pasupati temple

हरेक नेपालीबाट एक एक रुपैयाँ संकलन गरेर राष्ट्राध्यक्षलाई गाडि


छोटो समयमा नै विभिन्न राजनैतिक परिवर्तनहरु अंगाल्दै गणतन्त्रिक मुलुक भएको कान्छो राष्ट्रहरु मध्य नेपाल पनि एक हो । राजनैतिक अस्थिरताको अन्त्य भएको र देश अब आर्थिक समृद्दि तर्फ उन्मुख हुने तथा परिवर्तनबाट बहुसङ्ख्यक जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएकोमा ठिक बिपरित परिणामहरु आईरहेको पछिल्ला राजनैतिक घटनाक्रमहरुले दर्शाएको छ । जनाताको प्रत्यक्ष सरोकार रहेको आधारभुत सेवा सुबिधाहरु संबोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार / प्रमुख नै विलासिताको पछि लागेको भान भएको छ । यसै सन्दर्भमा विभिन्न राष्ट्रिय दैनिकहरुमा नेपालका राष्ट्रपतिको लागि सुबिधा सम्पन्न १८ करोडको यातायातका साधन खरिद गर्ने, नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई स्थानान्तरण गर्ने र हेलि प्याड प्रयोजनार्थ सो जग्गालाई प्रयोग गर्ने भन्नेबारे समाचारहरु सम्प्रेषण भईरहेका छन् ।

गणतान्त्रिक मुलुकको राष्ट्रपति जनतासँग समीप हुने तथा बहुजन हिताय हुने काम कारवाहिहरु अघि बढ्ने अपेक्षा गरिएकोमा अलोकप्रिय निर्णयहरु मार्फत जनतामा निराशा पैदा गरि आफ्ना अलोकप्रिय निर्णयहरुको बचाउ गर्न कतै गणतन्त्र माथिको प्रहार त होईन भन्ने जस्ता अभिव्यक्तिहरु दिई गणतन्त्रको नै खिल्लि उडाउने प्रयास भएको देखिन्छ । नेपालको सम्माननिय राष्ट्रपति पद नेपालको गौरव पनि हो र राष्ट्रपतिको सुरक्षा सरोकारको विषयपनि हो । विभिन्न यो वा त्यो बहानामा राष्ट्रपतिको कार्यालयलाई बिवादमा मुछ्न खोजिएको त होईन भन्ने संका पनि उब्जिएको छ ।

भुकम्प पिडितहरु पाल मुनि कठ्याङ्ग्रिरहँदा, दुर दराजमा जनाताहरु सिटामोलको पहुँच र एम्बुलेन्स सेवाको अभावमा ज्यान गुमाईरहँदा, देशमा पुँजिगत खर्च नयाँ उद्योग र रोजगारीको अवसर सिर्जना नभएर दिनानुदिन सयौं नेपाली विदेशिई रहँदा, विकसित देशका साथै नेपालले पनि केहि वर्षमै विद्युतिय सवारीको प्रयोग गर्न निति निर्माण गरिरहेकोमा, जनताद्वारा राष्ट्र प्रमुखलाई आफ्नो अभिभावक मानेर परिवर्तनको अपेक्षा गरिएकोमा नेपाल सरकारबाट निर्णय भएको विलासिताका साधन खरिद गर्ने निर्णयलाई सम्मानित राष्ट्रपतिको कार्यालयले ईन्कार गर्नेछ भन्ने दृढ विश्वास लिएका छौं ।

देश समृद्द भएसँगै प्रतिव्यक्ति आय बढ्ने छ, जनतामा व्याप्त राजनैतिक नैराश्यता अन्त्य हुनेछ र त्यसपछि जनता स्वयंले राष्ट्रको ईज्जत बोक्ने राष्ट्रपतिलाई नेपालमै उत्पादित सुहाँउदो. सुविधा सम्पन्न सवारी साधन प्रयोग गर्न अपिल गर्नेछन् । हाललाई जनताले दिनसक्ने गाडि भनेको सहयोग संकलन गरेरै मात्रै हो । जनता राष्ट्रको ढुकुटि रित्याएर कसैको पनि विलासिताको चाहना पुरा गराउन म्याण्डेट दिनसक्ने हैसियतमा छैनन् । अत: हरेक नेपालीबाट एक एक रुपैया संकलन गरेर राष्ट्रपतिलाई गाडि प्रदान गर्ने उद्देश्य अनुरुप हामी युवाहरु मिति २०७५-०८-०८ गते शनिवारका दिन बिहान ११ बजे पशुपतिनाथ मन्दिर परिसरमा भेला हुँदै छौं । धेरै भन्दा धेरै जागरुक नेपाली जनताहरुको उपस्थितिको अपेक्षा गरेका छौं ।

पुनश्चः
मिति : २०७५-०८-०८ शनिवार,
सम्पर्क : ९८४१९८५९५२, ९८४१६७०५६७
स्थान : पशुपतिनाथ मन्दिर क्षेत्र (यो युवाहरुको स्वतन्त्र अभियान हो र कसैलाई पनि राजनैतिक हैसियतमा उपस्थित नहुन सादर अनुरोध गर्दछौं । )


Loading comments...