गएको हप्ता वीरगञ्जमा जुन कार्य भयो, त्यो उच्च महत्वको थियो । त्यस कार्यले पाए जतिको भन्दा अझै बढी चर्चा पाउने थियो । तर यसैबीच भारतले जारी गरेको नयाँ नक्शामा आमनेपालीहरूको चासो र चिन्ता केन्द्रित हुन पुगेकाले वीरगञ्जमा सम्पन्न भएको त्यो ऐतिहासिक कार्यले पाउनुपर्ने जति चर्चा पाउन सकेन । तर त्यो कार्यको यति महत्व थियो कि त्यो कार्य सम्पन्न भएको हप्तौंसम्म पनि त्यसले चर्चा पाउनुपर्ने थियो ।
लेखकः विश्वराज अधिकारी
राजनीतिक स्वार्थपूर्तिका लागि नेताहरूले मधेसी र पहाडेहरू नङ र मासु जस्तो गरी मिलेर बसेको स्थितिमा अमिलो हालेर फटाउने काम गरे तापनि कलाकारहरूले मधेसमा नै मधेसी र पहाडे कलाकारहरू मिलेर, संयुक्तरूपमा एक भव्य कार्यक्रमको आयोजना गरेर, हामी मधेसी र पहाडी होइन, हामी केवल कलाकार हौं भन्ने सन्देश दिएका थिए । मधेसी, पहाडी होइन, हामी सबै नेपाली हौं भन्ने भावना राख्न उत्प्रेरित गरेका थिए ।
अहिले नेपालको राजनीतिलाई भारतले जारी गरेको नयाँ नक्शाले उच्च तापमा तताइदिएको छ । र, यो ताप छिट्टै सेलाउने छाँटकाँट देखिंदैन । राजनीति मात्र होइन सम्पूर्ण नेपालीको मगज नै खल्बल्याउने काम भारतले गरेको छ । काश्मीरको स्वायत्ता समाप्त गरेपछि, हालै तयार पारेको, आफ्नो देशको नक्शामा भारतले नेपालको केही भूभाग (कालापानी, लिम्पियाधुरा, लिपुलेक) आफ्नो क्षेत्रभित्र राखेर देखाएको छ । तर ती भूभागहरू विनाकुनै विवाद, प्रस्टरूपमा, नेपालका हुन् र नेपालसँग त्यो सत्यलाई प्रमाणित गर्ने पर्याप्त आधार (प्रमाण) हरू छन् । यो भनाइ सामान्य व्यक्तिहरूको नभई नेपालका सीमाविज्ञहरूको हो । सम्बन्धित क्षेत्रका विज्ञहरूको हो ।
तर यस लेखमा हामीले वीरगञ्जमा सम्पन्न भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’को महत्वको चर्चा गर्नेछौं। त्यस महत्वका विभिन्न पक्षहरूलाई केलाएर हेर्नेछौं। खासगरी आर्थिक महत्वमाथि प्रकाश पार्नेछौं ।
त्यो महोत्सव बहुपक्षीय महत्वको थियो। नेपालमा अहिलेसम्म जतिपनि ठूलाठूला आयोजना, महोत्सव, कार्यक्रम, उत्सव आदिहरू भएका छन्, केवल काठमाडौंमा भएका छन् । अर्थात् जे जस्ता कार्यहरू गरिन्छन्, त्यस्ता कार्यहरू काठमाडौंलाई केन्द्रबिन्दु मानेर त्यहाँ गरिन्छ । त्यस्ता कार्यक्रमहरू वीरगञ्ज, विराटनगर, नेपालगंज जस्ता तराईका शहरहरूमा गरिंदैन। यसरी ठूलाठूला कार्यक्रमहरू सम्पन्न गर्न काठमाडौंलाई नै केन्द्र मान्ने एक किसिमको परम्परा हुन पुगेको छ । योपटक त्यो परम्परालाई भत्काउने कार्य वीरगञ्जमा भएको छ । उच्च महत्वका साथ, काठमाडौंबाहिर, तराईको शहरमा, वीरगञ्जमा, एक भव्य कार्यक्रम ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’को आयोजना गरिएको छ । यो आफैमा एक ऐतिहासिक कार्य हो । यो कार्यक्रमलाई उच्च महत्व दिइएको थियो पनि । उक्त कार्यक्रममा नेपालका राष्ट्रपतिको उपस्थितिले सो कार्यक्रम उच्च महत्वको थियो भन्ने कुराको पुष्टि गरेको थियो । नेपाल सरकारका मन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री, वीरगञ्ज महानगरपालिकाका मेयर आदिको उपस्थितिले यो कार्यक्रमलाई राज्य र सरकार दुवै पक्षले उच्च महत्व दिएको थियो भन्ने कुराको पनि पुष्टि गरेको थियो । यसैगरी, निजी क्षेत्रबाट पनि विभिन्न चर्चित एवं ख्यातिप्राप्त व्यक्तिहरूको त्यो कार्यक्रममा भएको उपस्थिति त्यो कार्यक्रम महत्वपूर्ण रहेको प्रमाण दिएको थियो ।
