
सेतो बाकसमा बच्चाहरुको लाश छ अनि कालोमा वयस्कहरुको
१ मंसिर २०७६, आईतवार ०८:३१
यो घटना सन् २००२ को हो, त्यहाँ एउटा चर्चम सामुहिक हत्या भएको थियो अनि आजसम्म पनि यस हत्याका धेरै कुराहरु रहस्यमयी छन् । भर्खरै ति मारिएका मान्छेहरुको शवका अवशेषलाई पूर्ण काजक्रिया गरिने भएको छ । मानवताको इतिहासको यस कालो घटनालाई यहाँ प्रस्तुत गर्दै छौं ।
१७ वर्ष अघि कोलम्बीयाको बोजया भन्ने ठाँउमा यस घटना भयो, धार्मिक आस्थाको चर्चमा । केहि दिनअघि बोजयाको आरतातो खोलाबाट धमाधम कफिनमा शवहरु निकालिए, आवाज आँउदै थियो सेतो बाकस बच्चाहरुको त्यस्लाई दुईहातले उठाउनु अनि कालो बाकस वयस्कहरुको हो । १७ वर्षपछि शवका टुक्राहरुमा बच्चा र बयस्कहरुको अवशेष खासै फरक किन हुन्थ्यो र ? बोक्ने मान्छेहरुका आँखा रसिला थिए । सेतो लुगा लगाएकी छेउकी एक महिला आफ्रिको कोलम्बीयन भजन गाँउदै मृतकहरुको आत्मा शान्तिको कामना प्रसारण गर्दै थिइन । एकजना आमा जस्को नाम चाला थियो, उनको ४ वर्षका छोरा पनि त्यस घटनामा मारिए, अहिले छोरा भएको भए २२ वर्षको हुन्थ्ययो, उतिबेला फोटो लिने र राख्ने चलन थिएन तसर्थ छोराको याद मनमा मात्र छ, आमाका आँखा १७ वर्ष देखि रसाइरहेका थिए, आज उम आँशु रित्याउन चाहन्छु उनी रुँदै गइन ।
१७ वर्ष अघि अमेरिकी नेतृत्वको यूनाइटेड फोर्स र हतियारधारी आन्दोलनकारी समुह बिच भिषण गोलाबारी भएको थियो, त्यसै ठाँउमा । चोको भन्ने ठाँउमा भएको यस द्धन्दमा आतंककारीहरुले चर्चमा रहेका महिला र बालबालीकाहरुलाई सामुहीक रुपमा मारिदिए । चर्चमा लुकेर बसेका निहत्था सर्वसाधरणहरु माथि आपत त त्यतिबेला आइलाग्यो जब त्यहाँ एउटा सिलिण्डर बम खस्यो, अफिसियल मृत्यु संख्या ७४ पुग्यो तर त्यसभन्दा धेरै मान्छेहरु मारिए, हराए अनि विश्व मानवताको फेरिहिस्तमा यो कालो धब्बा सँधै बसिरह्यो ।
चालाकी आमा पनि चालाको छेउमा थिइन, त्यस घटनामा उनी स्वयम पनि गम्भीर घाइते भइन, आज पनि घाउहरु जताततै छन् । त्यसदिन ति हजुरआमाले आफ्नो छोरा र नाती गुमाइन, आँखैअघि । आफू मरेर पनि छोरा र नाती जोगाउन चाहन्थिन तर नियतीलाई ११ वर्षे छोरा र ४ वर्षे नातीलाई लिएरै जाने जिद्धि थियो शायद ।
यस घटनापछि सबैजना ७४ को शवहरुलाई सामुहिक चिहानमा गाडियो तर सन् २०१७ मा सामुहिक चिहानबाट झिकेर ७२ जनाको शव पहिचान गरिएको हो । आज सबैजना आआफ्ना आफन्तका हाडखोर दिन भेला भएका थिए, उता नदि बगेको थियो अनि यता आँशु ।
हेलिकप्टरले शव ल्यायो, पखेटाहरु रोकिए अनि कोलाहल शुरु भयो, मेडेलिन भन्ने ठाँउबाट ९९ वटा कफिनहरु उडाएर ल्याइयो जस्मा गर्भवति आमाहरुको लागि फरक रगंको कफिन थियो, त्यस कफिनमा आमाको शवभित्र गर्भका बच्चाहरुको पनि अवशेष थियो । यस घटनाले लगभग १० हजार जनालाई बोजया बाट बिस्थापित गर्यो । उनीहरुले १७ वर्षपछि १० दिन लगाएर आफन्तको काजक्रिया गरेका हुन् ।
सुयोग ढकाल
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग