
जीवनसँग लडिरहेकी सुरिली लता
२८ कार्तिक २०७६, बिहीबार २३:०२
रातीको १० बजे फेसबुकमा अनेकन स्टाटसहरु आउन थाले, लता मंगेशकरको स्वास्थ स्टेबल रहेको खबर दिउँसो ब्याप्त थियो, तर भनिन्छ नी “कसैको मृत्युको खबरले उसको आयू बढाउँछ ।” तैपनि हल्ला त हल्लै हो केई साँच्चै पो भयो की! त्यो भएर पनि उनको आवाजको ठूला फ्यान मेरा बुवालाई खबर गरौं या नगरौं म सोंचमा परेँ ।

समाचारका कुनै स्रोतमा त्यो हल्लाको एक प्रतिलिपी पनि वास्तविकता भेटिएन र भारतीय टिभी च्यानलहरु भारत-पाक मुद्दामा हल्ला गरिरहेका तर लता दिदिको स्वास्थ् सुधारबारे सकारात्मक समाचार देखाईरहेका देखिए, यो संसार बिरानो भइसकेको छैन, लता दिदि ज्यूँदै छिन् अनि त्यो एतिहासिक श्वास चलिरहेको छ भन्ने कुराले मलाई केहि आशा दियो, बुवालाई फोन गरिन ।
लता मंगेशकर एउटा कहिल्यै नमर्ने नाम, कहिल्यै बन्द नहुने आवाज… भारतमा सबैले दिदि भन्ने बित्तिकै यिनै कोकिलकण्ठिको मुहार आँखा अगाडि छाईदिन्छ । समग्र भारतवर्षकी नाइटिगंल लता मंगेशकर भारतीय स्वरसम्राट केके सहगील देखि मन्ना डे, किशोर कुमार, रफी लगायत पछिल्ला पुस्ताका कुमार सानु, उदित नारायण तथा सोनु निगमका साथ युगल गायनमा सहभागी भएकी एउटी कालजयी अवाजकी साम्राज्ञी हुन् । गोवाको मंगेशी गाँउमा एकजना थिएटर निर्देशक पिताको घरमा जन्म भएकी लता सानो छँदाको नाम भने हेमा हो, पछि बुवाको एउटा नाटक भावबन्धन नामको नाटकमा लतिका नामक पात्रको भूमिका निर्वाह गरेपछि लता नाम रहेको लताको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भएको हो । लतालाई गायिकाका रुपमा बलिवुडमा स्थापीत गरिदिने कालजयी गीतहरुमा सन् १९४९ को बर्षात् चलचित्रको जीया बेकरार है, आएगा आनेवाला बोलको गीत महल चलचित्रबाट लगायत हुन्, लताले लगभग ७० वर्षको गायन करियरमा २३ भाषाहरुमा हजारौं गीतहरु गाइन । भनिन्छ लता दिदिले ३५ हजारभन्दा धेरै गीतहरु गाएकी छिन्, यिनको जीवनको आधा समय त स्टुडियो मा नै बितेको हुनपर्दछ ।
पिता दिनानाथ मंगेशकरकी जेठी छोरीका रुपमा लता मंगेशकर बास्तवमा बलिवुडमा नायिका बन्ने सोंचले आएकी थिइन, गायनमा लतालाई शुरुवाती दिनमा धेरै नै मसिनो आवाज भनेर उतिसारो गीत गाउन दिइएन तर पछि लतालाई केहि कालजयी गीतहरुले यसरी स्थापित गरिदिए कि ७० वर्षसम्म यिनको बलिवुडमा एकछत्र राज रह्यो । मधुर आवाज, सौम्य व्यक्तित्व र सर्वमान्य दिदिका रुपमा लतालाई भारतीय संगीतले यसरी आत्मसाथ गरिदियो कि आज लता बिना भारतीय संगीत अधुरो छ । जीवनभर अविवाहित बसेकी लताका प्रेमप्रंसग गएर चुपचाप रुपमा भारतीय संगीतका स्वरसम्राट के एल सहगलसंग जोडिन्छ, के एल आफ्नो धेरै पिउने बानी र रसिक जीवनशैलीका कारणले अल्पायू मै बिते तर लता दिदिले के एलको मायालाई जीवनभरि आफ्नो हृदयमा साँचेरै राखिदिइन ।
शंकर जयकिशनको संगीत र हसरत जयपुरीको शव्दमा लताले गाएको एउटा गीत, तेरा मेरा प्यार अमर फिर क्यूँ मुझको लगता है डर बोलको गीतमा लताको जीवन प्रतिबिम्बित हुन्छ । लता को प्रेम जस्तै लताको आवाज अमर छ, कहिल्यै कुनै प्रकारको बिवादमा नआएकी शालिन लता दिदि जब सामान्य सारी लगाएर सप्कोलाई आफ्नो गर्दनमा बेरेर स्टुडियो छिर्थीन तबतब भारतीय पार्श्व गायनमा सांगीतिक सम्पदा जोड्दै जान्थिन । सन् १९६५ मा लताले देवानन्द अभिनित चलचित्रमा अभिनेत्री वहिदा रहमानको लागि आज फिर जिने कि तमन्ना है भन्ने गीत गाइन, गीत आज ५५ वर्षपछि पनि उत्तिकै हिट छ । पछि वहिदा रहमानले दिलीप कुमार संग बिवाह गरिन्, दिलीप अझै ज्यूदै छन् । एउटा कार्यक्रममा दिलीपले लतालाई स्टेजमा बोलाँउदा लतालाई बच्चाको हाँसो, उदाँउदो सूर्य र लताको आवाजलाई कुनै संज्ञा र उपमा नचाहिने बताएर बोलाए, स्टेज तालीमा गुन्जीयो । दिलीपले लतालाई बहिनी भनेंपनि उन्को आवाज, काम र लगनशीलतालाई म आदरणीय र उदहारणीय रुपमा हेर्दछु भनिदिए ।
९० वर्षकी लताको स्वास्थ अवस्था अहिले निकै नाजुक छ, कता कता उन्को मृत्यूको खबर पनि फैलिरहेको छ । मर्न एकदिन सबैले पर्छछ तर जीवन लम्बीएर लताको जीवन लहरा अझै रहिरहोस् । बिभिद भारती देखि रेडियो नेपाल, टिभी, सिडि, पोडकास्ट अनि यूट्यूब सम्म लता छाएकी छिन् र सैयौं वर्षसम्म छाउनेछिन् ।
भारतको संगीतको इतिहासमा मात्र सिमित नभएर लता मंगेशकर समग्र भारतवर्षको नै संगीत अनि लयकी एउटी सम्पदा हुन् । सन् ९१६९ को अनुराधा चलचित्रको कोरा कागज था ए मन मेरा बोलको गीतमा झैं लता दिदिले पनि कोरा कागजमा आफ्ना धेरै कथा र व्यथाहरु लेखेकी छिन्, लताका कोरा कागजमा संगीतका रागहरु सर्वाधिक धेरै छन् । उता हिन्दुस्तानीहरुको संगीत पारखीहरुको भीडमा मात्र उनी सिमित छैनन नेपालीहरुका कैंयन पुस्ताबिच पनि खुब सुरीली छिन लता ।
लता दिदिले सन् १९९५ मा दिलवाले दुलहनीया ले जाएगेंमा काजोलको लागि पनि गाइन, लता एउटा संगीतको रागको मानविय रुप, साक्षात सरस्वतीकी प्रतिमा, लता दिदिको स्वास्थ लाभको लाखौं लाख शुभकामना ।
उनका केही कालजयी गीतहरुको संकलन सुन्नुहोस्ः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज