सपनाको शहरमा बाढी आयो : भेनिस डुबानमा


ईटालीको शहर भेनिस आफ्नो सुन्दरता र मनमोहकताका लागि विश्वप्रसिद्ध छ, बिभिन्न चलचित्र र दृश्यहरु यस शहरमा खिचिएका छन् । घर, रोड, पूल अनि छेउका पानीका श्रोतहरु, बग्दै गरेको बजार, डुगांहरु अनि बिछट्ट राम्रो रंगहरु भएको यस शहर विश्वभरिका यात्रुका लागि एउटा फ्यान्टासी हो । कतिका लागि बिवाहस्थान, कतिका लागि हनिमुन, कतिका लागि डेटिगं स्पट, कतिका लागि एकल यात्राको उच्चतम गन्तव्य रहेको भेनिस अहिले बाढीको चपेटामा छ, भेनिस अहिले डुबानमा छ । विगतका ५० वर्षभित्रका यो सबैभन्दा भिषण बाढी हो, यूनेस्कोको विश्व सम्पदा सूचिमा रहेको भेनिस डुबानमा परेपछि ईटालीको सरकारले आपतकालीन स्थिती घोषणा गर्नु परेको छ ।


सरकारले २२ मिलियन यूरोको लगानी गरेर शहर बचाउने भएको छ । शुक्रवार सम्म हेर्दा ५ फिटको पानीको तह जम्मा भएको छ । भेनिस पीडामा छ, नेपालमा बाट भेनिसवासीलाई धेरै धेरै माया । यस बाढीले भेनिसको सुन्दरता र माधूर्यतामा केहि प्रभाव नपारोस् ।
लाइभमाण्डु


Loading comments...