेका छन् । पाकिस्तानका मस्जिदहरुका आजानका आवाज भन्दा संस्कृतका गुरु नानकका किर्तनहरु यस दिनमा ठूला स्वरले बजाउने गरिन्छ, गत केहि वर्षबाट पाकिस्तान सरकार पनि उदार भएको तिर्थयात्रुहरुको भनाई छ । विश्व राजनिति र शक्तिकेन्द्रमा शिखहरु क्यानडाको सरकार देखि यूरोप र अमेरिकाका पनि रणनैतिक पदमा सम्म पुगेका छन्, शिखहरुको विश्व बजारमा बढ्दो प्रभाव र धर्मप्रतिको आस्था दुबैलाई पाकिस्ताले सम्मान गरिदिएको छ ।

१५ औं शताव्दीमा नाकाना शाहिब शहरमा गुरु नानकको जन्म भएको थियो, यस स्थान लाहोरबाट ६५ किमी पर पर्दछ । त्यस ठाँउमा विशाल गुरुद्धारा जन्मस्थान बनाइएको छ, पूर्वपटि गुरुद्धारा बालिया छ जहाँ गुरु नानकले खेल्नुभएका ठाँउ र प्रमाणहरु छ । मुख्यतया यस गुरुद्धारा नै गुरु नानकको जन्मजयन्तीका लागि विशेष तिर्थस्थल हो यद्धपि अहिले आएर पाकिस्तानका अन्य पुराना गुरुद्धाराहरु पनि पूर्ननिर्माण गरिन थालेपछि पाकिस्तान शिख धर्मावलम्बीहरुको लागि तिर्थस्थलको देश भएको छ ।

सन् १९४७ मा धर्मका आधारमा बेलायती शाषकहरुले भारत र पाकिस्तान टुक्राइदिएपछि सिमाक्षेत्रमा बसेका शिख धर्मावम्बीहरु जो दुबै देशका क्षेत्रहरुमा बसेका थिए, उनीहरुलाई निकै अफ्ठेरो परेको थियो ।

पछि शिख र मुसलमान समुदायमा पनि भयंकर र क्रुर द्धन्द भयो, हजारौं मारिए र वर्षोसम्म यो चलिनै रह्यो । धेरै पाकिस्तानमा बस्ने शिखहरु आफ्ना सबै कुराहरु छाडेर भारत पसे, शरणार्थी झैं । यसरी छाडेर जाँदा शिखहरुका तिर्थस्थलहरु पाकिस्तानमा त्यसै छुट्न गए, त्यहाँ स्याहार संभार त परै जाओस हेयभाव र अपमान मात्र वर्षाइए । पाकिस्तान र अफगानीस्तानको सिमा पखतुन्ख्वा सम्म शिखहरु थिए, क्रमश उनीहरु कि त ज्याजतिका शिकार भए कि त भागेर भारत आए ।

धेरैजसो चाँही भारत र पाकिस्तानको सन् १९६५ र सन् १९७१ को युद्धका ताका भागेर भारत आए, कोहि नकना साहिबतर्फ आएर बसे । यस विषयमा अ ह्वाइट ट्रेल एण्ड वाकिगं विथ नानक भन्ने पुस्तक नै लेखिएको छ ।

सुयोग ढकाल
लाइभमाण्डु

यो पनि पढ्नुहोस्

आज गुरु नानक जयन्ती


Loading comments...