कुनै समयमा नेपालको ‘प्रवेशद्वार’ रहेको र हालमा नेपालको आर्थिक राजधानी (उन्मुख) मानिएको वीरगञ्जमा गत हप्ता (२०१९ नोवेम्बर ७–९), नेपाली चलचित्र स्वर्णिम महोत्सवको आयोजना गरिएको थियो । निजी क्षेत्रको व्यापक सहाभागिता भएको यस किसिमको नेपाली चलचित्र स्वर्णिम महोत्सव नेपालमा प्रथमपटक आयोजना गरिएको समाचारहरू प्रकाशित भएका थिए । नेपालका यस्ता ठूलाठूला कार्यक्रमहरू सरकारको खर्चमा र सरकारको सक्रियतामा गर्ने चलन छ । तर यो कार्यक्रम निजी क्षेत्रको सक्रियता र सहभागितामा भएको थियो । यसरी निजी क्षेत्रले आफ्नै सक्रियतामा यति ठूलो कार्यक्रमको आयोजना गरेर अब राष्ट्रको आर्थिक विकासमा निजी क्षेत्र बढी सक्रिय हुनुपर्छ भन्ने सन्देश दिएको थियो । हुन पनि, कुनै पनि क्षेत्रको आर्थिक विकासका लागि सर्वप्रथम त्यस क्षेत्रका जनता सक्रिय हुनुपर्छ । र, आर्थिक विकासका लागि सरकारको मुख ताक्ने परम्परागत अभ्यास परित्याग गर्नुपर्छ ।
‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’को अर्को ठूलो महत्वपूर्ण उपलब्धि के रह्यो भने यसले मधेस र पहाडलाई बलियो गरी जोड्ने कार्य गर्यो। मधेस र पहाडका कलाकारहरूले संयुक्तरूपमा यो कार्यक्रम सम्पन्न गरेर कुनै समयमा चिरा परेको मधेस र पहाडको मनोविज्ञानमा धागो हाल्ने कार्य गर्यो । चिरा परेको मनोविज्ञानमा सिलाइ गर्ने कार्य गर्यो । राजनीतिक स्वार्थपूर्तिका लागि नेताहरूले मधेसी र पहाडेहरू नङ र मासु जस्तो गरी मिलेर बसेको स्थितिमा अमिलो हालेर फटाउने काम गरे तापनि कलाकारहरूले मधेसमा नै मधेसी र पहाडे कलाकारहरू मिलेर, संयुक्तरूपमा एक भव्य कार्यक्रमको आयोजना गरेर, हामी मधेसी र पहाडी होइन, हामी केवल कलाकार हौं भन्ने सन्देश दिएका थिए । मधेसी, पहाडी होइन, हामी सबै नेपाली हौं भन्ने भावना राख्न उत्प्रेरित गरेका थिए । कुनै पनि क्षेत्रको आर्थिक विकासका लागि मेलमिलाप–भावना आवश्यक हुन्छ । मेलमिलापको भावनाले इन्धनको काम गरेर आर्थिक विकासको गतिलाई तीव्रता प्रदान गर्दछ । जुन क्षेत्रमा समन्वय र मेलमिलापको भावना बलियो हुन्छ, त्यहाँ आर्थिक विकासको गतिले तीव्रता लिन्छ । यो देखिएको र भोगिएको कुरा हो । मेलमिलापको अभावमा देश कतिसम्म गरीब हुन सक्छ भन्ने कुराको उदाहरणको रूपमा अफगानिस्थानलाई लिए हुन्छ ।
यसरी मृत अवस्थामा रहेका वा सुस्त हुन पुगेका त्यस्ता आर्थिक क्रियाकलापहरूलाई जीवन वा गति दिन यस किसिमका (नेपाली चलचित्र स्वर्णिम महोत्सव आदि जस्ता) कार्यक्रमहरू आयोजना गर्नु आवश्यक हुन आउँछ । यस्ता कार्यक्रमहरूले रोजगार र आय सृजना गर्ने कार्य गर्छन् । आर्थिक विकासको गतिलाई तीव्रतत प्रदान गर्ने कार्य गर्छन् । आय वितरणलाई सन्तुलित पार्ने प्रयास पनि गर्छन् ।
यस कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धि के रह्यो भने यसले आफ्नो क्षेत्रको आर्थिक विकास गर्न स्थानीयहरू स्वयम् नै जागृत हुनुपर्छ, सक्रिय हुनुपर्छ भन्ने सन्देश दियो । हाम्रो आर्थिक विकासको ढाँचा (Model) परम्परागत छ । यस परम्परागत धारणामा विश्वास गर्दै हामी प्रत्येकले विकास एवं निर्माणसम्बन्धी कार्यको लागि स्थानीय वा केन्द्रीय सरकारलाई जिम्मेवार देख्छौं । हामीले यस किसिमको परम्परागत धारणामा विश्वास गरेका हुनाले नै हाम्रो आर्थिक विकासको गति सुस्त हुन पुगेको हो । आर्थिक विकासको नयाँ ढाँचाले आफ्नो क्षेत्रको विकास गर्न आफैले अर्थात् स्थानीयले नै सक्रियता देखाउनुपर्छ भन्ने कुरामा जोड दिन्छ । कुनै खास क्षेत्रको आर्थिक विकास गर्नका लागि त्यस क्षेत्रको बासिन्दाहरूले नै स्रोत र साधनहरूको सृजना गर्नुपर्छ । आर्थिक विकासको नयाँ ढाँचाले स्थानीय सहभागितालाई महत्व दिन्छ र केन्द्रप्रतिको अतिनिर्भरता कम हुनुपर्छ भन्ने कुरामा जोड दिन्छ । केन्द्रलाई केवल एक समन्वयकर्ताको रूपमा हेर्छ ।
सरकारले आम्दानी गर्ने भनेको नै देशका विभिन्न क्षेत्रका बासिन्दाहरूले दिएको करबाट हो । सरकारले आफूले न त कुनै किसिमको व्यापार गर्छ, न त करबाहेक अन्य क्षेत्रबाट आम्दानी नै गर्छ । त्यस कारण विकास एवं निर्माणका लागि जनता स्वयम्ले नै साधनहरूको विकास गर्नुपर्छ । यो सर्वकालीन सत्य हो ।
कुनै पनि शहर वा गाउँमा विभिन्न किसिमका आर्थिक क्रियाकलापहरू हुन्छन्। तर सबै क्रियाकलाप हरेक समय सक्रिय वा अति सक्रिय हुँदैनन् । केही क्रियाकलापहरू मृत वा सुस्त हुन पुगेका हुन्छन् । यसरी मृत अवस्थामा रहेका वा सुस्त हुन पुगेका त्यस्ता आर्थिक क्रियाकलापहरूलाई जीवन वा गति दिन यस किसिमका (नेपाली चलचित्र स्वर्णिम महोत्सव आदि जस्ता) कार्यक्रमहरू आयोजना गर्नु आवश्यक हुन आउँछ । यस्ता कार्यक्रमहरूले रोजगार र आय सृजना गर्ने कार्य गर्छन् । आर्थिक विकासको गतिलाई तीव्रतत प्रदान गर्ने कार्य गर्छन् । आय वितरणलाई सन्तुलित पार्ने प्रयास पनि गर्छन् ।
नेपाली चलचित्र स्वर्णिम महोत्सव वीरगञ्जमा आयोजना गर्दा पक्कै पनि यस शहरमा विभिन्न व्यक्तिहरू ठूला सङ्ख्यामा वीरगञ्जबाहिरबाट आएका होलान् । उनीहरूले विभिन्न किसिमका वस्तु वा सेवाहरू (यातायात, होटल, वस्तु, मनोरञ्जन) खरीद गरेका होलान् । यसरी त्यस किसिमका वस्तु वा सेवाका उत्पादक एवं प्रदायकहरूले आफ्ना वस्तु वा सेवा बिक्री गरेर राम्रो आय आर्जन गरेका होलान् । अर्थात् यो कार्यक्रमले स्थानीयहरूको सानो मात्रामा नै भएपनि, आय वृद्धि गरेको होला । कार्यक्रम अवधिभर वीरगञ्जको आर्थिक क्रियाकलापमा वृद्धि भएको होला । होटलहरूले थप पाहुना (ग्राहक) लाई स्वागत गर्न पाएका होलान् भने सवारी– सेवा पुर्याउनेहरूले थप आय आर्जन गर्न पाएका होलान् । आय सृजना गर्ने नै यसै गरी हो । विभिन्न गाउँ वा शहरमा आय सृजना गर्न यस किसिमका कार्यक्रमहरूको आयोजना गर्नु उपयुक्त हुन्छ। यस किसिमका कार्य (कार्यक्रम) हरू गरेर धनीहरूको पैसा गरीबहरूसम्म पुर्याउन सकिन्छ । धनीहरूसँग पैसा हुन्छ, पैसा बढी भएकोले उनीहरू खर्च गर्न सक्षम हुन्छन् । र, उनीहरूले त्यसरी खर्च गरिदिनाले धनीहरूको आम्दानीको एउटा राम्रो हिस्सा गरीबहरूको हातमा पर्छ ।
वीरगञ्जमा सम्पन्न भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवले यस शहरको आर्थिक विकासको गतिलाई तीव्रता प्रदान गर्न थोरै मात्रामा भए तापनि तर महत्वपूर्ण योगदान पुर्यायो । यो पनि एक अर्को महत्वपूर्ण उपलब्धि रह्यो ।
हामीसँग आर्थिक कारोबारको व्यवस्थित अभिलेख राख्ने भरपर्दो व्यवस्था छैन। यदि विकसित राष्ट्रहरू जस्तो अभिलेख राख्ने भरपर्दो व्यवस्था हामीसँग भएको भए उक्त कार्यक्रम सञ्चालन गरेर वीरगञ्जको मासिक बिक्रीमा कति प्रतिशतले वृद्धि गर्न सकियो भन्ने कुरा सजिलो गरी थाहा पाउन सकिन्थ्यो।
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन