Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

म पसल एक प्रेमकथा भाग:- ३

३० कार्तिक २०७६, शनिबार १७:०५


म बाटो भरी हासी रहे ! रुम पुगेर खाना तताएर खाए र फेसबुक खोले ! म दङ्ग भए उन्को msg आएको थियो !
उनी :- Hi
म :- Hello
उनी :- के गर्दौ होइसिन्छ ?
म :- बेड मा सुतिराछु ! अनि तिमी ?
उनी :- म पनि and Thank U है ।
म :- किन ?
उनी :- म.म. को लागि
म :- (साथी हैन र म के को thank u ? No thank u and No sorry मन त थियो यो डाईलग हान्न तर काठमाडौं को केटिलाई फिल्मी डाईलग ले पट्टयाउन नसोचे पनि हुन्छ ) हा हा हा welcome (मैले यति भने)
उनी :- अब भोलि म खुवाउछु है ?
म :- ( मतलब भोलि पनि भेट हुन्छ ) ल ल हुन्छ भोलि तिम्रो पालो !
उनी :- Thank u..
आज सोधौ boyfriend छ कि छैन भनेर ? कि चाडो हुन्छ होस् अनिक पछी सोध्छु भनेर हामिले एकछिन कुरा गरेर बिदा माग्यौ । समय यसरी नै बित्दै गयो हामी प्राय जसो जहिले भेट्न थाल्यौ म.म. पसलमा हामिले नम्बर पनि साटासाट गर्यौ । र करिब 2 हप्ता पछि मैले आट देखाए !
सुन न ! तिम्रो boyfriend रिसाउला नि फेरि म संग कुरा गर्दा ! ( यो सबैभन्दा राम्रो तरिका हो केटीहरु को boyfriend छ कि छैन भनेर थाहा पाउने )
उनी :- हि हि हि boyfriend भएपो रिसाउनु !
म :- uff पत्याईन ( म धेरै खुशी थिए )
उनी :- हो हौ कसम !!
म :- लौ अनि किन नबनाको त ?
उनी :- कोहि राम्रो नै लाग्दैन !
म :- ए कस्तो खाल्को खोजेको भन त म पनि खोजी दिम्ला ।
उनी :- umm….अग्लो होस् , अलि अलि गोरो,दारी पालेको अनि चस्मा लगाउने cute देखिन्छन् क्या (उनले सिधै तपाईं जस्तो भन्न सकिनन तर मैले बुझे )
उनी :- अनि हजुरले चाहिँ कस्तो खोज्नुभाको नि ?
म :- तिमी जस्तै खोजेको हौ !
उनी :- ufff…हेरन नाटक
म :- लौ साच्चै हो हौ ! सुनन एलिसा !
उनी :- हजुर भनिस्योन ।
म :- मलाई तिमी सार्है राम्री लाग्छ ।
उनी :- Thank u …
म :- I love u ….तिम्रो मनमा जे छ तै भन ।
उनी :- भोलि बेलुका भन्छु नि ल भेटेर ।
म :- हुन्छ ! ( मलाई लागिरहेको थियो उत्तर राम्रो आउँछ भनेर )
उनी :- म अहिले गाकी ल.. बाई Take care..
म :- ok..u too एलिसा ।
(आज निन्द्रा लागेन गजनी फिल्म को अमिर खान जस्तो फिलिङ आएको थियो तर काहानी उल्टो त्यसमा उ धनी थियो तर केटिको नजरमा गरिब अनि यहाँ म गरिब थिए तर केटिको नजरमा धनी )
बिहान भयो धारामा पानी आएको रैछ म बाल्टी बोकेर दौडिए ढिलो उठेछु पानी जान लागेको थियो मैले त्या तै छिमेकी आण्टिको छोरिलाई भेटाए मेरो साथीको एकतर्फी प्रेम राम्री रैछे एलिसा लाई नभेटेको भए म साथिलाई धोका दिने रैछु मन मनै हासे ) तपाईको घर झापा अरे ( पानी भर्दा भर्दै उनले सोधिन ) होत कसरी थाहा पाउनु भयो ?
ममिले भन्दै हुनुहुन्थ्यो अनि ।
(घरमा मेरो कुरा हुदो रैछ भनेपछि)
ए! अनि हजुरको चाहिँ कता नि ?
मेरो ओखलढुंगा ।
ओखलढुंगा राम्रो छ होला है मैले गीत चाहिँ सुनेको छु
राम्रै छ तर मलाई त झापा मन पर्छ पहिल्यै बाट ।
( अरे यहाँ त अर्को कहानी बन्दैछ कि क्या हो ? साला दमक मलाई नफापेको रैछ मैले मनमनै सोचे )
ए अब झापा तिर बिहे गरेर जादा भयो नि त !
उम अब त्यसै गर्नु पर्ला ( उनले हासेर भनिन् )
अस्ति म संग बस्ने साथिपनी झापा कै को है ।
ए ! उ पर किरान पसल भाको दाइ पनि झापा कै हो नि।
( मलाई पाप लाग्दैन मैले साथिको कुरा चलाउन खोजेको हो उसले किरानाको दाइ संग दाजी त मेरो के गल्ती ? ) पानी भरियो म जान लागे ।
तपाई कति मा पढ्नु हुन्छ ? ( उस्ले ठुलो स्वरमा भनी ) 2nd year अनि तिमी ? ( मैले माथी बाटै जवाफ दिए )
म 12 मा यो पाली देखि ।
म रुममा गए खाना पकाएर सधै जस्तो काम मा हिडे।
आज बेलुका प्रेम को निस्कर्स मिल्ने वाला थियो म आज भोलि अफिसमा 6 बजे सम्म काम गर्थे सर नि खुशी मेरो काम नि हुनि । 6:30 भयो मैले कल गरे आउदैछु भनिन् अनि मैले २ ठाँउ म.म. अडर गरे उनी आएर मेरो बेन्चमा बसिन ।
म :- हिजो रिसाएनौ नि ?
उनी :- नाई !
म :- अनि मेरो उत्तर खै त ?
उनी :- येस… मि टु ।
म :- साच्चै ?
उनी :- उम
म :- o my god….Thank u so much
उनी :- टाउको भन्नू न ।
म.म. आयो आज गार्हो लाग्यो कुरा गर्न के बोल्नु सुरु मा लभ पर्दा र गार्हो हुदो रैछ खासै कुरा भएन दुबै लजाईयो क्यारे । म.म. सकियो पैसा मैले तिरे अनि हामी हात समाएर बिदा भयौ । 21 बर्ष बाट सिङ्गल म आज आएर girlfriend बनाउन सके धेरै खुसी थिए ओहो सपना लाग्दै थियो । रुम पुगेर काम सकेपछि म फेसबुक मा बसे । 1 एउटा friend request आएको थियो ममता भट्टराई प्रोफाईल खोले छिमेकी आन्टिको छोरी उनको शरीरको बनावट एकदम मोहित थियो सेउसी टाईप हामि साथी बनौं फेसबुक मा ! जिन्दगी गर्व गर्न लायक को भएको थियो ।
एलिसा :- Hi
म :- Hello baby !
एलिसा :- के छ खबर ?
म :- ठिक छैन हौ ।
एलिसा :- ला ! के भयो बाबा ?
म :- खै किन हो नाच्न मन लागेको छ !
एलिसा :- पागल ! म कस्तो डराए !
म :- (ओहो ! यति केयर) सरि baby
एलिसा :- it’s ok kale..
म :- भोलि सनिवार का जाने ?
एलिसा :- घुम्न ?
म :- या ।
एलिसा :- कोनि त !
म :- फिल्म हेर्न जाने ?
एलिसा :- हुन्छ ।
म :- दिउँसो को सो हैत ।
( एउटा मेसेज आयो )
ममता :- Hi…
क्रमशः भाग – 4
सोहन लुइँटेल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै