
आउनुहोस श्रृंखलालाइ जिताउने अभियानमा लागौँ
९ मंसिर २०७५, आईतवार १५:२३
मंसिर ९, काठमाण्डौं l संसारभर विरता प्रदर्शन गरेको नेपाल विश्व सुन्दरी प्रतियोगितामा भने उत्कृष्ट र दाबेदारी सहित उपस्थीति भएको खुसीको खवर आज सम्म हामीसंग छैन । सन् १९६६ मा हाम्रो छिमेकी देश भारतले रीता फावियाको ताजले भारत तथा एसियाकै पहिलो मिस वल्र्डको उपाधी चुम्न सफल भए संगै हालसम्म सन् १९९४ मा ऐश्वर्या राय सन् १९९७ डायना हेडन सन् १९९९ मा युक्ता मुखी सन् २००० मा प्रियंका चोपडा र सन् २०१७ मा मानुसी चिल्लर सहित ६ पटक विश्व सुन्दरीको ताज चुमीसकेको छ सन् १९९४ मा सुस्मीता सेन र सन् २००० मा लारा दत्तले मिस युनिभर्सको चा पहिरीसकेका छन ।
विश्व जगतमा नेपाली प्रतिष्पर्धीले अन्य प्रतिष्पर्धी भन्दा विशेष शारीरिक, मानसिक र बौद्धिकता के कसरी प्रस्तुत गर्दछन र आफ्नो सुन्दरताको यो प्रतिष्पर्धामा अन्य भन्दा भिन्न तरिकाले सवैको नजरमा बस्न सक्छिन ?
उपाधी हाँसिल गर्ने मात्र होइन विश्व जगतमा एक पहिचान अनि अत्यन्त मुल्यवान ताज जस्मा हिरा तथा अन्य बहुमुल्य रत्न जडित हुन्छन । जस्को नेपाली मुल्य ५ देखी ८ करोड सम्मको हुन्छ । ताज मात्र होइन विजेताले १६ करोड नगद पुरस्कार प्राप्त गर्नुका साथै १ बर्ष सम्म संसारको कुनै पनि स्थानमा निशुल्क घुमफिर गर्ने लगायत अन्य पुरस्कारहरु पनि प्राप्त गर्न सक्छिन ।
मिस वल्र्ड प्रतियोगितामा नेपाली चेली जस्ले हालसम्मको इतिहाँसमा अत्याधिक चर्चा र सर्मथन प्राप्त गर्न सक्षम भएकी छन । मकवानपुरमा जन्मेकी उनी कम्यूनिष्ट राजनैतिक परिवारकी एक २२ बर्षिया आर्किटेक इन्जीनीयर हुन श्रृंखला खतिवडा । विश्वको एक शक्तिशाली ठुलो देश चीनमा हुँदै गरेको ६८ औँ विश्व सुन्दरी प्रतियोगिता मा यस पटक नेपाली चेली श्रृंखलाले सवैको ध्यान आँफु तर्फ केन्द्रित गर्न सफल भएकी छिन ।
मिस र्वल्डको आधिकारीक वेबसाइट लगाएत विभिन्न डिजिटल प्ल्याटफर्म तथा समाजिक सञ्जाल र एप्स मोभस्टारमा भोटिङ्ग भइरहेको छ र मोभस्टारमा १२१ सुन्दरीहरुलाइ पछि पार्दै श्रृंखला भोटिङ्गका आधारमा अहिले अग्रस्थानमा छिन भने मिस र्वल्डको आधिकारीक भोटिङ्ग साइटमा ४१.८२५ प्राप्त गर्दै शिर्ष स्थानमा छिन ।
श्रृंखलाको यो भोटिङ्ग बाहेक अन्य चरणहरुमा कस्तो प्रदर्शन रहने हो हेर्न बाँकी नै छ । के नेपालले यसपाली विश्वसुन्दरीको पहिलो ताज पहिरीने छ त ? यो तपाईको भोटिङ्ग मा निर्भर रहने छ ।
नेपाली चेली श्रृंखलालाइ जिताउनका लागि तपाँइले मिस वल्र्डको आधिकारीक वेबसाइटमा लग इन गरी आफ्नो भोट प्रदान गर्न सक्नुहुनेछ । भोट प्रदान गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा