Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

भारतले रुसी मिसाइल किन्न एड्भान्स बुक गर्यो

३ मंसिर २०७६, मंगलवार १०:१३


भारतले धेरैजसो हतियारहरु रुसमा निर्माण भएका राखेको छ । मिग श्रृखलाका फाइटर जहाजहरु केहि दशकदेखि भारतले प्रयोग गरेको छ भनें भर्खरै ८०० मिलियन अमेरिकी डलर तिरेर भारतले रुसी एस ४०० एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम किन्ने भएको छ । खरिद रकम पनि भारतले रुसलाई अग्रिम भूक्तानी गरिसक्यो, रुसी प्रतिनिधि रोस्टेक सर्भी चेमेजोभले बताएका छन् । यस करार सन् २०२५ मा पूरा गरिने शर्त छ, जस्मा रकम र सिस्टम दुबै त्यतिन्जेलसम्म समापन गरिनेछ । हुन त अमेरिकाको बन्देज हतियार खरिदमा सबै देशहरु माथि हुनेछ, किन्ने र बेच्ने दुबै देशमा । यद्धपि यसपटक भारतले आफ्नो निर्णय चुपचाप र अभिछिन्न रुपमा गरिदिएको छ, के भारत अब पश्चिमा देशहरुको आँखाको तारो बन्ने हो त ? प्रश्नहरुको उत्तर खोजिन बाँकी छ ।

रुसी राष्ट्रपति पुटिन भारत आँउदा यो निर्णय भएको बताइन्छ र उता पुटिनले पनि भर्खरै ब्राजिलमा भइरहेको एक सम्मेलनमा भारतलाई बेच्न आँटेको एस ४०० सिस्टम योजना मुताबिक गइरहेको बताए ।

भारतका डिफेन्स एनालाइसीस्ट अजय शुक्लाले यस खरिद प्रक्रियामा अमेरिकाले पनि ग्रिन सिग्नल दिएको बताएका छन्, गत ५ वर्षमा भारतले खरिद गरेका हतियारहरुमा सर्वाधिक धेरै लगभग ६२ प्रतिशत हतियारहरु रुसबाटै खरिद गरेको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै