Lifestyle Portal
  •   ७ चैत्र २०७९, मंगलवार

विदेशबाट फर्कीएर मुसहर युवाले निःशुल्क शिक्षा दिंदै

२७ कार्तिक २०७६, बुधबार १३:२२

लोकप्रिय

पचुलाल माझी, धनुषा । विदेशबाट आई चारै तिर घुम्ने, राम्रो लुगा लगाउने, खाने, ऐश्वर्य जिवन जिउने प्राय जसोको सोच हुन्छ तर धनुषा जिल्ला लक्ष्मिनियाँ गाउँपालिका वडा नं २ सिनुरजोडा निवासी श्रीदेव सदाले विदेशबाट फर्किने लगतै आफनो टोलमा १३० जना मुसहर, यादव, मण्डल, साह लगायत अन्य जातिको बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने काम शुरु गरेका छन् । आफनै घरको अगाडी रहेको खाली ठाउमा साझँको २ घण्टा पढाउने काम गर्ने गरेका छन् ।

उहाँ भन्नुहुन्छ, “अरुको जस्तो निःशुल्क शिक्षा दिने नाममा भजाउने, कमाउने उद्देश्य छैन, अनपढ नेपालीले जुन दुःख पीडा विदेशमा गएर भोग्नुपरेका छन् त्यो दुख पीडा कसैले भोग्नु नपरोस भने उद्देश्यको साथ निःशुल्क शिक्षा दिइरहेकोछु । विदेशमा अनपढ व्यक्तिहरुले अपमान, हेला खेप्नुको साथै कडा गर्मीमा भोकै प्यासै कमाएको पैसा घर पठाउने बेलामा केही नजानेकोले पढेलेखेका व्यक्तिलाई पैसाको साथै नास्ता खुवाउने, रिर्चाज कार्ड दिनुपर्ने बाध्यतात्मक परिस्थिति झेल्नुपरेको छ । साथै ठगिएका, कमाएको पैसा पनि नपाएका धेरै जना भेटिन्छन् त्यहाँ ।”

“विदेशमा काम गर्ने मुसहर युवाहरुले कमाएको पैसाबाट इच्छा अनुसार जम्मा गरी नेपालमा स्थापना गरेको “जय श्री शवरी माता मुसहर एकता युवा सेवा समाज नेपाल” नामक संस्थामार्फत पहिला पनि अप्ठयारोमा परेकाहरुलाई आर्थिक सहयोग गर्नुको साथै बालबालिकाहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक समेत वितरण हुँदैआएको छ । विदेशमा बसेको बखत नै आफनो गाउँ समाजमा रहेको ब्यक्तिहरुले त्यस्तो बाध्यता परिस्थिति झेल्नुनपरोस भनी बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने सोच आएकोले विदेशबाट फर्किएलगतै निःशुल्क टियुश्न शुरु गरेको र यसलाई निरन्तरता दिनेछु” सदाते गर्नुभयो । मुसहरले निःशुल्क शिक्षा लिने मात्र हैन कि आफनो लगायत अरु जातिको बालबालिकाहरुलाई पनि आ–आफनो टोलमा निःशुल्क शिक्षा दिने परिपाटीको विकास गर्नको लागी समेत सदाले अनुरोध गरेकाछन् ।


समाचार प्रेशक पचुलाल माझी “शक्तिहिनको सशक्तिकरण मुसहर समुदायको समग्र उत्थान अभियान”का संयोजक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज