Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

हामी इज्रेलको राज्य समापन गर्न चाहन्छौं, यहुदिहरुलाई हैन: इरान

१ मंसिर २०७६, आईतवार १४:३३

लोकप्रिय

विश्वले यस सहश्राव्दीको शुरुवात बाट नै आतंकवाद र न्यूक्लीयर हतियारको नाममा धेरै युद्ध देख्दै आएको छ । अमेरिकाको ट्वीन टावर हमला पछि अफगानीस्तान अनि ईराक, सिरिया, लिविया पछि अबको हमला इरानतर्फ इङ्गीत देखिएको छ ।

एकातर्फ इरानमा तेलको खानी भेटिएको तथ्य छ भने अर्कोतर्फ लालसागरमा इरानलाई घेरेर बसेका अमेरिकी सेना, तिनलाई समर्थन गर्ने साउदी अबर र अन्य इमिरेट्स राज्यहरु पनि छन् । इरानलाई परमाणु हतियार बनाएको आरोप र प्रतिवेदन अनि अर्कोतर्फ इरानमाथिको नाकाबन्दि, के यो सम्भावित युद्धको तयारी हो? तर युद्धको सम्भवना भने धेरै छ ।

इरानका सर्वोच्च नेता अतोअल्ला अली खामेनाईले भर्खरै आफ्नो युद्ध इज्रेलको राज्यविरुद्ध रहेको र भविष्य निर्धारण गर्ने अधिकार प्यालीस्टाइनका मान्छे, मुसलमान र क्रिस्चियन सबैको समान छ भनेर भनिदिए । उनले ईरान यहुदीहरुकोविरुद्धमा नभएको पनि स्पष्ट पारे ।

जियोनीस्ट राज्यका रुपमा इज्रेललाई जनाउँदै अतोअल्लाले इरानलाई इज्रेल आफैमा एउटा राज्यका रुपमा मान्य नभएको बताएका छन् । विश्व राजनीतिमा अहिले यो निकै चर्चामा रहेको वक्तव्य हो । इज्रेलका जानी दुश्मनहरु हमास र इस्लामीक जिहादलाई इरानले पूर्ण समर्थन गर्ने पनि अतोअल्लाले बताए ।


यो पनि पढ्नुहोस्
इज्रेल बिरुद्ध इराकलाई सहयोग गर्दै रुस
इज्रेलीहरु भगवानको पक्षमा छन्, अमेरिकी राजदुत

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली