
म्युजिक नेपाल सम्मान २०७६
२ मंसिर २०७६, सोमबार १०:१८
निजी क्षेत्रमा स्थापित नेपालकै पहिलो म्युजिक कम्पनी म्युजिक नेपालको ३६ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
यहि शुक्रबार वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा दरबारमार्गस्थित होटल याक एण्ड यतिको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । समारोहमा नेपाली सङ्गीत क्षेत्रका ४ सर्जकहरुलाई नगद सहित ‘म्युजिक नेपाल सम्मान’ र एकजना कर्मचारीलाई ‘दीर्घसेवा सम्मान’ अर्पण गरिएको थियो भने पूर्व अर्थमन्त्री, वरिष्ठ गीतकार एसपी कोईरालाको एकल शब्द रचना र लोकप्रिय सङ्गीतकार आलोकश्रीको एकल सङ्गीतमा रहेको गीति एल्बम ‘समय’ को समेत लोकार्पण गरिएको थियो ।
यसअघि गीतकार कोईरालाको ‘टाँकीको घाँस’, ‘निर्वस्त्र नगरीमा’ कवितासङ्ग्रह एवं ‘धड्कनभित्र’, ‘प्रहर’ र ‘उपमा’ शीर्षकमा एकल रचनाका गीति एल्बम प्रकाशन भईसकेका छन् । समारोहमा विशिष्ठ गीतकारद्वय रत्नसमशेर थापा र किरण खरेल एवं विशिष्ट सङ्गीतकारद्वय दीपक जंगम र शम्भूजीत बासकोटालाई जनही नगद रु। ५० – ५० हजार र ट्रफिद्वारा सम्मान गरिएको थियो । यसैगरी ३५ वर्षदेखि म्युजिक नेपालमा सेवारत कर्मचारी कृष्ण खनाललाई ‘दीर्घसेवा सम्मान’ द्वारा कदर गरिएको थियो ।
विमोचित एल्बम “समय”मा ‘एक बुँद पानी, वैंशालु व्यथा, म तिम्रो रोजाईको, भैगो मलाई, छिनको भेट, अरुले मेरो, घैया धान, न त कुनै, अन्तै हेरेजस्तो, काँधमा खकन, जिन्दगीलाई जिन्दगी, मायाको मामिला र नेपाली भई’ गरी १३ वटा गीत रहेका छन् भने गीतमा प्रमोद खरेल, रामकृष्ण ढकाल, राज सिग्देल, अन्जु पन्त, प्रेमध्वज प्रधान, दीपक लिम्बू, विवेक श्रेष्ठ, जिना रसाईली, यम बराल, प्रल्हाद तिमल्सिना, नरहरि प्रेमी, कृष्ण काफ्ले, सिर्जु अधिकारी र रुपक डोटेलले स्वर दिएका छन् ।
समारोहलाई सम्वोधन गर्दै म्युजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्माले भन्नुभयो (‘रेडियो नेपाल र रत्न रेकर्डिङ संस्थानले तयार पारेको जगमा म्युजिक नेपालको स्थापना भएको हो । र, म्युजिक नेपालको स्थापना पछि नै नेपालमा सङ्गीतको व्यवसायले गति लिएको हो ।
नेपाली सङ्गीतको जग बसाल्न र यो क्षेत्रलाई गति दिन महत्वपूर्ण भूमिका निर्वाह गरेका चार सर्जकहरुलाई सम्मान गर्न पाउँदा गर्वको अनुभूति भएको छ ।
म्युजिक नेपाल सम्मान २०७६ बाट सम्मानित स्रष्टा सबैलाई हार्दिक बधाई !
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको