
वग्दादीलाई समात्ने कुकुर र राष्ट्रपति ट्रम्पसंगको भेट
३० कार्तिक २०७६, शनिबार १३:२४
आइसीसका प्रमुख वग्दादीलाई गत महिना अमेरिकी सेनाले सिरियामा मारेको थियो, सुरुगंमा लुकेका वग्दादीलाई अमेरिकी सैनिकका बिशेष तालिमप्राप्त कुकरहरुले पत्ता लगाएर पछ्याँउदै जाँदा वग्दादीले स्वयम नै आफ्नो बिष्फोटक भेष्ट बिष्फोट गराई आफ्नो र परिवारका केहि सदस्यहरुको हत्या गरे ।
वग्दादाको मृत्युलाई अमेरिकाले निकै पौरखका रुपमा लियो, राष्ट्रपति ट्रम्पले ४५ मिनट लामो भाषण गर्दै यस कारवाहीको फेरिहिस्त बिस्तार गर्दै प्रशंसा गरे । गत बुधवार अमेरिकी राष्ट्रपति ट्रम्पले वग्दादीको सुराकी पाएको कुकरलाई भेट्न मन लागेको बताएका छन् ।
वासिंगटनले यस कुकरलाई कोनान नामले बोलाउने गर्दछ भनी अल अरवी डट यूके ले लेखेको छ, यस कोनान सिरियामा अमेरिकी सेना अन्र्तगत खटिइएको थियो । लुसियानाको र्यालीमा पनि ट्रम्पले कोनान छिटै ह्वाइट हाउस आँउदैछ भनी बताएका हुन् ।
मैले अधिकारीहरुलाई कोनानलाई ह्वाइट हाउसमा ल्याउ भनेँ ,उनीहरुले कोनान अहिले मिशनमा भएको बताए ,अनि मैले प्यारो कोनानलाई केहि दिन आराम देउ भनें भनी ट्रम्पले लुसियानाको र्यालीमा सुनाए ।
यस कुकुर बेल्जियन मालिनोसिस प्रजातिको कुकर हो, यदि ट्रम्पले यस कुकरको तस्वीर ट्वीट नगरेका भए यस कुकरको प्रजाति पनि कसैलाई थाहा थिएन । बुधवार ट्रम्पले वग्दादीको अन्त्यमा हिरो म हैन, असली हिरो त कोनान हो भनि बताएका थिए ।
यस कुकुरले भयंकर टनेल भित्र आइसीसका नेता वग्दादीलाई पछ्याएको थियो, पछि वग्दादीले आफ्नो बिष्फोटक भेस्ट पड्काएर दुई छोरा सहित आफ्नो पनि ज्यान लिए । कोनानलाई केहि चोट नलागेको हैन तर अहिले कोनान पूर्णत निको भएर अर्को मिशनमा गइसकेको बताइन्छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग