शान्तिपाटन बचत तथा ऋणमा मोहन बहादुर कार्की


गणेश पहारी । पोखरा, मंशिर १ गते । पोखरा महानगर पालिका वडा नं ६, शान्तिपथ मा अवस्थित शान्ति पाटन बचत तथा ऋण सहकारीमा मोहन बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शनिबार भएको नवौ साधारण सभा तथा चौथो अधिबेशनले मोहन बहादुर कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा कल्पना पहारी, सचिब मिरा पौडेल, कोषाअध्यक्ष तेज बहादुर भट्टराई चयन भएका छन । तेसै गरी सदस्यहरुमा कमला पहारी, पद्यामा आर्चाय, सृर्जना थापा र लेखा संयोजकमा तारा आर्चाय लाई चयन गरिएको निर्वाचन अधिकृत इन्दिरा पन्तले जानकारी दिएकी छन ।

अधिबेशनको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबीरमण तिवारीले “सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व तेती नभएको” बताएका छन । गाउँघरमा छोरा छोरी पढाउन देखी विदेश पठाउन पनि सहकारीको भर पर्ने गरेको बताउदै, सहकारीले आफ्ना सदस्यहरुको सहयोगका लागि नयाँ योजना ल्याउन पर्ने बताए । सहकारीलाई सफल र सक्षम बनाउनका लागि सम्र्पूण सदस्यहरुले आफ्नो सहकारीमा कारोबार गर्ने आग्रह गरे ।

शितला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सोवित बहादुर कार्कीले सहकारीले निम्न आर्थिक स्तर भएका सदस्यहरुको जिवन स्तर उकास्न सके मात्र सहकारीको महत्व बढ्ने बताए ।

अध्यक्ष मोहन बहादुर कार्कीले सहकारीले सदस्यहरुको मनोभावना अनुरुप नै काम गरेको बताउदै, सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने, नयाँ कार्यक्रमहरु ल्याइने बताएका ।

२०६४ सालमा स्थापना भएको सहकारीमा १ करोड ४३ लाख ८० हजार शेयर पुजि रहेको छ । २ करोड २८ लाख भन्दा बढी लगानि गरेको सहकारीमा हालसम्म ३ सय ३० जना शेयर सदस्य रहेका छन ।

कार्यक्रममा सहकारीलाई सहयोगर्ने, असल ऋणी, नियमित बचत कर्ता , जेष्ठ नागरिक र एसइइमा उच्च अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको अध्यक्ष कार्कीले बताए ।

सस्थाका अध्यक्ष मोहन बहादुर कार्कीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कल्पना पहारी, सचिब इन्दिरा पन्त, कोषाअध्यक्ष तेजबहादुर भट्टराई र सदस्य मिना भट्टराई लगाएका बक्ताहरुले समाजमा सहकारीले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।


Loading comments...