बोइङ जहाजले यस वर्ष बोनस नबाँड्ने घोषणा


विश्वमा जेटलाइनर जहाजहरुको कुरा चल्दा दुईवटा ठूला ठूला कम्पनीले यस ब्यवसायलाई थेगेका छन् । अमेरिकन कम्पनी बोइङ र यूरोपी कम्पनी एयरबस । सामान्यतया जेटलाइनर अर्थात ठूला ठूला यात्रुवाहक बिमानहरु यिनै कम्पनीले शुरुवाती दिनबाटै बनाइरहेका छन् । यिनी दुई कम्पनीबिच विश्वलाई नै हल्लाउन सक्ने शक्ति र त्यसका आधारमा भयानक प्रतिस्पर्धाको धरातल पनि छ ।

यस वर्ष अमेरिकी कम्पनी बोइङको ७४७ म्याक्स श्रृंखलाका दुई जहाजहरुको उडेको केहि समयमा नै भयानक दुर्घटना भयो, अति बिशिष्ट संयन्त्र भएको जहाजमा नयाँ एमक्याश नामक संयन्त्रका कारण जहाजले आफ्नो अवस्थिति कम्प्यूटर प्रणालीले मिलाउने र पाइलटलाई यस विषयमा तालिम नदिएको कारणले दुर्घटना भएको ठानी विश्वभरि यस मोडलमा जहाजहरु ग्राउन्डेड गरियो । उत्तर अमेरिकामा भने आफ्नो स्वदेशी उत्पादनका रुपमा यस जहाजले आफ्नो नियमित उडान भरीरहेको पाइन्छ ।

हुन त यसै वर्ष भ्यालेन्टाइन डे का दिन एयरबसले आफ्नो महत्वाकांक्षी श्रृंखला ए ३८० को उत्पादन बन्द भएको घोषणा गर्यो, यस मोडलका जहाज दुई तल्लाका हुने र ५०० भन्दा धेरै यात्रु लिएर लामो यात्रा गर्न सक्ने हुन्छन् । तर पूर्व अर्डर गरेका जहाजहरु ईमिरेट्स एयरलाइन्स र कतार एयरलाइन्सले नलिने भएपछि जहाज राजनितिमा फेल खाएर एयरवसले त्यो निर्णय गरेको थियो ।

बोइङ कम्पनीले म्याक्स सिरिज ग्राउण्डेड भएपछि निकै घाटा सहनुपर्यो, भर्खर कम्पनीले विषम परिस्थितीमा नयाँ चेयरम्यान डेनिस मिलुइनवर्गलाई नियूक्त गरेको छ । उनले यस वर्ष कम्पनीले कसैलाई बोनस नबाँड्ने बताएका छन् । म्याक्स सिरिजका जहाजहरुको दूर्घटनामा कूल ३४६ जनाले यस वर्ष मात्र ज्यान गुमाए, बोइङ ति यात्रुहरु प्रति समवेदना प्रकट गर्दछ भन्दै अब कम्पनीले नयाँ रणनितिमा अघि बढ्ने र एमक्याश संयन्त्रको सर्वत्र प्रवर्धन र जागरण गराउने पनि जनाएको छ ।

सुयोग ढकाल
लाइभमाण्डु

यो पनि पढ्नुहोस्

के बोईगं ७३७ म्याक्स ८ सुरक्षित छ ?

चीनले अमेरिकी जहाजलाई ग्राउण्डेड गर्दै, यस्तो छ बोइगं ७३७ म्याक्सको कथा

भिमकाय प्लेन ए ३८० को बिदाई

हवाइजहाजको चिहान


Loading comments...