Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

इज्रेलले हवाई आक्रमणमा मारेको प्यालीस्टिनी नेता : अबु अल अत्ना

२८ कार्तिक २०७६, बिहीबार १५:५६


प्यालीस्टिनी समुह ईस्लामीक जिहाद बिगतका दिनहरुमा इज्रेलको हस्तक्षेप बिरुद्ध प्यालीस्टिनी ईलाकामा संघर्षरत छ, हिजो भर्खरै भएको हवाई हमलामा गाँजा क्षेत्रमा यस समुहका मुख्य नेतालाई इज्रेलले मारिदिएको छ ।

४२ वर्षका यि नेता बहा अबु अल अत्ना पेशाले शिक्षक थिए, प्यालीस्टाइनी समुहका मुख्य नेताहरु सिरियामा पनि बस्दछन्, इज्रेलले एकैदिनमा सिरिया र प्यालीस्टाइनमा शंकास्पद ठाँउहरुमा हवाई हमलाले धावा बोलेको हो । गाँजा क्षेत्रको सिजाइया जिल्लामा अबु अल अत्नाको घरमा इज्रेलले एकाबिहानै आक्रमण गर्यो, निन्द्रामा रहेका यिनी र यिनको पत्नीको मृत्यु भयो भने २ जना सिकिस्त घाइते भएको खबर छ ।

अबु अब अत्नाले केहि दिनअघि जियोनीस्ट साम्राज्यसंग बदला लिने भाषण गरेका थिए, केहि दिनमा नै इज्रेलले यिनलाई मारेको हो । गाँजा क्षेत्रमा हमासको नियन्त्रण छ यद्धपि इज्रेलले अकु अल अत्नालाई हवाई आक्रमणमा मारेपछि जियोनीस्टहरुको बिरोध गर्ने र बदलाको भावना राख्ने अबु अल अत्नालाई सजाय नदिईकन नछाड्ने र यसको सम्पूर्ण जिम्मेवारी आफैले लिने बताएको छ । इज्रेलका प्रधानमन्त्री बेन्जेमिन नेतेनीयाहुले त अबु अल अत्नालाई इज्रेल माथिको धेरै रकेट र लन्चर आक्रमणका लागि जिम्मेवारी ठहर गरेको छन् ।

बिगतका १० वर्ष देखि गाँजा क्षेत्र इज्रेल र इजिप्टको नाकाबन्धीमा छ र त्यहाँ बस्ने २० लाख मान्छेहरुलाई बसोवास, सुरक्षा , आवतजावतको पनि निकै कष्ट छ । हमासका नेता यासिर अराफतको मृत्यु पछि त्यहाँ कुनै पनि प्रभावशाली नेतृत्व इज्रेलले छाडेको छैन, हुन त अराफतको मृत्यु पनि योजना अन्तर्गत गरिएको हत्या भन्ने तथ्यहरु पनि सामने आइरहेका छन् ।


लाइभमाण्डु

भिडियो हेर्नको लागि

हवाई आक्रमण

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग