क्यालीफोर्नीयाको बिद्यालयमा १६ वर्षिय बन्दुकधारीद्वारा गोलीबारी


दशमलव ४५ क्यालीवरको कन्दुक लिएर १६ वर्षिय बिधार्थीले बिहिवार राती आफ्नै बिद्यालयमा २ जनाको हत्या गरे भने धेरै जनालाई घाइते बनाए । उनले यो सेमीअटोमेटीक बन्दुक बिद्यालयको झोलामा राखेका थिए । त्यस दिन उन्को १६ औं जन्म दिन थियो, सबैलाई गोली हानेपछि यिनले आँफैले आफूलाई गोली हाने, यि बन्दुकधारीको मृत्यु भने भइसकेको छैन ।

लस एन्जल्सबाट ६५ किमी पर साउगस हाई स्कुल सान्टा क्लारीटामा यो घटना घटेको हो, बन्दुकधारी टिनएजरले किन यस्ते गरे भन्ने मुरन प्रहरीले पत्ता लगाउन खोजिरहेको छ ।

लाइभमाण्डु


Loading comments...